केशव ढल्कोटी अध्यक्ष र ज्ञानु खतिवडा महासचिवको नेतृत्वमा ४५ सदस्यीय नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को गठन

केशव ढल्कोटी अध्यक्ष र ज्ञानु खतिवडा महासचिवको नेतृत्वमा ४५ सदस्यीय नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को गठन

३ असार काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को शुक्रबार काठमाडौंमा शुरु भएको राष्ट्रिय भेलाले केशव ढल्कोटीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति गठन गदै समापन भएको छ ।
युवा लिगको राष्ट्रिय भेलाले शुक्रबार नै बन्दसत्र सम्पन्न गरी नयाँ नीति र नेतृत्व चयन गरेको थियो । लिगका अध्यक्ष अमिर महर्जनको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन लिगका महासचिव दिलबहादुर कठायतले गर्नु भएको थियो ।
लिगको पदाधिकारीको चयन यसप्रकार गरिएको छ : अध्यक्ष: केशव ढल्कोटी, उपाध्यक्ष : लालकिरण, महासचिव: ज्ञानु खतिवडा, सचिव द्धय रविन लिम्वु र तिलक अधिकारी, कोषाध्यक्ष: विकल्प रहेका छन् ।

सदस्यहरुमा
भुकम्प, असल, सुनिल मुखिया, संगीन थापा, हरीनारायण यादव, विनय कुमार(छोटु), जितु गोले, रामशरण के.सी., सोभा सेन्चुरी, अम्ता थारु, गायत्री घोरासैनी, प्रवेश कार्की, दर्शन गुरुङ, जलन रुचाल, विक्रम बोहोरा, कुल ब. श्रेष्ठ, देव मुण्डा, नेत्र दिपाली, हरी चौधरी, राम सुगारन साह, हरी विक, शिवहरी घिमिरे, तेज, धनमान हमाल, मदनराज देवकोटा, रमेश विष्ट, रुद्र प्र. पौडेल, हिक्मत शाही, राजेन्द्र न्यौपाने छन् ।
बाँकी केही पदहरु पुरा गर्ने गरी ४५ सदस्यीय केन्द्रीय समिति गठन गदै प्रथम राष्ट्रिय भेला समापन भएको छ ।