दोरम्बा हत्याकाण्डको आज १९ औं स्मृति दिवस, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले घटनास्थलमा संयुक्त कामर्यक्रम गर्दै

दोरम्बा हत्याकाण्डको आज १९ औं स्मृति दिवस, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले घटनास्थलमा संयुक्त कामर्यक्रम गर्दै

काठमाडौं । जनयुद्धको क्रममा घटित दोरम्बा हत्याकाण्डको आज १९ औं स्मृति दिवस । १९ वर्षअघि आजकै दिन तत्कालीन नेकपा (माओवादी)का जिल्ला नेता तथा जिल्ला जनसरकार प्रमुख बाबुराम लामा(पुष्प)सहित २१ जना जनयोद्धाहरुलाई तत्कालीन शाही सेनाले कब्जामा लिएर क्रूरतापूर्वक हत्या गरेको थियो । २०६० साल श्रावण ३२ गतेका दिन रामेछाप जिल्लाको दोरम्बा गाविसस्थित युवराज मोक्तानको घरमा रामेछाप जिल्लाका पार्टी नेता कार्यकर्ता बैठक बसिरहेको बेला घर घेरा हाली कब्जामा लिएर २१ जनाको गोली हानी हत्या गरेको थियो ।
कब्जामा लिएर दुवै हात पछाडि बाधिँ अमानवीय क्रूरता प्रदर्शन गर्दै दोरम्बा बजार हुँदै डुडुवा गाविसको डाडाँ कटेरी भन्ने ठाउँमा पुर्याई दुवैहात बाँधेकै अवस्थामा लाम लगाएर गोली हानि हत्या गरेको थियो । निशस्त्र अवस्थामा कब्जामा लिएर हत्या गरी क्रान्तिकारी योद्धाहरुको शव जगंलमा फालिएको यो घटनालाई ‘मानवता विरुद्धको अपराध’को रुपमा लिने गरिन्छ ।
तत्कालीन शाही नेपाली सेना रामेछापको नारायाण दल गुल्मको मेजर राममणि पोखरेलको नेतृत्वमा करिब १५० जनाको शाही सेनाले निशस्त्र अवस्थामा रहेका माओवादी नेता कार्यकर्ता बसेको घर घेरा हाली कब्जामा लिएको थियो । सेनाको घेरा तोडेर ११ जना नेता कार्यकर्ता भने भाग्न सफल भएका थिए ।
नेपालमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने लक्ष्यसहित सुरु गरिएको जनयुद्धको क्रममा आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान सहिदहरुको सम्झनामा नेकपा (क्रान्तिकारी माओवादी) लगायत माओवादी नेता कार्यकर्ताहरुले आजकै दिन विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।
दोरम्बा हत्याकाण्डको १९ औं स्मृति दिवसमा आज रामेछापको दोरम्बा (घटनास्थल)मा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)को संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको छ । दुवै पार्टीका जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल गौरव र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सम्बोधन गर्दै हुनुहुन्छ ।

