
१३ असार झापा ।
नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ सचिवालयको विस्तारित बैठकले पार्टीले अगाडि बढाएको सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने निर्णय गर्दै सम्पन्न भएको छ ।
झापा जिल्लाको अर्जुधारा नगरपालिमा रहेको सुखानी सहिद स्मृति प्रतिष्ठानमा यहि असार १२ र १३ गते बसेको बैठकले दैनिक उपभोग्य बस्तु तथा पेट्रोलिय पदार्थको मुल्य वृद्धिको विरुद्धमा संघर्ष गर्ने निर्णय लिएको हो । बैठकले पार्टीको ६ महिने सुदृढीकरण अभियान अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्ने निणर्य पनि गरेको छ । जस अन्तगर्त जनवर्गिय संगठन विस्तार गर्ने, अचाक्ली रुपमा बढ्दै गएको महंगी , किसान,मजदुर तथा सुकुम्बासीका समस्या समाधानका विषयमा प्रचारप्रसार गर्ने , पोष्टर वितरण गर्ने र अन्यायको विरुद्धमा संघर्ष चर्काउने निर्णय लिएको हो ।
यसरी नै बैठकले सामाजिक कुरुती तथा जातिय विभेदका विरुद्ध कार्यक्रम गर्ने , राष्ट्रियता ,जनतन्त्र तथा जनजीविकाको विषयमा अन्तक्रिया गर्ने , राजनीतिक प्रशिक्षण तथा स्कुलिङ कार्यक्रमको आयोजना गर्ने, प्रदेश स्तरिय जनसभा गर्ने लगायतका निणर्यहरु पनि गरेको छ ।
बैठकका प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य गौरबले सर्वहारा वर्गको अग्रदस्ता कम्युनिष्ट पार्टी भएकाले नेकपा (क्रान्तिकारी माओवादी) मा आवद्ध सबैको सोचाई ,विचार र व्यवहार कम्युनिष्टको जस्तो हुनु पर्ने बताउनु भयो । उहाँले नेपाली विषेशताको जनविद्रोहको वातावरण तय हुदै गएको बताउदै त्यसको पूर्ण तयारीमा लाग्न निर्देशन दिनु भयो । जनविद्रोहको कार्यदिशामा अगाडि बढेको पार्टीले विद्रोहका लागि विभिन्न प्रकारका उपायहरु खोजी गरिरहेको धारणा राख्नु भयो ।
यसैगरी बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज सागरले पार्टीलाई अगाडि बढाउन आवश्यता र क्षमताको बिचमा अन्तर विरोध हल गर्नु पर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट क्रान्तिकारीहरु अरुभन्दा भिन्न हुनु पर्ने भन्दै आफ्ना कमजोरीहरु सुधार्नु पर्ने भनाई राख्नु भयो । इन्चार्ज सागरले पार्टीको ६ महिने सुदृढीकरण अभियान सफल बनाउन पार्टीमा आवद्ध सम्पूर्ण कमरेडहरु लागि पर्नु पर्ने निर्देशानात्मक आग्रह गर्नु भयो । उक्त बैठकको अध्यक्षता तथा संचालन प्रदेश नम्बर १ का सेक्रेटरी सरलले गर्नु भएको थियो ।