काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ वाम घटकले पानीकाे प्रवाह नगरी विराेध प्रदर्शन गरेका छन् ।
अस्वभाविक मुल्यवृद्धि, अकाशिदाे बजार भाउ र रायसायिनक मलकाे चर्काे अभावका विरुद्ध आयाेजना गरिएकाे विराेध प्रदर्शन लाई नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम अटल, नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयाेजक सन्तबहादुर नेपाली, नेकपाका नेता लाेकनारायण सुवेदी, संयुक्त क्रान्तिकारी माेर्चाका नारायण शर्मा, माओवादी कम्युनिस्ट पार्टी नेपालका नारायण धिमाल लगायतका नेताहरुले सम्बाेधन गरेका थिए ।
नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले सञ्चालन गरेकाे विराेध प्रदर्शनमा देउवा सरकारकाे जनघाती र राष्ट्रघाती कदम र चरित्रका विरुद्ध चर्काे नाराबाजी गरिएकाे थियाे ।
नेताहरुले देउवा सरकारले पेट्राेलियम पदार्थमा लगाएकाे सम्पुर्ण कर हटाएर मुल्यवृद्धि, महंगी नियन्त्रण नगरे मुलुक श्रीलंका बन्ने र त्यसबेला शासकहरूलाई जनताले सडकमा पछारेर हिसाब किताब खाेज्ने दिन आउने समेत चेतावनी दिए ।
नेताहरुले तत्काल रासायनिक मलकाे व्यवस्था गर्न र बाढी पहिराे डुवानमा परेका जनतालाई तत्काल उद्दार र राहतकाे व्यवस्था गर्न समेत माग गरे । वक्ताहरुले ६ वाम घटकले अगाडि सारेका मागहरु पूरा नगरे थप कडा संघर्षमा उत्रने समेत चेतावनी दिए ।






























