२४ साउन पोखरा ।
२८औं अन्तर्राष्टिय विश्व आदिवासी जनजाति दिवस २०७९ गण्डकी प्रदेशको पोखरामा भव्यरुपमा संम्पन्न भएको छ ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ, अखिल नेपाल जनजाति सम्मेलन र जातीय मोर्चा (नेकपा बहुमत) को संयक्त आयोजनामा संम्पन्न कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय सदस्य एवंम छन्त्याल मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष बम वहादुर छन्त्याल, राष्ट्रिय जनमोर्चा समन्वय समिति गण्डकी प्रदेश इन्र्चाज बिक्रम थापा, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य एवंम ४ नंम्बर प्रदेश सेक्रेटरी केश वहादुर परियारले शुभकामना मन्तब्य राख्दै सम्पूणर् उत्पीडित जाति तथा वर्गमा २८औं अन्तर्राष्टिय विश्व आदिवासी जनजाति दिवस २०७९ को हार्दिक शुभकामना दिदै यो बर्षले सबै प्रकारका जातीय विभेदहरुको अन्त्य गर्न सफल होस् भन्ने कामना गर्नु भयो ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय सदस्य एवंम मगर मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष भिम वहादुर श्रीसको अध्यक्षतामा संम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल जनजाति सम्मेलनका प्रतिनिधी खेम वहादुर बुढामगरले गर्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन जातीय मोर्चा (नेकपा बहुमत ) का रबिन्द्र राईले गर्नु भएको थियो ।