मैले भर्खर शिलाङमा पाइला टेकेको बेलामा मेरो सम्पर्क लोअर मोप्रेसमा बस्ने गिरि परिवारका नाता पर्ने विराटनगरतिरबाट घुमघाम गर्न शिलाङ पुगेका युवकसित भयो । कता कता उनी तुलसी गिरीका नातदार पछंंन् भन्ने कुरा पनि मैल सुनेंको थिएँ । जे होस् ती युवक बडोे मिलनसार रहेछन् । उनीसित मेरो आकस्मिक अस्थायी अथवा क्षणिक मित्रता भयो । उनले मलाई फिल्म हेर्न जाउँ भन्दै केल्भिने टकिजमा लगे ।
त्यतिबेला शिलाङमा जम्मा तीनबटा सिनेमा हल थिए । सबै हल मारवाडीका थिए । केल्भिन, बिजु र सिंघानिया । पछि म शिलाङमा बस्दा बस्दै पाँचबटा सिनेमा हल भए । एउटा सिनेका हल बन्यो । आलु गोदामतिर । अंजली सिनेका हल । अर्कों सिनेका हल ड्रिमलैण्ड
बन्यो पुलिसबजारको मुटुमा नै । उसरी चार बटा सिनेका हल नै पुलिस बजरमा थिए । एउटा बडाबजारमा थियो भन्न सकिन्छ । आलु गोगाममा । बिजु सिनेमा हलमा मैले एकपल्ट लगातार दुईबटा फिल्म देखेको छु । म हिन्दी सिनेमा हेर्न गएको थिएँ । तर त्यो फिल्म इभनिङ शो रहेछ । मैले दिनको शो होला भनेर टिकट काटेर हेरें । त्यो. त बंगाली शो पो रहेछ । फिल्मको नाम रहेछ – हठात् देखा । त्यो फिल्म पनि मैले हठात देखेको थिएँ । त्यो फिल्स सकिनासाथ मैले अर्को टिकट काटें र जुन हिन्दी फिल्म हेर्न गएको थिएँ त्यो हेरें । यस बिजु हलमा मैले सर्वप्रथम नेपालको पहिलो फिल्म आमा पनि हेरेको थिएँ ।
केल्भिनमा धेरै जसो इंग्लिस फिल्म लाग्दथे । मित्र गिरी ( जसको वास्तविक नाम मलाई संझना छैन । जससित मेरो पछि कहिले भेट भएन । ) सित त्यस दिन हेरेको सिनेमाको नाम थियो सिंगर नट द सङ्ग । सिनेमा शुरु नहुँदै हामीहरू बाहिर उभिएका थियौं । त्यतिबेला मेरो नजर एउटा व्यक्तिमा पर्यो । म भर्खर नेपालबाट शिलाङ पुगेको हुनाले पनि मलाई शिलाङमा नेपाल देश हेर्न नपाए पनि नेपाली अनुहार हेर्न पाए आफ्नै घर गाउँमा पुगे जस्तो लाग्दथ्यो । भनौं म त्यतिबेला चारैतिर नेपाली अनुहार खोजिरहेन्थे । मैले मरो नजरमा परेको व्यक्तिलाई सोधे. – तपाईंको घर कहाँ होला ? त्यस मान्छेले आफ्नो घर जुन ठाउँमा बतायो त्यसको मैले कुनै फेद टृुप्पो चाल पाइनं । चाल पाउन सकिनं । त्यसैले मैले फेरि अर्को प्रश्न गरें – तपाईले बताएको ठाउँ पूर्व नेपालमा पर्दछ कि पश्चिम नेपालमा । उसले मलाई जबाब दियो – त्योे ठाउँ पू्रर्व नेपालमा पनि पर्दैन । पश्चिम नेपालमा पनि पर्दैन । खसी हिल्समा पर्दछ । म नेपाली होइन । खसिया हुँ । म अचम्भित भएँ – मैले नेपाली ठानेको व्यक्ति खसिया पो रहेछ । मैले उसलाई न अनुहारले खसिया ठानें । न बाली भाषाले ।
मैले शिलाङको डन्कास्को ( सेन्ट एन्थनी स्कुल ) मा केही समय अस्थायी हिन्दी शिक्षकको रुपमा काम गरेको थिएँ । त्यहाँ मैले विद्यार्थीहरूलाई इंगलिस माध्यममा हिन्दी पढाउनुृ पर्दथ्यो. । त्यहाँ पढ्ने एकाध विद्यार्थी नेपाली भए पनि धेरै जसो खसिया गारो मिजो नागा आसामी बंगाली आदि हुन्थे ।
एक दिन गर्भनर हाउसका नजिकै मैले डन्बास्को ( सेन्ट एन्थनी हाई स्कुल ) मा अध्यापन गरेको एकजना खसिया विद्यार्थील मसित कृुरा गर्दै भन्यो – यृु नो माई ग्रान्ड फादर वाज नेपाली ( तपाईंलाई थाहा छ मेरा हजुर बा नेपाली हुनुहुन्थ्यो । )
मैले शिलारूमा यस्ता खसिया भेटेको छु जसले भन्दथे म नेपालीको त पितु पनि बुझाइदिन सक्दछु । यसबाट के बुझिन्छ भने संयृुक्त खासी एण्ड जयन्तिया हिल्समा बसोबासो गर्नै नेपाली र खसियाबीच नङ र मासुको जस्तो सम्बन्ध थियो । धेरै नेपालीले खसिया महिला विवाह गरेका थिए । नेपाली शिलाङमा ब्रिटिशको पालादेखि बस्न थालेका हुन् । वास्तवमा व्रिटिशले खसिया जयन्तिया पहाड कव्जा गोर्खा पल्टनको बलमा गरेको थियो ।
मेघालयमा नेपाली बसोवासो गर्न थालेको पुग न पुग दुई सय वर्ष हुन थालेको देखिन्छ । गोर्खा पल्टनको नेतृत्वमा ब्रिटिशले शिलाङ कव्जा गर्दा हिजोको अविभाजित आसामको राजधानी र अहिले मेघालयको राजधानी शिलाङमा एउटा मुसा पनि थिएन । यो कुरा १८६७ मा शिलाङतिर अघि बढिरहेका ४४ गोर्खा बटालियनका कालु थापाले भनेका थिए शिलाङमा एउटा मुसा पनि छैन । कालु थापा ( प्रधान ) का सन्तान अहिले पनि शिलाङको बाह्पत्थरमा बसोबासो गर्दछन् ।
१८४५ मा खसिया पहाडको उमवाईमा सुवेदार देवराज आलेको कमाण्डमा रेजिमेन्टको आउट पोस्ट राखिएको थियो । त्यतिबेला ब्रिटिश सरकारले देवराज आलेलाई तेस्रो दर्जाको नागरिक अधिकारी ( मेजस्ट्रिेट ) समेत नियुक्त गरेको थियो । दुई वर्ष पछि मजिष्ट्रेट देवराज आलेको उमवाईमा नै मृत्यु भएको थियो । मेजर एलबन विलसनले १९०६ मा लेखेको आठ गोर्खा राइफल्स ( त्यतिबला ४४ गोर्खा राइफल्स )को इतिहास बमोजिम मजिस्ट्रेट देवराज आलेले स्थानीय खसियाहरुलाई निकै रिझाएको हुनाले उनको मृत्यु पछि उनीहरुले उनको बाटोको छेउको चिहानमा स्मारक खडा गरेका थिए र आउँदा जाँदा त्यसमा पान सुपारीको टुक्रा चढाउँथे । तर अहिले यो बटुवाहरुको लागि शौचालय बन्न पुगेको छ । अहिले यो अत्यन्त उपेक्षित अवस्थामा रहेका छ ।
शिलाङमा खसिया नेता दुई कुरामा बडो गर्ने गर्दथे । भन्दथे खसिया पहाडमा जुन प्रकारका जमीनको स्वामित्वको व्यवस्था रहेको छ त्यस्तो विश्वको कुनै कुनामा पनि रहेको छैन । खसिया पहाडमा जमीनको मालिक व्यक्ति होइन समूह हुन्छ । अर्को कुरा समूहबाट वार्षिक खजाना तिर्ने गरी किसानहरूले जमीन लिन्छन् । त्यसरी जमीन लिएर खेतीपाती गर्ने कि खसिया हृुन्छन् कि नेपाली । अर्को कुरा शिलाङका पहाडमा झुम खेती गरिन्छ । खसिया जयन्तिया पहाडमा गाई भैंसी पाल्ने र दूधको कारोबार गर्ने ९९ प्रतिशति नेपाली र १ प्रतिशत जति बिहारी हुन्छन् । खसियाहरू गोरुको मासु खाने तर गाईको दूध नखाने जातिमा पर्दछन् । धेरै खसियाले रातो चिया खान्छन् । आजभोलि भने केही खसियाले दूध राखेको चिया खान थालेका छन् । खसिया नेताले गर्व गर्दै भनेको अर्को कुरा हो खसिया जाति जस्तो शान्ति प्रिय जाति विश्वको कुनै कुनामा पाइन्न । व्रिटिशका बिरुद्धमा समझौताहीन युद्ध गर्ने उ तिरोत सिह जस्ता राजा भए पनि पछिल्लो चरणमा खसियाहरू अत्यन्त सिधा शान्ति प्रिय जातिका रुपमा नै चिनिन्थे । देखिन्थे ।
२०७२ मा मेघालय राज्य स्थापना भएरे मेघालय सरकार बने पछि त्यस सरकारले भारतको संविधानको छैटौं अनुसूचिको प्रयोग गर्दै मेघालयमा खसिया जयन्तिया जनजातिका नाममा रहेका जग्गा जमीन कुनै गैर जनजाति नेपाली आसामी बंगाली विहारी पंजाबी मारबाडी आदिले किन्न नपाउने र गैर जनजातिका नाममा दर्ता रहेका जग्गा जमीन घर आदि अचल सम्पति बेच बिखन गर्न परे जनजाति खसिया जयन्तियालाई नै बेच बिखन गर्नु पर्ने अवस्था आयो । त्यतिबेला शिलाङ शहर र तुरा शहरमा कुनै कुनै नेपालीका नाममा अथाह जग्गा जमीन थियो । नाम किटेर भन्नु पर्दा शिलाङ शहरको मुटुमा नै लोकनाथ जोशीका नाममा लगभग एउटा सानो तिनो गाउँ वा टोल जति जमीन रहेको थियो । भनिन्प्थ्यो तुरा बजारको लगभग सम्पूर्ण जमीन मन बहादुर नेवारको नाममा दर्ता थियो । मेघालयमा प्रथम मुख्य मंत्री क्याप्टेन विलियम साङ्मा मन बहादुर नेवारको आर्थिक सहयोगले नै राजनैतिक क्षेत्रमा हाम्फालेका थिए । यसैले उनी मुृख्य मंत्री भए पछि मन बहादुर नेवारलाई विधान सभा सदस्य ( एम एल ए ) मा मनोनित गरेका थिए । कुरा त्यति मात्र होइन मेघालय सरकारले मेघालयमा खास गरी शिलाङ शहरमा बाहिरी मान्छे ( उनीहरूका शब्दमा डखार ) चाप बढेको र कालान्तरमा गएर खसिया जयन्तिया पहाड वा मेघालयमा नै खसिया जयन्तिया जनजाति नै अल्पसंख्यामा पर्ने खतरा देखेर मेघालयमा पान सुपारीको नांग्ले पसल राख्न पनि उसले मेघालयको स्थायी बासिन्दा भएको प्रमाणपत्र बुझाउन आवश्यक पर्ने नियम कानुन बनायो । यसले गर्दा मेघालय बाहिरबाट कुनै पनि भारतीय नागरिकले पान पसल खोल्न पनि नपाउने भयो । बाहिरी मान्छेहरूको चाप रोक्नलाई उसले गौडा गौडामा चक पोस्ट राख्यो । यसले गर्दा बाहिरी मान्छे शिलाङ जस्ता शहरमा छिर्न नपाउने भए । यतिबेला नपालबाट शिलाङ जान खोज्ने नेपालीलाई बसबाट उतारेर मेघालय कटाएर आसाममा पुराई छोडियो । कति नेपालबाट जाने नेपाली लुटपाटमा परे । थुनामा परे । १९८० मा केही उग्र जातिवादी खसियाहरूल विदेशी भगाऊ आन्दोलन चलाउँदा मेघालयबाट लखेटिएका लाखौं मेघालयमा नेपाली शरणार्थीको रुपमा नेपाल आउन वाध्य पारिएका थिए । त्यतिबेला नेपालीको बाक्लो बसोवासो भएको. मौलाईमा अचानक एक रात आक्रमण गरेर अन्येत्र कतैबाट आएका अपरिचित उग्र जातिबादी खसियाहरूले त्यहाँका बासिन्दाहरूलाई भागाभागको अवस्थामा पृराएका थिए उनीहरूका गाई गोठमा आगो लगाइदिएका थिए । के बूढा बुढी के केटा केटी के. रोगी अशक्त सबका सब गाउँ घर छोडेर जंगलतिर भागी बडो मुृश्किलले आफ्नो ज्यान जोगाएका थिए । नजिकैे केन्द्रिय सरकारको मातहतको सी आर पी ( पुलिस ) को व्यारेक भएर पनि उनीहरू केवल रमिते बने । उनीहरू केवल मुक दर्शक बने । भोलि विहान हेर्दा त्यहाँका लम्साल खनाल पाण्ंडे भण्डारी जस्ता ठूला ठूला साहु महाजन, मौलाई स्कूलका शिक्षक , कलेजका प्राध्यापक बकिल आदिका घरहरू धुलोमा परिणत भएका थिए । माटोमा मिलाइएका थिए । अहिलेसम्म मौलाई नेपाली शुण्य बस्ती भएको. छ । त्यहाँ कुृनै नेपाली आफ्नो जग्गा जमीन सम्पतिको. हक जताउन गएन ।जान सकेन । मौलाईका कति नेपाली नेपाल आए । कति शिलाङ कै बढी सुरक्षित ठाउँमा बसाइ सरे । उनीहरूमध्ये कति मौप्रेम बाहपन्थर झालुपाडा आदि ठाउँमा बसाइ सरे । कति शिलाङ कै लालभन्द ( लालचन्द नेपाली महाजनको नाम ) बस्तीमा बसाइ सरे । त्यतिबेला भागभागामा परका नेपालीलाई सुरक्षा दिन अनिकालमा विउ जोगाउनु हुलमुलमा जिउ जोगाउनुृ भन्ने उखानलाई चरितार्थ गर्दै गोर्खा पाठशालामा स्थापित गरिएको शरणार्थी शिविरमा राखिएको. थियो. । त्यस शरणार्थी शिविरमा नेपालीसित विवाह गर्ने खसिया महिला पनि थिए । त्यतिबेला नेपाली बाहुृल्य भएका.े क्षेत्रमा बसोबासो गरका खसिया नेपालीबाट ज्यान जोगाउन भाग्न थाल्दा उनीहरूको ज्यू ज्यानको ग्यारेन्टी दिएर नेपालीहरूले नै आफ्नै निवासमा बस्न जोर दिएका थिए । त्यतिबेला कति नेपालीलार्ए खसियाहरूले नै लुकाएर राखेर बचाएका थिए । त्यतिबेला भारत नपालबीच भएको १९५० को सन्धिले कुनै काम गरेका थिएन । त्यसको केही अर्थ रहेको थिएन ।
मेघालय राज्यको निर्माण म शिला«ङमा छँदा छंदै मेरै आँखा अगाडि भएको थियो । खसियाहरूले निकै ठूलो आन्दोलन गरेर मेघालयको स्थापना गरका हुन् । मेघालयमा राज्य स्थापना भए पछि पहिलो मुख्य मंत्री गारो पहाड तुराका नेता क्याम्टेन विलियम साङ्मा भए । यिनकै पहलमा शिलाङको स्टेट सेन्टरल लाइब्रेरीमा एउटा मिट त सिटीजन कायैक्रमको. आयोजना गरिएको थियो । त्यतिबेला म अखिल शिलाङ नेपाली विद्यार्थी संघको अध्यक्ष थिएँ । त्यस कार्यक्रममा नेपाली विद्यार्थीका तर्फबाट मलाई मेघालय र नागरिकहरूका समस्याका बारेमा बोल्न भनिएको. थियो । मैले.आफ्नो मन्तव्यमा त्यसमा मृख्य गरी दुृई कुरा उठाएको अथवा सरकारका त्यतिबेलाका दुई नीतिको आलोचना गरेको थिएँ । पहिलो विरोध मैले. सरकारको शिलाङ शहरको सुन्दरीकरणको नीतिको बारेमा गरेको थिएँ । मैले भनेको थिएँ सरकार शिलाङको सुन्दरीकरणमा लाग्नृु भन्दा पछि परेको मेघालयमा गाउँको विकासमा लाग्न आवश्यक छ । मैले त्यतिबेला सरकार सामु पेश गरेको वा आलोचना गरेको अर्को कुरा थियो सरकारले मेघलायका गैरजनजातिलाई जमीन किन्न प्रतिबन्ध लगाउनुृ गल्ती हो । भेदभाव नीतिको प्रतिफल हो । शिलाङ मेघालयमा स्थायी रुपमा बसोवासो गरेका भारतीय गंैर जनजाति नेपाली बंगाली मारबाडी पंजावी आदिले पनि जमीन किन्न र आफ्ना नाममा दर्ता गर्न पाउनु पर्दछ । चिफ मिनिस्टर क्याप्टन बिलियम साङ्माले मेरो भनाइलाई बढी फोकस गरेर जबाब दिएका थिए । उनले. भनेका थिए भारतको संविधानको छैटो अनुसुूचिमा जनजातिका हक अधिकार सुरक्षित गर्न हामीलाई कानुन बनाउने अधिकार सुृम्पेको. छ र त्यसमा टेकेर यस्तो नियम कानू बनाउन परेको हो । मैघालयमा जनजातिको अस्तित्व जोगाउन यस्तो नीति नियम बनाउनु परेको हो । त्यतिबेला मैले उठाएका कृुरा र चिफ मिनिस्टर क्याम्टेन विलियम साङ्माले दिएको. जबाव शिलाङको त्यतिबेलाको अंग्रेजी समाचारपत्र द इम्पलान्टरले. हेड न्यूज बनाएर प्रकाशित गरेको. थियो ।
पछि के देखियो भने कति नेपालीले आफ्नो घरबार जमीन नेपालीलाई पास नगरी घरसारमा बेचे । कतिले भने कौडीको मोलमा भए पनि आफ्नो घर जग्गा जमीन खसियालाई नै रजिस्टेसन पास गरी बेचे । मारवाडीहरूले उनीहरूका उद्योग धन्दा संचालन गर्न धेरै जग्गा जमीन चाहिने हुृनाले खसिया महिलासित विबाह गरी खसिनी श्रीमतीको नाममा शिलाङमा प्रशस्त जग्गा जमीन किनेको पनि देखियो ।
२०–४–२०७९