सुर्खेतको विरेन्द्रनगरमा ६ वाम घटककाे विराेधसभा सम्पन्न

सुर्खेतको विरेन्द्रनगरमा ६ वाम घटककाे विराेधसभा सम्पन्न

काठमाडौं । पुर्व घाेषित कार्यक्रम अनुसार २०७९ श्रवण २६ गते सुर्खेतकाे विरेन्द्रनगरमा विराेध प्रदर्शन र एरि चाेकमा ६ वाम घटककाे विराेधसभा सम्पन्न भएकाे छ । विराेधसभालाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख वक्ता नेकपा ( क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सेक्रेटरी दिपकबहादुर शाहीले नेपाली जनतालाई पराधीन र नेपालाई सिक्किमीकरण गर्ने भारतको बर्षौदेखिकाे योजनालाई अनुमाेदन गराउन दलाल संसदवादी पार्टीहरु कंग्रेस, माओवादी केन्द्र , एमाले लगायत गठबन्धनमा रहेका राजनीतिक दलका लेण्डुपेहरु लागिरहेकाे आराेप लगाउनु भयाे ।
देश लिलाम गर्ने राष्ट्रघाती नागरिकता विधेयक, आइपिएस, एमसीसी, एसपीपी, महाकाली, टनकपुर, कोसी, गण्डकी,कर्णाली जस्ता असमान सन्धि सम्झौता गरेकाे पनि उहाँले बताउनु भयाे ।उहाँले भन्नुभयाे, “शासकहरुले असंलग्न परराष्ट्र नीतिको धोती लगाएका छन् । हामी बिसाल जनसंख्या भएका भारत र चिनको विचमा छौ, विशेष गरि भारतसंग हाम्रो खुल्ला सिमाना छ । अहिले पास भएको नागरिकता विधेयकले विवाह गर्ना साथ अंगिकृत नागरिक्ता दिने गरेमा १० वर्षमा नेपाल रहँदैन ।” कागज, छाला,चिनी,लगायत २६ वटा उद्योग बेचेर एक मात्र राजनीतिक उद्योग मार्फत देश लुटेर कंगाल बनाउने भ्रष्टाचारी घुसपैठ गर्ने दलाल नेतालाई नेपाली जनताले अब राष्ट्रघाती करार गर्दै देश निकाला र फाँसी दिनुपर्ने समेत धारणा रमख्नुभयाे । अब जनचाहना पूरा गर्न जनबिद्रोहको बाटो मार्फत् जनघात र राष्ट्रघात लगायत विभेदका बिरुद्ध सम्पुर्ण किसान मजदुर श्रमजीवि, सर्वहारा, राष्ट्रवादी न्यायप्रेमि, राष्ट्रिय उद्योगपति विद्यार्थी वुद्धिजीवि एक भएर संघर्ष गर्नु पर्नेमा जाेड दिनुभयाे । सभालाई नेकपा वहुमतका केन्द्रीय सदस्य कमरेड धमिले पनि सम्वोधन गर्नुभएकाे थियाे ।