दोरम्बा हत्याकाण्डमा शहादत प्राप्त महान सहिदहरुको संक्षिप्त जानकारी
१। बाबुराम लामा (पुष्प)
महान् सहिद बाबुराम लामा क.पुष्पको जन्म रामेछाप जिल्लाको बेथानमा २०१४ सालमा आमा उर्मे लामा र बुबा कर्म लामाको कोखबाट भएको थियो । उँहा ने।क.पा।९माओवादी० रामेछापको संस्थापक सदस्य समेत हनुहुन्थ्यो । २०४६ सालबाटै कम्युनिष्ट आन्दोलनमा सक्रिय उहाँ क्षेत्रिय व्युरो सदस्य र रामेछाप जनसरकार प्रमुखको रुपमा नेतृत्व गर्दै जाने क्रममानिशस्त्र अबस्थामा उँहा लगायत २१ जनालाई माओवादी नेता कार्यकर्तालाई दोरम्बाबाट शाही सेनाले नियन्त्रणमा लिई डाँडाकटेरीमालगि विभत्स हत्या गरेको थियो ।
२.अम्बिका दाहाल (ललिका)
महान् सहिद अम्बिका दाहाल क ललिका को जन्म बुबा गीतानन्द तिमल्सिना र आमा उनदेवी तिमल्सिना एक मात्र छोरीको रुपमा २०३७ सालमा ललितपुरको इकुटोलमा भएको थियो।ने।क. पा।९माओवादी० रामेछाप जिल्ला अन्तर्गतको ईलाकाको सेक्रेटरीको रुपमा जिम्मेवारी बहन गर्ने क्रममा उहाँलाई दोरम्बाबाट निसश्त्र अवस्थामा शाही सेनाले नियन्त्रणमा लिई डाँडाकटेरीमा लगि विभत्स हत्या गरेको थियो ।
३. प्रदीप दोङ (रक्तिम)
महान् सहिद प्रदीप दोङ ‘क रक्तिम’को जन्म बुबा कृष्ण बहादुर दोङ र आमा विष्णुमायाँ दोङको कोखबाट २०३८ सालमा बेथानमा भएको थियो । कक्षा ९ मा अध्ययन गर्दै गर्दा अध्ययनलाई छोडी उहाँ माओवादीको पुर्णकालिन सदस्य हुनुभयो। जनवादी साहित्यमा समेत आफ्नो परिचय बनाउन सफल क.प्रदीप दोङ नेकपा (माओवादी) रामेछापको जनमिलिसिया कमाण्डरको रुपमा जिम्मेवारी बहन गदैगर्दा उहाँलाई दोरम्बाबाट निसश्त्र अवस्थामा शाही सेनाले नियन्त्रणमा लिई डाँडाकटेरीमा लगि विभत्स हत्या गरेको थियो ।

४. टेक बहादुर थापा मगर (विवेक)
महान् सहिद टेक बहादुर थापामगर क ९विवेक० को जन्म आमा चन्द्रमायाा थापामगर र बुबा सिरबहादुर थापममगरको एक्लो छोराको रुपमा वि.सं.२०३३ मा दोरम्बा– १ मा भएको थियो । २०५९ सालमा पुर्णकालिन हुनुभएका उहाँ जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।
५.उमा कार्की (सहारा)
महान् सहिद उमा कार्की क.सहारा को जन्म बुबा हर्क कहादुर कार्कीको पहिलो सन्तानको रुपमा वि.स.२०४७ मा रामेछापको चनखुमा भएको थियो । २०५८ सालमा पुर्णकालिन हुनुभएका उहाँ इलाका कमिटी सदस्य हुनुहुन्थ्यो ।
६. ठुलोराम तामाङ (छोप्पा)
महान् सहिद ठुलोराम तामाङ क. छोप्पाको जन्म २०११ मा आमा रत्नकुमारी तामाङ र बुबा डिल बहादुर तामाङको जेठो सन्तानका रुपमा दोरम्बा–३ मा भएको थियो । २०५८ सालमा पुर्णकालिन हुनुभएका उहाँ गाऊँ कमिटी सदस्य हुनुहुन्थ्यो ।
७. सानोराम तामाङ (तारा)
महान् सहिद सानोराम तामाङ क.९तारा०को जन्म २०१३ मा आमा रत्नकुमारी तामाङ र बुबा डिल बहादुर तामाङको तेस्रो सन्तानका रुपमा दोरम्बा–३ मा भएको थियो । २०५९ सालमा पुर्णकालिन हुनुभएका उहाँ किसान संगठनको जिल्ला सदस्य हुनुहुन्थ्यो ।
८.क.लक्षुमण तामाङ
महान् सहिद क.लक्षुमण तामाङको जन्म वि.स.२०२२ सालमा दोरम्बा–३ मा दोस्रो सन्तानको रुपमा बुबा भक्त बहादुर तामाङर आमा ठुलीमायाँ तामाङको कोखबाट भएको थियो । उहाँ २०५९ सालमा एमाले परित्याग गरी माओवादीमा पुर्णकालिन हुनुभएकोे थियो ।

९.क.युवराज मोक्तान
महान् सहिद क.युवराज मोक्तानको जन्म दोरम्बामा वि.सं.२०२४ सालमा दोस्रो सन्तानको रुपमा बुबा लालबहादुर मोक्तान र आमा पाङसुङ तामाङको कोखबाट भएको थियो । उहाँ माओवादीको समर्थक तथा शिक्षक हुनुहुन्थ्यो ।
१०.क.लिला मोक्तान
महान् सहिद क.लिला मोक्तानको जन्म दोरम्बामा बुबा सहिद क.युवराज मोक्तान र आमा सुन्तली तामाङको कोख बाट भएको थियो । उहाँ माओवादीको समर्थक तथा कक्षा १२ मा अध्ययनरत हुनुहुन्थ्यो ।
११. चतुरमान थामी (समर)
महान् सहिद क.चतुरमान थामीको जन्म २०१२मा रामेछापको डडुवामा एक गरिव किसान परिवारमा भएको थियो । एमालेबाट राजनिति सुरु गर्नुभएको उहाँले जनमोर्चा हुँदै ने.क.पा. (माओवादी)मा क्रियाशिल हुनुहुन्थ्यो । उहाँ थामी मुक्ति मोर्चामा केन्द्रीय उपाध्यक्ष्य समेत हुनुहुन्थ्यो ।
१२. सोमाई थामी (संगीता)
महान सहिद सोमाई थामी क.संगीताको जन्म २०४१ मा बुबा ताङ्बा थामी र आमा कुमारी मायाँ थामीको सातौं सन्तानको रुपमा रामेछापको डडुवामा एक गरिव किसान परिवारमा भएको थियो । उहाँ इलाका कमिट सदस्य हुनुहुन्थ्यो ।
१३. विष्णुमायाँ थापा मगर(विमा)
महान् सहिद विष्णुमायाँ थापा मगर क विमाको जन्म आमा जगतमाया थापामगर र बुबा खड्गबहादुर थापममगरको काइली छोरीको रुपमा वि.सं.२०४१ मा दोरम्बा–१ मा भएको थियो । ०५५ सालमा पुर्णकालिन हुनुभएको उहाँ अनेमसंघ (क्रान्तिकारी)को जिल्ला कमिट सचिव हुनुहुन्थ्यो ।

१४.श्याम तामाङ (इन्क्लाव)
महान् सहिद महान् सहिद श्याम तामाङ क.इन्क्लावको जन्म २०१८ मा आमा करमायाा तामाङको कान्छो छोराको रुपमा चनखु –१ मा भएको थियो । उहा तामाङ मोर्चाको जिल्ला सदस्य हुनुहुन्थ्यो ।
१५. हर्क घिसिङ (यथार्थ)
महान् सहिद हर्क घिसिङ क.यथार्थको जन्म २०३६ आमा गुल्म तामाङ र बुबा बाबुलाल घिसिङको तेस्रो सन्तानको रुपमा फुलासी–७ मा भएको थियो । उहाँ अखिल (क्रान्तिकारी) जिल्ला कोषध्यक्ष्य हुनुहुन्थ्यो ।
१६. रवि चौहान (समिर)
महान् सहिद रवि चौहान क.समिर जन्म रामेछाप जिल्लाको गेलु गा।वि।स।को ज्याम्दीमा भएको थियो । उहाँ शिक्षण पेशा त्यागी अखिल नेपाल शिक्षक संगठन रामेछाप जिल्लामा क्रियाशिल हुनुहुन्थ्यो ।
१७. पदमराज गिरी
महान् सहिद पदमराज गिरिको को जन्म २००७ मा बुबा वगवान गिरी र आमा पवित्रा गिरीको कान्छो छोराको रुपमा भएको थियो । । उहाँ इलाका कमिटी सदस्य हुनुहुन्थ्यो ।
१८. हर्क लक्ष्मी राई (विमला)
हर्क लक्ष्मी राई क.विमलाको जन्म सोलुखुम्बुमा भएको थियो । उहाँ जनयुद्धको क्रममा रामेछापको धर्तीमा शहादत प्राप्त गर्ने एक योद्धा हुनुहुन्छ । उहाँ जनमुक्ति सेनाको १४ औं बटालियन अन्तर्गत सी कम्पनीको सदस्य रुपमा क्रियाशिल हुनुहुन्थ्यो ।
१९. क.उषा
महान् सहिद क.उषाको जन्म सिन्धुपाल्चोक जिल्लाको पिस्करमा भएको थियो ।
२० क.सोम– महान् सहिद क.सोमको जन्म काभ्रे जिल्लाको चौबासमा भएको थियो ।
२१.क.जमिन– महान् सहिद क.जमिन धनुषा जिल्लाको हुनुहुन्थ्यो । उहाँ जनमुक्ति सेनाको १४ औं बटालियन अन्तरगत ए कम्पनिको एफजिएलको रुपमा क्रियाशिल हुनुहुन्थ्यो ।