नागरिकता विधेयक खारेजीको माग राखेर इटहरीमा संयुक्त विरोध जुलुश सम्पन्न

नागरिकता विधेयक खारेजीको माग राखेर इटहरीमा संयुक्त विरोध जुलुश सम्पन्न

२६साउन इटहरी ।
सरकारका दुबै सदनबाट पास गरेर राष्ट्रपति समक्ष प्रमाणिकरण गर्न पठाएको नागरिकता विधेयक चरम राष्ट्रघाती रहेको भन्दै नेकपा –क्रान्तिकारी) माओवादी संहितका ५ दल र एक मोर्चाले बिहिबार देशैभरी विरोध जुलुश निकालेका छन् ।
राष्ट्रियता ,जनतन्त्र र जनजीवीकाको पक्षमा निरन्तर सडक संघर्ष गरिरहेका यी कम्युनिष्टपार्टीहरु नागरिकता विधेयक ,एमसीसी ,एसपीपी जस्ता राष्ट्रघाती कदमको विरुद्ध लामो समय देखि संघर्षरत छन् ।


यसरी राष्ट्रघाती सम्झौताको विरुद्ध संघर्ष गर्ने राजनीतिक दलहरुमा नेकपा(क्रान्तिकारी माओवादी) , नेकपा(बहुमत) , नेकपा(मसाल) समन्यन्वय समिति , नेकपा , माओवादी कम्युनिष्ट पार्टी र संयुक्त क्रान्तिकारी मोर्चा रहेका छन् । यी राजनीतिक दलहरुले बिहिबार जुलुश प्रर्दशन गर्दै सुनसरीको इटहरी बजार परिक्रमा गरेका थिए । जुलुशमा ,राष्ट्रघाती एमसीसी , एसपीपी सम्झौता खारेज गर , नागरिकता विधेयक खारेज गर , भ्रष्टचारी लाई कार्वाहि गर , महंगी नियनत्रण गर , पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर जस्ता नाराहरु लगाएका थिए ।
विरोध जुलुसपछि इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि कोणसभा गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले सच्चा नेपालीलाई भन्दा विदेशी नागरिकहरुलाई नागरिकता वितरण गर्ने उद्देश्यले नागरिकता विधेयक ल्याएको बताउनु भयो । उहाँले विषेशगरी भारतीय नागरिकहरुलाई लाइन लगाएर नागरिकता वितरण गर्दै नेपालको राष्ट्रय स्वाधिनता सिध्याउने षड्यन्त्र भैरहेको भनाई राख्नु भयो ।
कार्यक्रममा नेकपा (बहुमत)का केन्द्रिय सदस्य नरेशले नेपाली नागरिकले नागरिकता पाउने विषयमा विरोध नभई विदेशीले नागरिकता पाउने विषयमा आफुहरु निरन्तर संघर्ष गरिरहेको बताउनु भयो । उहाँले नेपाली धर्तीलाई विलय गराउने उद्देश्यले नागरिता विधेयक ल्याइएको भन्दै देशभक्तहरुले राष्ट्रघाती दलालहरुलाई लखेट्ने सयम आएको बताउनु भयो ।
कार्यक्रममा नेकपा(मसाल) समन्यन्वय समितिका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र भण्डारीले राष्ट्रपतिलाई नागरिकता विधेयक फिर्ता पठाउन आग्रह गर्नु भयो । उहाँले राष्ट्रियताको रक्षाका साथै आमुल परिवर्तनको सपना पुरा गर्न विचार मिल्ने क्रान्तिकारीहरुले सडकलाई प्रधान बनाएर मोर्चाबन्दी गरेको भनाई राख्नु भयो । कार्यक्रममा माओवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य केशव अधिकारीले दलालहरुले मिलेमतो गरेर एमसीसी समझौता पास गरेर राष्ट्रघात गरेको र फेरी अर्को राष्ट्रघात निम्त्याउन नागरिकता विधेयक पास गराउन लागेको बताउनु भयो । उहाँले नेपाल रहे मात्र नेपाली रहने भन्दै नेपाल संकटग्रस्त अवस्थामा रहेको र त्यसलाई जोगाउन सबै देशभक्तहरु लाग्नु पर्ने धारणा राख्नु भयो ।कोणसभाको संचालन नेकपा(मसाल) समन्यन्वय समितिका नेता बालकृष्ण सुवेदीले गर्नु भएको थियो ।