सामना कलाकार अमिट र अनिस पितृशोकमा

सामना कलाकार अमिट र अनिस पितृशोकमा

१६ असार २०७९
काठमाडौं / अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय समितिका सदस्यहरु अमिट र अनिस योञ्जनका बुबा तथा रुषा जिम्बाका ससुराबुबा बलराम तामाङको हिजो मृत्यु भएको छ । सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका ११ निबासी बलराम तामाङको मृत्यमा आज अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव हिरामणि दुःखीले एक वक्तव्य प्रकाशित गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वक्तव्यमा महासचिव दुःखीले बलराम तामाङ योञ्जनको लामो समयसम्मको दीर्घ रोगको कारण हिज असार १५ गते आफ्नै घरमा मृत्युभएको जनाएका छन् । बलरामको मृत्युबाट आफ्नो सङ्गठन स्तब्ध भएको जनाउँदै दुःखको यस घडिमा मृतक बलरामप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै शोकमा परेका आफ्नो सङ्गठनका सक्रिय सदस्यहरू अमिट योञ्जन, अनिस योञ्जन र रुषा जिम्बा सहित उनीहरूको सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

सिन्धुपाल्चाेकमा व‍ि‍ सं २००० पौष १६ गते जन्मिएका बलराम तामाङका श्रीमति राममाया तामाङका साथै ३ छोरी, ३ छोरा रहेकोमा जेठी छोरी २०७२ साल बैसाख १२ गतेको महाविनासकारी भूकम्पमा परेर निधन भइसकेको छ । जनयुद्धकालदेखि नै यो परिवारले नयाँ जनवादी क्रान्तिका लागि गरिएको राजनीतिक÷सांस्कृतिक क्रान्तिमा निकै महत्वपूर्ण योगदान दिँदै आएको वक्तव्यमा जनाइएको छ ।