चीनसँग सीमावर्ती राष्ट्रहरूको सङ्ख्या धेरै छन् । छिमेकीसँगको सम्बन्धको अर्थ चीनको लागि अद्वितीय र महत्वपूर्ण चासोको विषय रहेको छ । यसकारण, चीनले आफ्नो परराष्ट्र सम्बन्धमा छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसका लागि असल छिमेकी, असल साझेदार र असल मित्रलगायतका आधारभूत विचारहरू प्रस्ताव गरेको छ । छिमेकीहरूसँग मित्रता र साझेदारी गठन सौहार्दपूर्ण, सुरक्षित र समृद्ध छिमेकी, छिमेकीमा सद्भाव, सौहार्द, इमानदारी र पारस्परिक लाभजस्ता द्विपक्षीय हित नै चीनको प्राथमिकतामा रहेको छ । यी सबै विचारहरूको उत्पत्ति चीनको परम्परागत दर्शन र संस्कृतिमा आधारित छ ।
जटिल क्षेत्रीय परिस्थितिको कारणले गर्दा छिमेकीसँग शान्ति, सहकार्य र विकासको विशेषता भएको सम्बन्धको व्यवस्थापन गर्न चीनलाई गा¥हो छ । दोस्रो विश्वयुद्धको अन्त्यपछि छिमेकीसँगको सम्बन्ध व्यवस्थापन कठिन परिमार्जन र पुनर्गठनबाट गुज्रिएको छ । तर, अब यो बिस्तारै स्थिरता, शान्ति र प्रगतितर्फ अघि बढिरहेको छ । चीनको वरपरको वातावरण समग्रमा राम्रो हुँदै गइरहेको छ । धेरैजसो ऐतिहासिक द्वन्द्वहरू समाधान भइसकेका छन् । छिमेकीहरूसँगको चीनको सम्बन्ध सामान्य अवस्थामा फर्किएको छ र सहयोगात्मक द्विपक्षीय र बहुपक्षीय सम्बन्ध बढेको छ । विशेषगरी नजिकका राष्ट्रहरूबीच अन्तरनिर्भरता प्रवद्र्धन गर्न अर्थतन्त्रको सञ्जाल निर्माण गरिएको छ । चीनले आफ्ना अधिकांश छिमेकीहरूसँग विभिन्न प्रकारका आर्थिक र व्यावसायिक साझेदारीहरू स्थापना गरेको हुँदा चीन तिनीहरूको लागि सबैभन्दा महत्वपूर्ण आर्थिक र व्यापार साझेदार भएको छ । तर, महामारी र विश्वव्यापी व्यवस्थाको पुनर्गठनको परिणामस्वरूप चीनको परिवेशमा पनि परिवर्तन आएको छ र नयाँ द्वन्द्व र कठिनाइहरू पनि थपिएको छ । सामान्यतया हामीले नजिकका स्थानहरूको अवस्थालाई प्रभाव पार्ने कारकहरूलाई अवलोकन र विश्लेषण गर्नको लागि व्यापक दृष्टिकोणको आवश्यकता छ । यी तत्वहरू मुख्यतया तीन वर्गमा पर्छन् द्विपक्षीय अन्तरक्रिया, उप–क्षेत्रीय सम्बन्ध र बाह्य शक्तिहरू । यद्यपि, सबै एक अर्कासँग जोडिएका यी कारकहरूका विभिन्न प्रकृति र प्रभावहरू छन् ।

द्विपक्षीय सम्बन्धको आधारशिला
चीनको छिमेकीसँगको द्विपक्षीय सम्बन्ध प्रायः स्थिर रहेको भए पनि हालका वर्षहरूमा केही नयाँ परिवर्तनहरू भएका छन् । चीनसँग सम्बन्ध स्थापना गर्दा अन्य राष्ट्रहरूले यसको विरुद्ध प्रतिरोधात्मक उपायहरू अपनाएका छन् र धेरै नियन्त्रण र निगरानीका संयन्त्रहरू सिर्जना गर्ने प्रयास गरेका छन् । कतिपय मुलुकले चीनको प्रगतिलाई रोक्नमा बढी जोड दिइरहेका छन् ।
छिमेकी मुलुक भएकोले भारतले चीनसँगको आफ्नो प्रतिद्वन्द्वीलाई प्रमुख स्थानमा राख्छ । फलस्वरूप भारतले चीनमाथिको आफ्नो विदेश नीतिमा कडाइ गरेको छ । भारत इन्डो–प्यासिफिक रणनीतिलाई समर्थन गर्दछ । संयुक्त राज्य अमेरिका, जापान, भारत र अष्ट्रेलियाबीचको क्वाड संयन्त्रमा सहभागी भएको छ । यसले चीनविरुद्ध अमेरिकी रणनीतिमा प्रत्यक्ष योगदान पु¥याउँछ । यी कारणले गर्दा बेलाबेलामा चीन र भारतबीच द्विपक्षीय द्वन्द्वलाई जन्म दिन्छन् । चीन र भारतबीचको सम्बन्धको सन्दर्भमा राजनीति, इतिहास, संस्कृति र अन्य क्षेत्रहरूमा भिन्नताहरूका साथै विगतदेखि बाँकी रहेका क्षेत्रीय मुद्दाहरू भए पनि दुवै देश आधुनिक संसारमा महत्वपूर्ण विकासशील राष्ट्र हुन् र आपसी हितहरू साझा गर्छन् । कुनै पनि प्रत्यक्ष द्वन्द्वमा नपरिकन चीन र भारत दुवै पक्षको हितमा व्यापक छलफल र सहयोगात्मक सम्बन्ध राख्न सम्भव छ ।
द्विपक्षीय सम्बन्धको विकासका साथै क्षेत्रीय स्थायित्वमा नकारात्मक प्रभाव पर्ने गरी सिमानाको क्षेत्रीय विवादले चीन र जापानबीच तनाव र द्वन्द्व पनि निम्त्याएको छ । स्वाभाविकरूपमा चीनको उदयको प्रतिक्रियामा जापानले आफ्नो विदेश नीति बनाउँछ । एकातिर जापान सुरक्षा र आर्थिक संयन्त्र दुवैमा सक्रियरूपमा संलग्न छ भने चीनसँग व्यापक रणनीतिक प्रतिस्पर्धामा आधारित बहुआयामिक अवरोध संयन्त्र विकास गर्न संयुक्त राज्य अमेरिकासँग अझ नजिकको सहकार्य गरिरहेको छ । यसको विपरीत जापानले केही राष्ट्रहरूसँग सुरक्षा सहयोगलाई बढाएको छ । विशेषगरी ताइवानको सन्दर्भमा जापानको उक्साहट र संलग्नताले द्विपक्षीय सम्बन्धको समग्र अवस्थालाई स्वाभाविकरूपमा असर गर्नेछ । चीन र जापानले दुई देशको आपसी हित भएकोले स्थिर सम्बन्ध कायम गर्नुपर्छ । त्यसैले जटिल सम्बन्ध भए पनि दुई पक्षबीच संवाद, सल्लाह र सहकार्यको ढोका सधैँ खुला रहेको छ ।
दक्षिण कोरियाको पिपुल पावर पार्टीका नेता युन सुक–योललाई मार्च १०, २०२२ मा दक्षिण कोरियाको नयाँ अध्यक्षको रूपमा चयन गरिएको थियो । मुन जेको प्रशासनको नीतिगत प्राथमिकताहरूको विपरीत नयाँ राष्ट्रपतिले अमेरिकासँग दक्षिण कोरियाको सम्बन्ध बलियो बनाउने, इन्डो–प्यासिफिक रणनीतिलाई समर्थन गर्ने र उत्तर कोरियाप्रति कडा अडान लिनुको साथै चीनको दबाबको प्रतिरोध गर्ने बताएका थिए । यसले चीन–दक्षिण कोरियाको द्विपक्षीय सम्बन्धलाई असर गर्छ र कोरियाली प्रायद्वीपमा अस्थिरता पनि निम्त्याउन सक्छ । तीनवटा कुरा धेरै महत्वपूर्ण छन् । पहिलो, चीन गणतन्त्र कोरियाको लागि महत्वपूर्ण बजार र ठूलो छिमेकी भएको हुँदा आ–आफ्नो हितको आधारमा चीनसँग अन्तरक्रिया गर्ने । दोस्रो, कोरियाली प्रायद्वीप मामिलामा चीनलाई समावेश नगर्ने कुनै पनि चरम शत्रुतापूर्ण कार्यले विनाशकारी परिणाम ल्याउन सक्ने हुँदा प्रायद्वीपलाई स्थिर राख्न सबै पक्षबाट उचित कदम चाल्ने । तेस्रो, संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध हो, जसअन्तर्गत चीनको विरुद्धमा अमेरिकाको लहैलहैमा लागे चीन र दक्षिण कोरियाबीचको सम्बन्ध बिग्रिने छ जुन कोरियाको हितमा छैन ।
उप–क्षेत्रका विभिन्न सम्बन्धहरू
चीनको छरछिमेकीमा उप–क्षेत्रहरूको प्रभाव बढेको छ । स्थानीय तनावलाई शान्त पार्न उप–क्षेत्रीय सहयोग प्रमुख तत्वको रूपमा देखा परेको छ । धेरै उपक्षेत्रीय सहयोग संरचनाहरूमा आफ्नो सहभागिताको परिणामस्वरूप चीनले आफ्ना छिमेकीहरूसँगको सम्बन्ध कायम राख्न द्विपक्षीय अन्तरक्रियामा मात्र भर पर्न सक्दैन । चीनले आसियान ं ३ ९चीन, जापान र दक्षिण कोरिया०, आसियान–चीन संवाद सम्बन्ध, पूर्वी एसिया शिखर सम्मेलन र पूर्वी एसिया खुला व्यापार क्षेत्रको सम्भाव्यता अध्ययनमा सक्रिय भाग लिएको छ । यसले चीन–जापान–दक्षिण कोरिया संवाद संयन्त्र र स्वतन्त्र व्यापार क्षेत्रको वार्तामा पनि भाग लिएको छ । चीन पनि ओपेकमा सामेल भएको छ र ‘साङ्घाई सहयोग सङ्गठन’ को स्थापनामा सहयोग पु¥याएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनबाहेक चीनले ‘आसियान क्षेत्रीय मञ्च’, ‘एसिया–युरोप बैठक’, ‘विश्वास निर्माणका उपायहरूको एसियाली सम्मेलन’ र ‘आसियान क्षेत्रीय मञ्च’ मा पनि सक्रिय सहभागिता जनाएको छ ।

अस्थिरताका कारक स् बाहिरी क्षेत्रमा हुने अशान्ति
चीनको वरिपरि अमेरिकी बढ्दो गतिविधिले चीनमाथि प्रतिकूल प्रभाव पारेको छ । पछिल्ला वर्षहरूमा अमेरिकाको चीनप्रतिको नीतिमा ठूलो परिमार्जन भएको छ । ओबामा प्रशासनले चीनविरुद्ध एसिया प्रशान्त पुनःसन्तुलन नीति सुरु गरेको थियो । ट्रम्प प्रशासनले चीनलाई घेराबन्दीमा पार्ने इन्डो–प्यासिफिक रणनीति सिर्जना ग¥यो र प्रतिबन्ध, दमन र नियन्त्रण गर्ने द्वन्द्वात्मक नीति अपनायो भने बाइडेनले चीनको विकास र प्रतिस्पर्धात्मक क्षमतालाई रोक्ने र चीनलाई खुम्च्याउनेजस्ता रणनीतिलगायत चीनमाथि लक्षित थप उपायहरू इन्डो–प्यासिफिक रणनीतिको विस्तार गर्ने, इन्डो–प्यासिफिक रणनीतिजस्ता नीति प्रस्ताव ग¥यो । दक्षिण चीन सागरमा उपद्रव मच्चाउन विभिन्न देशहरूलाई निर्देशन दिने तथा उक्साउने अमेरिकी रणनीति रह्यो ।
