बिगेसोको ‘ग्र्याण्ड पिस ¥याली’ : शान्तिबाटिकामा विरोध प्रदर्शन, बेलायती दुतावासमा धर्ना र बेलायती प्रधानमन्त्रीलाई १६ बुँदे ध्यानाकर्षण पत्र

बिगेसोको ‘ग्र्याण्ड पिस ¥याली’ : शान्तिबाटिकामा विरोध प्रदर्शन, बेलायती दुतावासमा धर्ना र बेलायती प्रधानमन्त्रीलाई १६ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसा) सिंगापुर गोर्खाज विभागको आयोजनामा शुक्रबार काठमाडौंमा वृहत् शान्ति पदयत्रा (ग्र्याण्ड पिस ¥याली) निकालिएको छ । ग्र्याण्ड पिस ¥यालीसहित लाजिम्पाटस्थित बेलायती दुतावासमा पुगेर दुतावासमा १६ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षण पत्र बुझाउनुपूर्व दुताबासअगाडि १ घण्टा धर्ना समेत दिइएको छ ।


दिनको १ बजेदेखि २ बजेसम्म रत्नपार्र्क शान्तिवाटिकामा शान्तिपूर्ण विरोध प्रदर्शन गरी विगेसो–सिंगापुर गोर्खाज विभागका माग र मुद्दाप्रति आम नेपाली नागरिकहरूको ध्यानाकर्षण गराइएको थियो । त्यसपछि सयौँ भूतपूर्व सिङ्गापुर गोर्खाहरूको सहभागिता र नेपालका राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्दीजीबी, कानुनविद, मानव अधिकारकर्मी, संचारकर्मी आदिको ऐक्यबद्धतासहित शान्तिवाटिकाबाट लाजिम्पाटस्थित बेलायती राजदुतावास अगाडिसम्म शान्तिपूर्ण पद यात्रा गरी त्यहाँ १ घण्टासम्म धर्ना दिइएको थियो । धर्नापछि बेलायती राजदुतवास मार्फत बेलायती प्रधानमन्त्रीलाई १६ बँुदे माग सहितको ध्यानाकर्षण पत्र बुझाइएको थियो ।


कार्यक्रममा बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बु, बिगेसो–सिंगापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तिले यो आन्दोलनबाट पनि आफ्ना मुद्दा र मागहरूहरूप्रति बेलायत सरकारले वेवास्ता गरेमा र यी मागहरू पुरा गर्न÷गराउन नेपाल सरकारले कुनै पहल नगरेमा भूतपूर्व गोर्खाका सम्पूर्ण परिवार लगायत मानव अधिकार तथा जातीय विभेद सम्बन्धी कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाहरू समेतको सहभागितामा सशक्त तथा जुझारु रुपमा देशव्यापी विरोध प्रदर्शनका कार्यक्रमहरू गर्ने जनाउनु भएको छ । त्यसबाट पनि मुद्दा र मागहरू सम्बोधन नभएमा मुद्दालाई जातीय विभेद तथा मानव अधिकार हनन्को मुद्दाको रूपमा जेनेभास्थित संयुक्त राष्ट्र संघको मानव अधिकार आयोग र कानुनी उपचारको लागि नेपालको सर्बोच्च अदालत तथा बेलायतको उच्च अदालतमा दर्ज गरिने समते बताउनु भयो ।