काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिबासी जनजाती महासंघले २८ औ विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । यस वर्षको विश्व आदिवासी दिवस श्रावण २४ गते दिनको १२ बजे बसन्तपुर, न्युरोडबाट विभिन्न झाँकी, साँस्कृतिक, धार्मिक, पहिचान र भेषभुसामा मुक्तिकामी नारासहितको झाँकीले ‍¥याली गरेर राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा पुगी भव्य समारोहमा परिणत हुने आयोजकहरुले बताएका छन् ।

‘आत्मनिर्णयको अधिकार र जातिय क्षेत्रीय स्वसासन सहितको संघीयता स्थापना गरौं’ भन्ने मुल नाराका साथ अखिल नेपाल आदिवासी जनजाति महासघंले यो  २८औं विश्व आदिवासी दिवस’ दसवर्षे जनयुद्ध लगायत विभिन्न जनआन्दोलनका क्रममा पनि उत्पीडित जाती तथा वर्गको हक अधिकार सुनिश्चित हुन नसकेको निष्कर्षसहित आन्दोलनको रुपमा मनाउन लागेको हो ।

यो विश्व आदिवासी दिवस एउटा दिवसको रुपमा मात्र नभएर वर्गीय, क्षेत्रीय, साँस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक आन्दोलनकै रुपमा र उत्पीडित वर्गको आन्दोलनको रुपमा मनाउना लागेको महासंघका नेताहरुले बताएका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा हुने समारोहमा विभिन्न सांस्कृतिक गायन तथा नृत्य एवं जनगायक तथा जनकलाकारहरुको बेजोड प्रस्तुति पनि रहने जनाइएको छ । महासंघका अध्यक्ष डा. ओम गुरुङले सम्पूर्ण आदिवासी जनजाती समुदाय लगायत सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायलाई समारोहमा सहभागिताका लागि हार्दिक आव्हान गुर्नभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार