निर्वाचन आयोगले अरबौ रूपैंया खर्चेर गरिएको कर्मकाण्डी चुनावमा उम्मेदवारहरूले करोडौं खर्च गरेर अनि हरेक हरकत, तिकडम अपनाएर नेताहरूको विजय र कार्यकर्ताहरूको विजय जुलुसले सार्थकता त्यतिवेला मात्र पाउने छ जव छोटो समयमा विकास र समृद्धि ल्याई देशको मुहार फेरिने छ र नागरिकका अन्योलपूर्ण, निरास, मलिन अनुहारहरू हँसिलो अनि खुसियालीमा बदलिने छन् 

जब महङ्गि, ठगी, कालाबजारी, भ्रष्टाचार, कमिसन जस्ता समस्याहरू सरकारले तुरून्त नियन्त्रणमा लिई जनजीविका सहज बन्दै जानेछ र सुशासनको आभाष हुन थाल्दछ । साथै देशमा विद्यमान स्थानिय, क्षेत्रिय, राष्ट्रिय र वैदेशिक समस्याहरू समाधान हुदै जानेछन् । 

पार्टी नेताहरू मिलेमतो, सेटिङ्ग, गठवन्धन, गुटवन्धि अनि ठुलो धन रासि खर्च गरी जित्ने, कार्यकर्ताहरू विजय जुलुसमा सधैं रमाउने तर देश भड्खालो तर्फ जाकिने र साधारण नेपाली नागरिक भने सधैं हार्ने, देश, नदीनाला, उद्योगहरू, महत्वपूर्ण खनिज पदार्थहरू, काठ, ढुङ्गा, गिट्टी, बालुवा, माटो, सरकारी जग्गा, राष्ट्रिय निकुन्ज, बन क्षेत्र वेचिने, अन्न, तरकारी, फलफूल, विलासिताका सामानहरू, नुन देखि सुन सम्म आयात गर्ने तर आफ्नो जग्गा जमीन बाँझो राख्ने र कृषियोग्य भूमीमा घर बनाउने, असि लाख उर्जाशील युवालाई विदेश धपाउने, दैनिक पाँच, छ लास बाकसमा प्याक भएर आउनु पर्ने नियति भोगिरहने ।

देशका प्रमुख राष्ट्रिय समस्याहरू निम्नानुसार उदृत गरिएको छ :

१) निशुल्क, गुणस्तरिय शिक्षा, स्वास्थ्य, उचित आवासको ब्यवस्था, 

२) नयाँ रोजगारका अवसरहरू सृजना, कर्मचारीलाई पुग्ने जति तलव प्रदान र उचित सामाजिक सुरक्षा,

३) दैनिक उपभोग्य सामानहरू उत्पादन तथा निर्यातमूखि उद्योगहरू स्थापना, 

४) क्षेत्र, बिषयगत विज्ञ, विशेषज्ञ, वैज्ञानिकद्वारा देशका समस्याहरूमा गहन अध्ययन, अनुसंधान, निष्कर्ष,

५) योजनाबध्द तथा ब्यवस्थित पूर्वाधार विकास, शहर विकास तथा निर्माण, 

६) वैदेशिक हस्तक्षेप नियन्त्रण, सिमा सुरक्षा, असमान संधि, संझौताहरू खारेजि, भाडाका सिपाही भर्ति केन्द्र बन्द, संतुलित वैदेशिक नीति अवलम्वन, 

७) आयातमूखि तथा परनिर्भर अर्थतन्त्रलाई निर्यातमूखि तथा आत्मानिर्भर अर्थतन्त्र विकास, भ्रष्टाचार नियन्त्रण, ब्यापार घाटा, वैदेशिक ऋणभारमा ब्यापक कटौति, प्रतिब्यक्ति आयमा वृध्दि, 

८) गरिवी नियन्त्रण, सुशासन, सवै प्रकारका विभेद, विकृति, विसंगति, कुप्रथा, कुचलन, कुरीति, अन्धविस्वास आदि निर्मूल अनि भाषा, कला, सुसंस्कृतिको जगेर्ना, 

९) भूउपयोग, भूब्यवस्थापन नीति तर्जुमा तथा कार्यान्वयन, चक्लाबन्धि नीति तर्जुमा, प्लटिङ्ग नियन्त्रण, वातावरण संरक्षण,

१०) माटो, हावापानी सुहाउदो ब्यवसायिक कृषि, जलस्रोत विकास, पर्यटन विकास तथा उद्योग कलकारखानाहरू स्थापनामा जोड ।

निष्कर्ष:

१) सरकार चलाउने, प्रतिपक्ष, अन्य पार्टीहरू र नागरिकले आ–आफ्नो काम, कर्तब्य, जिम्मेवारी र भूमिका निभाएकै हुनु पर्दछ । सरकार चलाई राजनीति गर्नेहरूले उपर्युक्त १० बूंदे समस्याहरू समाधानमा ध्यान दिनु आवास्यक छ भने प्रतिपक्ष, पार्टीहरू र नागरिकले अनुगमन, मुल्याङ्कन र निगरानी गर्नु पर्ने देखिन्छ । संचार, मिडियाले आस्थाका आधारमा नभई यथार्थ बाहिर ल्याई दिनु पर्दछ । देश र जनता प्रति गैर जिम्मेवार जो कोही सदस्यलाई प्रत्याआह्वान, शिक्षक, कर्मचारी भए पदबाट बर्खास्त, निलम्वन, निस्कासन गर्नु पर्ने हुन्छ र केहीलाई कसुर हेरी स्पष्टिकरण मागि चेतावनि दिनु पर्ने देखिन्छ अनि कालो सूचिमा राखिनु पर्दछ । सार्वभौंम नागरिकले देशका समस्याको बारेमा सरकारलाई सोध्ने हैसियत राख्दछन् । विदेशमा कठोर वातावरणमा श्रम गर्ने युवाले स्वदेशमा नै सरकारसंग रोजगार माग्न सक्दछन् ।

२) बेथिति, विकृति, विसंगति, भ्रष्टाचार, लापारबाही आदि बढ्नुमा राजनीतिलाई देश र जनताको हितमा गरिने सेवा नीति हो भन्ने बुझाईमा दरिद्रता हुनु, सुझबूझपूर्ण त्यसलाई लत्याई राजनीतिलाई विना योग्यता, विना लगानि कमाई गर्ने ब्यापारिक थलोको रूपमा सवै प्रमुख पार्टीहरू मिलेर विकास गर्नु, पेसा बनाउनु र राष्ट्रिय बजेट मिलीजुली वाडीचूंडि हात पार्नु र विकृत राजनीतिक प्रणाली देशमा विद्यमान हुनु हो । यसलाई कार्यान्वयन गर्न डन, माफिया, कालाबजारी ब्यापरिक घराना, विचौलिया, दलाल, देशद्रोहि, राष्ट्रघातिहरूको सुझाव तथा सहयोग लिनु । यो विकृत प्रणालीमा सक्षम, असल, देश र जनताका लागि केही गर्ने आकांक्षा लिएको ब्याक्ति उच्च पदमा मनोनयन भए पनि यात उसलाई काम गर्न दिईदैन वा त्यस्तै बनाईन्छ ।

३) देश र नागरिकप्रति अनउत्तरदायि, गैरजिम्मेवार हुनु, लापरवाही बढ्नुमा पार्टीले सरकार बनाउने र असक्षम पार्टीका कार्यकर्तालाई लेनदेन, भनसुनका आधारमा ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका त्यसमा पनि अदालत, संवैधानिक आयोगहरू, प्रशासनिक संयन्त्र, कूटनीतिक क्षेत्रमा नियुक्ति गरिने हुनाले चौतर्फि मिलेमतो, सेटिङ्ग, गठवन्धन, गुटवन्धि गरी सत्ता कब्जा गरेको देखिन्छ ।

४) दक्षिण तथा पश्चिममा दिक्षित कथित नेताहरू त्याहाको सरकार प्रमुखलाई खुसी पारे पछि सत्तामा पुगिन्छ, टिकिन्छ र आर्थिक सहायता पनि पाईन्छ भन्ने भित्री मनोविज्ञानले काम गरेकोले उनीहरूले नेपाली जनताका आवाज, विरोधलाई खासै चासो दिएको पाईदैन ।

५) फलस्वरूप नेपाल प्राकृतिक छटामा सुन्दर, प्राकृतिक संपदाले भरिपूर्ण, ईमान्दार, मिजासिला, मेहेनति, कर्मठ, उर्जाशिल युवा तथा शिक्षित जनशक्ति हुदाहुदै, भाषा, कला, संगित, धर्म, संस्कृतिमा धनी भएर पनि देश र जनता गरिव छन् अनि मगन्ते, भिख मगुवा देशमा परिणत गरिएको छ । धेरै भ्रष्टाचार गरिने मुलुक र असक्षम राष्ट्रमा परिणत गरिदै छ। वैदेशिक हस्तक्षेप बढ्दो छ । सिमा अतिक्रमित भईरहेको छ । देशको अस्मिता लुटिदै छ । हामी भने भोट हालिरहेका छौं र रमाई रहेका छौं ।

 

प्रतिक्रिया

सम्बन्धित खवर