६ वाम घटककाे संयुक्त संघर्ष समितिद्वारा मकवानपुरकाे हेटाैडामा विराेध प्रदर्शन

६ वाम घटककाे संयुक्त संघर्ष समितिद्वारा मकवानपुरकाे हेटाैडामा विराेध प्रदर्शन

हेटाैडा । संयुक्त संघर्ष समितिद्वारा आयाेजित राष्ट्रघात, जनघात, महङ्गी र भ्रष्टाचार विरुद्धको संयुक्त विरोध प्रदर्शन मकवानपुर जिल्लाको हेटौंडामा भब्यरुपमा सम्पन्न भएकाे छ। हेटौंडाको सीमाचाेक बाट सुरु भएकाे विरोध जुलुस बुद्धचाेक, कान्तिपथ,स्कुलराेड हुँदै पुन: सीमाचाेक पुगेर सभामा परिणत भएकाे थियाे। विरोध सभालाई नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र संयुक्त क्रान्तिकारी माेर्चाका नेताहरुले संबाेधन गर्नु भएकाे थियाे। विराेध सभामा वाेल्दै नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी दिनेस बड्ताैलाले “वर्तमान दलाल सत्ता अमेरिकी साम्राज्यवादकाे कठपुतलीकाे रुपमा काम गर्दै लगातार रुपमा राष्ट्रघात जनघात भ्रष्टाचार गर्दै अगाडि बढिरहेकाे छ” भन्दै यसप्रकारकाे जनविरोधी कार्यवाट राष्ट्र र जनतालाई मुक्त गर्न वर्तमान प्रतिक्रियावादी दलाल सत्ताकाे अन्त्य गर्नुपर्ने आवश्यकतामा जाेड दिनुभयो ।
कार्यक्रममा नेकपा (बहुमत)जिल्ला संयाेजक शक्तिले सुगाैली सन्धि देखि शुरु भएकाे राष्ट्रघात जनघात आजसम्म पनि नराेकिएकाे बताउँदै राष्ट्रिय स्वाधीनताकाे लागि वर्तमान दलाल सत्ताकाे अन्त्य गर्नुपर्ने बताउनु भयाे।
नेकपा मसालकाे प्रतिनिधि रामहरि धितालले राष्ट्रघाति नागरिकता विधेयक अस्वीकार गर्न राष्ट्रपतिलाई अनुराेध गर्दै राष्ट्रघाति सरकारकाे कुनै अर्थ नभएको बताउनु भयाे।
संयुक्त क्रान्तिकारी माेर्चाकाे तर्फबाट बाेल्दै केदारनाथ दुलालले याे व्यवस्थाकाे कारण राष्ट्रघात र जनघात बढेको कारण यसकाे अन्त्य गर्न सबै क्रान्तिकारी तथा देशभक्त जनसमुदाय एकताबद्ध हुन जरुरी भएकाे बताउनु भयाे।
अन्त्यमा कार्यक्रम सन्चालकअखिल क्रान्तिकारीका केन्द्रीय सचिव मन कुमार न्याैपानेद्वारा आन्दोलन गर्नुपर्ने आवश्यकतावारे प्रष्ट पार्दै नाराजुलुस सहित कार्यक्रम समापन गरियाे।