काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा नयाँ जनवादी क्रान्तिकाे कार्यभार पूरा गर्न र देशकाे स्वाधीनता बचाउन क्रान्तिकारी युवाहरु सशक्त रुपमा अघि बढ्नुपर्ने बताउनु भएकाे छ । क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को शुक्रबार काठमाडौंमा शुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव किरणले क्रान्ति पूरा भयो भनेर जनतालाई झुक्याउने काम भइरहेको बताउनु भयाे ।
उहाँले युवाहरुमा अध्ययनकाे कमी रहेकाे चर्चा गर्दै क्रान्तिकाे कार्यभार पूरा गर्नका निम्ति युवाहरुले अध्ययनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता आैल्याउनु भयाे । 
भेला सफलताकाे शुभकामना मन्तव्य राख्दै अन्य वक्ताहरुले एमसीसी पास गरेर अब पुनः स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आवद्ध गरी अमेरिकी सेनाको नेतृत्वमा नेपाली सेनालाई सुम्पिन खोजेको आरोप लगाए । र, एसपीपी खारेजीका लागि सशक्त रुपमा प्रतिराेध आन्दाेलन चर्काउनु पर्नेमा जाेड दिए ।
कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ एवम् अखिल नेपाल प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.जगदिशचन्द्र भण्डारी,  राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालका अध्यक्ष हुकुमबहादुर सिंह, अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) महासचिव धनेश्वर पोखरेल, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष विजयराज बज्राचार्य,  क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनी लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

युवा लिगको राष्ट्रिय भेलाले शुक्रबार नै बन्दसत्र सम्पन्न गरी नयाँ नीति र नेतृत्व चयन  गर्ने बताइएकाे छ । लिगका अध्यक्ष अमिर महर्जनकाे अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रकाे सञ्चालन महासचिव दिलबहादुर कठायतले गर्नु भएकाे थियाे ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर