स्त्री श्रृंगारको प्रश्न : व्यक्तिगत प्रश्न नभएर स्त्री मुक्तिसित जोडिएको सैद्धान्तिक प्रश्न हुँदछ‌।(केही अनुभूति सहित)।

स्त्री श्रृंगारको प्रश्न वा स्त्रीले मात्र श्रृंगार किन गर्ने भन्ने कुरा स्त्री माथि भौतिक शारीरिक र मानसिक दुवै रूपले स्त्रीलाई दास बनाइराख्ने सामन्ती र अहिले आएर पूँजीवादी शोषणका उपाय र सड्यन्त्र शिवाय केही होइन रहेछ भन्ने कुरा आफुले कलेज पढने ताका कतिपय पुस्तकहरू र विशेष गरी मोदनाथ प्रश्रितको ‘ नारी बन्धन र मुक्ति” जस्ता पुस्तकहरू पढेपछि, स्त्रीले मात्र किन श्रृंगार गर्ने भन्ने बिषय चानचुने र उपेक्षा गर्ने बिषय होइन रहेछ भन्ने बुझियो। यसका साथै यो सामाजिक अनुकुलनतामा social conditioning मा सहज ढंगले भनिने स्त्रीहरूको व्यक्तिगत स्वेच्छा र इच्छाको बिषय पनि यो होइन रहेछ भन्ने पनि बुझियो ।                                                                                                               यो महिला शोषण र मुक्तिको सवाल अनि बिचारसित जोडिएको गम्भीर र महत्वपूर्ण सैद्धान्तिक सवाल रहेछ भन्ने कुरा बुझियो । त्यसो हुँदा कम्तिमा यो प्रश्नलाई सामन्य रूपले बुझ्नेहरू र अरू सबैले नहोला तर प्रगतिशील र आफु कम्युनिष्ट विचारबाट प्रभावित छु र आफुलाई कम्युनिष्ट भन्ने महिलाहरूले चाहिँ महिला शोषण र मुक्तिसित जोडिएको महिला श्रृंगार सम्बन्धी सम्वेदनशील बिषयलाई त्यतिकै उपेक्षा र अनदेखा गर्न नमिल्ने गम्भीर सवालका रूपमा बुझ्दा अरूको हकमा नभए पनि आफ्नो हकमा, आफ्नो व्यवहार र नैतिकताको हकमा आफुले लागु गर्नुपर्ने महत्वपूर्ण बिषयको रूपमा बुझ्नुपर्ने कुरा हुँदछ। मेरो बिचारले प्रगतिशील र मार्क्सवादी बिचारबाट प्रभावित छु र आफुलाई मार्क्सवादी भन्न रूचाउने महिलाहरूले महिला हकमा स्त्री श्रृंगार सम्बन्धी प्रश्नलाई केवल औपचारिक छलफल र सैद्धान्तिक बहसका बिषयका रूपमा मात्र त्यसलाई सिमित नराखेर यसलाई महिला मुक्तिको नैतिकता त व्यावहारसित जोडिएको प्रश्नका रूपमा बुझ्नु आवश्यक हुँदछ। आफुले मान्ने सिद्धान्त र बिचारका कुरा आफनो हकमा आफ्नो व्यावहारमा लागु गर्ने कुराले धेरै महत्व राख्ने कुराका रूपमा बुझ्दै त्यस्तो कुरालेनै र त्यसले मात्रै अरूका लागि पनि महत्व राख्ने कुरालाई बुझ्नुपर्दछ । जुनसुकै सैद्धान्तिक बिषय जस्तै महिलासित जोडिएको सम्वेदनशील र सैद्धान्तिक प्रश्नलाई पनि व्यावहारसित जोडेर समुचित छलफल र बहसहरु गरिँदा त्यसले उपयुक्त र समुचित उपलब्धि दिने कुरा बुझ्नु आवश्यक हुन्छ शायद।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर