कविता
(वाशुदेव शर्मा अधिकारी लमजुङ जिल्ला निवासी हुनुहुन्थ्यो । उहाँ लमजुङकै एक माविमा गणित शिक्षक र सम्भवतः माविको प्रअ हुनुहुन्थ्यो । उहाँलाई माओवादी कार्यकर्ताको आरोपमा २०५८ पुस १ गते गिरफ्तार गरेर सैनिक ब्यारेकमा लगियो । त्यहाँ उहाँलाई आततायी जल्लादहरूले अपनाउने यातनाका कुनै पनि कसर बाँकी नराखेर ११ दिनसम्म चरम यातना दिइयो । त्यसपछि मुद्दा चलाएर जेल चलान गरियो । जेलमा पनि प्रशासनले उपचारको व्यवस्था नगरी उहाँलाई त्यहीँ हत्या गरियो । यसरी चरम यातना बाट हत्या गरिनु भएका सहिद वाशुदेव अधिकारीले लेख्नुभएको ‘कुनचाहीँ धर्म कुनचाहीँ अधर्म’ नामक लामो काव्यको अन्तिम पङ्क्तिहरू यहाँ आज पनि उत्तिकै सान्दर्भिक लागेर प्रकाशित गरिएको । यो कृती कालजयी प्रकारको छ । – सं.)
शान्तिका दूत रे हामी, के ग¥यो शान्तिले त खै ?
शान्तिका नाममा धान्ने सारा शोषक यी अझै ?।
नहिंडी क्रान्तिको बाटो हुँदै हुन्न यहाँ अब
सामन्ती शान्तिले दिन्न जनता कन क्यै हक ।।
हामी मिल चलाएर कपडा बुन्दछौँ तर
हाम्रो शरीर नाङ्गो छ अरू के भन्न पर्छ र ?।
अन्न उब्जाउने सारा किसान भोकले रुँदै
आँसु बगाउँदै हिड्छन् के ग¥यो शान्तिले र खै ?।।
विदेशी ऋणले हाम्रो ढाड कचक्क भै सक्यो
कमारा तुल्य छौँ हामी तरमार्ने त को छ को ।
हाम्रा छाप्रा उदाङ्गै छन् कस्ले भन्छ कठै बरा
सम्झदा सब यी बात छाति चिरिन्छ चर्चर ।।
भोकले मर्न लागेको मान्छेको मूल्य खै यहाँ ?
कुहिँदो अन्नको हेरौँ मूल्य के छ बजारमा ।
मान्छे मरे मरोस् भैगो एक पैसा कतै पनि
मूल्यमा घट्न सक्दैन भन्छ चामलको धनी ।।
के यै हो धर्मको मर्म ? के यै हो शान्तिको पथ ?
सबै बाँचौँ, सबै बाँचौँ भन्दै थाप्ने अझै खत ?।
ब्वाँसा विपत्तिमा पर्दा देशमा शान्ति चाहियो ?
जनता चुसिँदा चाहीँ शान्तिले खै त के ग¥यो ?।।
शोस्ने शोषकले नित्य शोस्नु नै धर्म ठान्दछ
शोसिने मुक्तिको लागि लड्नु नै धर्म मान्दछ ।
यस्को अर्थ यही हुन्छ वर्ग सङ्घर्ष धर्म हो
धनी गरिबका माझ युगौँसम्म रहन्छ यो ।।
शोस्ने शोषकले खोज्छ आफ्नै धर्म लदाउन
हतियार लिई उठ्छ अरूलाई दबाउन ।
उत्पीडितहरू इच्छा गर्दछन् मुक्तिको यता
यसैले भिर्दछन् अस्त्रै आइपरेर बाध्यता ।।
बेला यो फेरिँदै जाँदा जाली शोषकले अरू
नयाँ नयाँ झिकी युक्ति लुट्दछन् निमुखाहरू ।
युग धर्म भनी ब्याख्या गर्दछन् स्वः हितार्थमा
जे भन्छन् ती त्यही थोत्रो जामा भिर्छन् यथार्थमा ।।
शोेस्ने शोषकले लिन्छ जस्तो दाउ लडाइँमा
त्यै हेरी मुक्तिकामीले चल्नु पर्दछ मार्गमा ।
त्यसैले शस्त्रका साथ शस्त्रै भिडाउँछन् गई
वाक्जाल काट्नको लागि व्याख्या गर्छन् सही सही ।।
विकास गर्नको लागि चाहिन्छ परिवर्तन
थोत्रा संस्कृतिको झ्याँग काट्नु पर्छ क्रमैसँग ।
यथास्थिति रहेसम्म आउँदैन नयाँ पन
यसैले युगले भन्छ ‘कम्युनिस्ट सबै बन’ ।।
झिकेर हौसला ठूलो गरौँ काम सबै मिली
हाम्र यी चेहरा हाँसुन् गाउँन् बनेर कोइली ।
हाम्रो उन्नतीको लागि हामी नै खट्नु पर्दछ
अर्काको भरमा खाने सोचाई त्याग्नु पर्दछ ।।
‘सर्वे भवन्तु सुखिन’ तब पो हुन सक्दछ
दुःख दरिद्रताबाट मान्छे उम्किन सक्दछ ।
अनि उठ्ने छ यै मान्छे यै धर्तीमा उँचा यति
इतिहास नयाँ बन्ला लेखौँ धेरै अरू अति ।।