साउन १९ झापा ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियान महासंघको झापा जिल्लाको ५ औँ बैठकले नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश कमिटि सदस्य जीवन राईलाई इन्चार्जको जिम्मेवारी तोकेको छ ।
बिहिबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियान महासंघ झापाका अध्यक्ष टंक राईको अध्यक्षतामा झापामा बसेको बैठकले राईलाई इन्चार्जको जिम्मेवारी तोकेको हो ।
बैठकले पेशागत संगठनको निर्माण गरेर जिम्मेवारी पनि बाँडफाँड गरेको छ । जस मध्ये यायायात संयोजकमा भक्त , निर्माण संयोजकमा सन्तोष , अट्टो रिक्सा संयोजकमा पदम , पसल संयोजकमा सन्देश,इलेक्ट्री संयोजकमा सुजन , फलफुल तथा सब्जी संयोजमा रघुविर र उद्योग संयोजकको जिम्मेवारी जिल्ला महासंघ कार्यलयले हेर्ने निणर्य गरेको छ ।
बैठकको प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा झापा इन्चार्ज बिमल आचार्यले संसदीय व्यावस्थामा मजदुरहरको हित नहुने बताउनु भयो । उहाँले सबै मजदुरहरुले अधिकार पाउने जनवादी व्यवस्था आवश्यक रहेकाले त्यसका लागि सम्पूर्ण श्रमजीवीहरु एमजुट भएर संघर्षमा होमिन आवश्यक रहेको बताउदै मजदुरको हित भएपछि मात्र नेपाल समृद्ध हुने भनाई राख्नु भयो ।
यसरी नै बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियान महासंघ प्रदेश १ का इन्चार्ज बालकृष्ण बुढाथोकीले सर्वहारा तथा मजदुर वर्गले आफ्नो देशको बारेमा सोच्ने बेला आएको बताउनु भयो । उहाँले दलाल संसदीय व्यवस्थामा जदुरहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिएको भन्दै मजदुरहरुले मालिकले झै बाँच्न पाउने अधिकारका लागि एकजुट हुनु पर्ने भनाई राख्नु भयो । मजदुरले पनि तोकिएको समय श्रम गरेपछि राम्रो लाउन ,मिठो खान ,बिरामी हुदा स्वास्थ्य उपचार पाउन र आफ्ना सन्तानलाई क्षमता अनुसारको पढाउन सक्ने वातावरणको खाँचो रहेको बताउनु भयो ।