४ असार चितवन ।
आज असार ४ गते दिउँस १२ बजे संयुक्त संघर्ष समिति चितवनको आयोजनामा एमसीसी र एसपीपीका बिरुद्ध चितवन नारायणगढ लायन्स चोक बाट सिटी जुलुस सुरु भएको र सहिद चोकमा पुगेर प्रधानमन्त्रीको पुत्ला जलाइएको थियो । उक्त जुलुसले पुल्चोकमा पुगेर कोणसभा समेत सम्पन्न गरेको छ ।

कोणसभालाई नेकपा ( क्रान्तिकारी माओवादी)का अशोक शमा, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सदस्य लेखनाथ शर्मा, नेकपा (बहुमत) पक्षका बिजय शर्मा, संयुक्त संघर्ष समितिका बयोबृद्ध नेता यमुना नौपाने, वैज्ञानिक समाजवादीका रोशन रसाईली, त्रिमुल नेपालका रिषि खतिवडा हुनुहुन्थ्यो ।

कोणसभाको अध्यक्षता संयुक्त संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले र संचालन सचिव तथा नेकपाका अजीव पौडेलले गर्नुभएको थियो । आषाढ २ गतेको संयुक्त बैठकमा सामेल भएर कार्यक्रम बनाउन सहमत भएको राजमो आजको एमसीसी— एसपीपीका विरुद्धको कार्यक्रममा सहभागी भएन ।

