धेरै अमेरिकी नीतिहरूले चीनमाथि नकारात्मक प्रभाव पारेको छ । चीनलाई कमजोर बनाउने लक्ष्यअनुरूप संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगी, अर्ध–सहयोगी र तथाकथित भरपर्दो मित्र राष्ट्रहरूको सहभागितामा चीनविरुद्ध तथाकथित संयुक्त मोर्चा स्थापना गर्ने कार्य जारी राखेको छ । चीनलाई एकल्याउन प्रविधि र आपूर्ति श्रृङ्खला चक्रहरू निर्माण गर्न पहलहरू सुरु गरेको छ । चीनसम्बन्धी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको रणनीतिमा उनीहरूको समर्थनलाई प्रोत्साहित गर्न चीन वरपरका राष्ट्रहरूलाई सहयोग र दबाब दुवै प्रयोग गर्छन् । संयुक्त राज्य अमेरिका र अन्य बाह्य कारकहरूको अवरोधसँग धेरै विरोधाभासहरू देखा परेको छ जसले चीनको छिमेकी मुलुकमा जटिल प्रभाव पारेको छ ।

नयाँ युगमा तीन तह
चीनको छिमेकीसँगको अन्तरक्रियालाई पूर्णरूपमा बुझ्न र बुझाउनको लागि तीन तहको माध्यमलाई प्रयोग गर्नसक्छौँ । पहिलो, चीन र छिमेकीहरूबीचको सम्बन्ध र तिनको विकासका लागि रणनीतिहरू चीनको दृष्टिकोणबाट परिभाषित गरिएको छ । एउटा उल्लेखनीय भिन्नता भनेको चीनको समग्र शक्ति बढ्दै गएको अवस्थामा छिमेकी राष्ट्रहरूसँग आफ्नो अन्तरक्रियालाई बढाएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभलाई माध्यमको रूपमा प्रयोग गर्दै चीनले आफ्ना छिमेकी देशहरूसँग प्रवद्र्धन र लगानीको माध्यमबाट वरपरका क्षेत्रहरूको विकासको लागि उल्लेखनीय सुधारको काम गरिरहेको छ ।
दोस्रो, चीन वरपरका देशहरूले चीनसँगको सम्बन्धको विकासमा जोड दिनुका साथै चीनसँगको सम्बन्धलाई स्थिरता र सुधारलाई प्राथमिकता दिइरहेका छन् । चीनसँग मतभेद वा विवाद भए पनि केही राष्ट्रहरूले चीनसँगको आर्थिक र व्यापारिक आदानप्रदानमा पारस्परिक हितका लागि चीनसँगको सम्बन्धमा स्थिरता कायम राख्न सक्दो प्रयास गर्नेछन् । यसैबीच उप–क्षेत्रीय सहयोग संयन्त्रको विकासलाई प्रवद्र्धन गर्नुका साथै चीनसँगको छलफल र सहयोगलाई कायम राख्दा द्विपक्षीय सम्बन्धमा केही तनाव कम गर्न मद्दत पुग्न सक्छ । उदाहरणका लागि, दक्षिण चीन सागर समस्याको बारेमा चीन–आसियान संयुक्त घोषणाअनुरूप अन्य सबैले आसियान–चीन सम्बन्धलाई प्रगाढ बनाउन रचनात्मक भूमिका खेलेको छ ।
तेस्रो, चीन र छिमेकी राष्ट्रहरू सहअस्तित्वमा छन् र द्विपक्षीय हितको आधारमा तिनीहरू जोडिएका छन् । सबैलाई फाइदा हुने क्षेत्रीय वातावरण स्थापना गर्न आवश्यक छ । विशेष गरी भूमण्डलीकरण र क्षेत्रीयकरणको युगमा चीन र यसका वरपरका देशहरूको चासो पहिलेभन्दा धेरै घनिष्टरूपमा जोडिएको छ । फलस्वरूप, फाइदाजनक क्षेत्रीय वातावरण सिर्जना गर्न र दिगो बनाउनको लागि छलफल र सहकार्य गर्नु आवश्यक छ । क्षेत्र बाहिरका सेनाहरू समावेश गर्ने सन्दर्भमा प्रत्येक देशको आफ्नै हित र क्षेत्रको साझा हितमा आधारित सन्तुलित छनोट हुनुपर्छ ।
यी क्षेत्र न निषेध गरिएको छ न त बन्द नै । सबै राष्ट्रहरूको विभिन्न प्रकारका बाह्य सम्पर्कहरू छन् । बाहिरी शक्तिहरूको संलग्नता र हस्तक्षेपमा पनि विभिन्न प्रकारका प्रेरणा, उद्देश्य र कार्यनीतिहरू हुन्छन् । त्यसकारण, विभिन्न प्रकारका जटिल शक्तिहरूले समग्रमा वरपरको वातावरणलाई प्रभाव पार्छन् । सामान्य वातावरणलाई विशेष शक्तिहरूको हानि वा प्रभावबाट जोगाउन सबै राष्ट्रहरूले आत्म–नियन्त्रण गर्न आवश्यक छ । उप–क्षेत्रीय सहयोग संरचनाभित्र रहेर द्विपक्षीय संयन्त्र र सामूहिक कार्यबाट यो लक्ष्य हासिल गर्न सकिन्छ ।
चीनको लागि एक शताब्दीमा नदेखिएका महत्वपूर्ण परिवर्तनहरूको सामना गर्दै शान्ति र सहयोगको लागि दिगो वातावरणको विकासलाई प्रवद्र्धन गर्नु कठिनाइ र अवरोधहरूले भरिएको छ । चीनले आफ्ना वरपरका राष्ट्रहरूसँग सम्झौता गर्न र सोही दिशामा विविध कदम चाल्नका लागि सहकार्य गर्नुपर्छ । चीनले आफ्नो राष्ट्रको महान् परिवर्तन हासिल गर्ने रणनीतिलाई कायम राख्न अनुकूल वातावरणको सृजना गर्नुपर्छ । यतिमात्र होइन न्यायपूर्ण र व्यावहारिक अन्तर्राष्ट्रिय सम्बन्धको विकास चीनको लागि झनै महत्वपूर्ण छ । चीनका छिमेकीहरूले शान्तिपूर्ण विकास चीनको आकाङ्क्षा रहेको स्पष्ट बुझेका छन् । द्रुतगतिमा शक्तिशाली बन्दै गरेको देशले आफ्ना लक्ष्यहरू हासिल गर्न र विवादहरू समाधान गर्न बल तथा प्रभाव वा दुबै प्रयोग गर्नसक्छ भन्नेबारे चीनका केही छिमेकीहरू चिन्तित छन् । चीनले आफ्ना छिमेकीहरूसँगको अन्तरक्रिया र आदानप्रदानलाई अझ राम्रोसँग बुझ्न र सहयोग गर्नुका साथै ती देशहरूको विविध मनोविज्ञानलाई ध्यानमा राखी परस्पर हितलाई संयुक्तरूपमा प्रोत्साहित गर्नु पर्दछ । चीनले हालैका वर्षहरूमा विदेशी रणनीतिक योजना, लगानी र राज्य–राज्य सम्बन्धको सन्दर्भमा आफ्ना वरपरका राष्ट्रहरूलाई प्राथमिकता दिएको छ । चीनले स्थानीय समुदायमा आधारित बेल्ट एन्ड रोड इनिसिएटिभ र सहयोगका लागि बहु–पक्षीय मञ्चको प्रस्ताव गरेको छ । चीन आफ्नो छिमेकीहरूसँग शान्ति, सहकार्य र विकसित छिमेकी बनाउन कटिबद्ध छ । चीनले विश्व मामिलामा प्रमुख नव शक्तिको रूपमा छिमेकीहरूसँगको सम्बन्ध कसरी व्यवस्थापन गर्ने र कसरी शान्ति स्थापना गर्ने भन्ने कुरामा जोड दिनुपर्छ ।
स्रोत स: कन्टेम्पोररी वल्र्ड
अनुवाद : राजन

 

प्रतिक्रिया

सम्बन्धित खवर