कास्की पोखरा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) कास्की जिल्ला सचिवालय सदस्य कमरेड कल्पना थापाकी आमा पार्वती भण्डारी थापाको पोखरा महानगरपालिका वडा नम्बर १० को जनप्रिय टोलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पूर्व प्रदेश समिति सदस्य, कास्की जिल्ला सचिवालय सदस्य, अनेमसं केन्द्रिय सदस्य एवं ४ नम्बर प्रदेश अध्यक्ष कमरेड कल्पना थापाकी ममतामयी आमाको ८९ वर्षको उमेरमा मिति २०७९ असार ११ गते बेलुका आफ्नै निवासमा हुन गएको दुःखद निधन भएकाे थियाे ।
नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम एवं ४ नम्बर प्रदेश सक्रेटरी कमरेड केश वहादुर परियारले कार्यक्रमकाे प्रमुख अतिथिकाे अासनबाट श्रद्धाञ्जली मन्तव्य राख्दै भन्नुभयाे, “हामी सबैकी आमा पार्वती भण्डारी थापाले सामाजिक रुपान्तरणको यो महान अभियानमा अध्यात्मवादलाई चनौती दिदै भौतिकवादको पक्षमा आफुलाई जसरी उभ्याउने आट गर्नु भयो, त्यसको लागि कमरेड कल्पना थापा र उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु ।” उहाँले परिवर्तन हामी आफैबाट सुरुवात गर्नु पर्छ भन्दै आमा पार्वती भण्डारी थापाप्रति हार्दिक श्रद्धाजली साथै दुःखको यस घडीमा कमरेड कल्पना थापा लगायत सम्पुर्ण शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयाे । र, गलत सँस्कृतिको विरुद्ध सबै एक भएर संघर्ष गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसैगरी देजमो नेपालका केन्द्रिय सल्लाहाकार कमरेड भिम श्रीस, संगम सास्कृतिक मञ्चका अध्यक्ष काजीबाबु श्रेष्ठ, लगायतका वक्ताहरुले पनि सामाजिक रुपान्तरणको यो महान अभियानमा आफुलाई उभ्याउनु भएकोमा कमरेड कल्पना थापाको परिवारलाई धन्यवाद दिदै आमा पार्वती भण्डारी थापाप्रति हार्दिक श्रद्धाजली साथै कमरेड कल्पना थापा लगायत सम्पूर्ण शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नु भएको थियो ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य रामजी थापा, पार्टीका प्रदेश र जिल्ला समितिका सदस्यहरु, देजमो नेपालका प्रदेश र जिल्ला समितिका सदस्यहरु, पार्टीका सम्पूर्ण सदस्यहरु, अन्य पार्टी र स्थानीय आफन्तजन र छिमेकीहरुको समेत व्यापक उपस्थिती रहेको थियो । नेकपा (क्रान्तिकारी माओवादी) कास्कीको आयाेजनामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता कास्की जिल्ला सेक्रेटरी कमरेड कर्ण पुनले गर्नु भएको थियो भने सञ्चालन जिल्ला कमिटि सदस्य कमरेड राम पुनले गर्नु भएको थियो ।






























