लुम्बिनी प्रदेशको बुटवलमा ६ वाम घटककाे संयुक्त विरोध प्रदर्शन

लुम्बिनी प्रदेशको बुटवलमा ६ वाम घटककाे संयुक्त विरोध प्रदर्शन

बुटवल ।
पाँच पार्टी र एउटा मोर्चा सम्मीलित संयुक्त मोर्चाले निर्धारण गरेको राष्ट्रघाति नागरिता विधायेकको खारेजी, एमसीसी, एसपीपी, महंगी, भ्रष्टचार एवं सिंगो मुलुकमा भैरहेको बेथीतिका विरुद्ध आवाज उठाउदै आइरहेको सर्वविदितै छ । यसै सन्दर्भमा बुटवलको विपिचोकमा विहीबार भएको विशाल ¥याली पश्चात्को सभालाई संबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लहाकार एवं रुपन्देही इन्चार्ज कमरेड छत्र बहादुर थापाले संसदबाट पारित गरेर राष्ट्रपति समक्ष पठाइएको राष्ट्रघाती नागरिता विधेयक तुरुन्त खारेजी गर्नु पर्ने बताउनु भएकाे छ ।
उहाँले अगाडि भन्नु भयो, “यदि त्यसो नगरेमा इतिहासमा कलंकीत राष्ट्रपति हुने र सिंगो संसदीय व्यवस्थालाई नेपाली जनताले उखालेर फ्याक्न तयार हुनेछन् ।” कार्यक्रममा नेकपा (मसाल)का महाधिवेशन आयोजक समितिका सदस्य कमरेड बाबुराम आचार्य, नेकपा (बहुमत)लुम्बिनी व्यूरो सदस्य कमरेड नविन खड्का, राष्ट्रिय जागरण मञ्चका रुपन्देही संयोजक चित्र बहादुर थापा लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रम नेकपा (मसाल)का लुम्बिनी प्रदेश सदस्य जितमित्र सुनारको अध्यक्षतामा अखिल क्रान्तिकारीका पारस राहाडीको स्वागत र नेकपा (क्रान्तिकारी माओवादी)का लुम्बिनी प्रदेश सदस्य राजु भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो ।