
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित पाँच वाम घटकले राष्ट्रघाती नागरिकता विधेयक खारेजीकाे माग गर्दै राष्ट्रपति विध्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलकाे नेतृत्वमा गएकाे ६ वाम घटककाे टाेलीले राष्ट्रपति भवनमै पुगेर ज्ञापन पत्र बुझाएकाे हाे । ज्ञापन पत्र बुझाउने टाेलीमा नेकपा (बहुमत)का नेता गुणराज लाेहनी, नेकपा (मसाल) समन्वय समितिका संयाेजक सन्तबहादुर नेपाली, नेकपाका अध्यक्ष लाेकनारायण सुवेदी लगायतका नेताहरु सहभागी थिए ।
नाराजुलुससहित ज्ञापन पत्र बुझाउन पुगेकाे टाेलीलाई प्रहरीले कान्तिबाल अस्पताल छेउमै राेकेकाे थियाे । जुलुसलाई त्यहाँ राेकेपछि नेताहरुकाे एक टाेली मात्रै गएर ज्ञापन पत्र बुझाएका थिए ।

कान्तिबाल अस्पतालकाे गेट नजिक ६ वाम घटकका नेता कार्यकर्ताले राष्ट्रपति विधेयक खारेज गर, दलालहरु हाेसियार लगायतका नाराहरु लगाएका थिए । राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएर नआउन्जेलसम्म नेता कार्यकर्ताहरुले चर्काे नाराबाजी गरेका थिए ।