गोली प्रहारबाट गम्भिर घाइते आबेको निधन, गोली प्रहार गर्ने एक जना पाक्राउ

गोली प्रहारबाट गम्भिर घाइते आबेको निधन, गोली प्रहार गर्ने एक जना पाक्राउ

एजेन्सी । गोली प्रहारपछि अचेत अवस्थामा रहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । गोली लागेर अचेत अवस्थामा अस्पतालमा रहेका उनलाई अमेरिका,बेलायत,भारत, रुसलगायत विभिन्न मित्रराष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुले स्वास्थ्यलाभको सन्देश पठाएका थिए ।


जापानमा पर्सि हुन लागेको संसदको माथिल्लो सभाको चुनावी अभियानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि आज गोली प्रहार भएको थियो । ६७ वर्षे आबे जापानमा हालसम्म सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता पनि हुन् ।
उनी सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्म गरी नौ वर्षभन्दा लामो समय प्रधानमन्त्री भएका थिए । सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उनले प्रधानमन्त्री पद छाडेका हुन् ।

यसैबीच आबेलाई गोली हान्ने ४१ वर्षे पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जापानमा गोली प्रहारका घटना बिरलै हुन्छ । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्रीमाथि नै आक्रमण भएको घटनालाई निकै गम्भीरताका साथ लिइएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।