उदाएका सुर्यहरु
अस्ताएका सुर्यहरु
हिजोका माउ
आजका चल्ला
संसार
युवाको हो
संसार हाँक
टुप्पोमा पुगि
वगरमा झर्दा पनि
संसार
चौरासी खानेको पनि हो
संसार हाँक
हद म्यादमा
चौरासी खाएका
माउ पनि
टुप्पोमा देखेको
झिल्को देखि
चल्लाको जोसमा
डल्ले फुफाजु
खबरदारी गर्छ

सुपुत्र होस
कुपुत्र होस
हिजोको माउ
आजको चल्ला
भरभराउदोमा
चौरासी खादा
आफनो सुन्दर
बगैचामा नफुलाई
अरुको सुन्दर
बगैचामा फुलाउदै
पाठ सिकि
नयाँ बनी
मात पनि पाएको
भात पनि पाएको
चौरासी खाएकाहरुले
आदर्श संकटमा पार्यो….

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर