पाेखराकाे सहिद भिमसेन चोकमा ६ वाम घटककाे विराेधसभा सम्पन्न

पाेखराकाे सहिद भिमसेन चोकमा ६ वाम घटककाे विराेधसभा सम्पन्न

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (मसाल) विषेश राष्ट्रिय महाधिवेशन आयोजक समितिको संयुक्त आयोजनामा पोखराको मानवअधिकार चोकबाट ब्यानर प्लेकार्ड सहित नारा लगाउदै जुलुस सहित पोखराको मुख्य बजार महेन्द्रपुल (जनआन्दोलनका शहिद भिमसेन चोक) मा पुगी विरोधसभा भब्यरुपमा सम्पन्न भएको छ ।
राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी-एसपीपी सम्झौता, पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि, भ्रष्टाचारी, कालोबजारी, गण्डकी प्रदेश सरकारले बृद्धि गरेको सबैखाले कर जस्ता जनजीविकाका समस्याहरुलाई लिएर तीन वाम घटकले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य कमरेड धनेश्वर पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कास्की जिल्ला इन्चार्ज कमरेड गोकल पराजुली, नेपाल कम्युनिष्ट पार्टी (मसाल) विषेश राष्ट्रिय महाधिवेशन आयोजक समितिका गण्डकी प्रदेश इन्र्चाज कमरेड बिक्रम थापा र नागरिक समाजका अध्यक्ष एवंम वरिष्ठ अधिवक्ता, बद्धिजीवि तिलक पराजुली हुनुहुन्थ्यो । उहाँहरुले यो खबरदारी आन्दोलनमा सम्पूर्ण जनतालाई सडकमा आउन आब्हान गर्नु भयो । नागरिकता विधेयक संसदबाट पास भएर राष्ट्रपतिकोमा विचाराधीन अवस्थामा रहेको छ । वक्ताहरुले त्यो नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरे सम्पूर्ण स्वाभिमानी नेपाली नागरिकहरु आन्दोलनमा उत्रने चेतावानी दिएका थिएका थिए । विरोध कार्यक्रममा विभिन्न पार्टीका नेताहरु लगायत मजदुर, किसान, युवा र बिद्यार्थीहरुको ब्यापक सहभागिता रहेको थियाे । कार्यक्रमको सञ्चालन नेकपा ( बहुमत) का बद्री अधिकारीले गर्नुभएको थियो ।