ललितपुर । देशैभर स्थानीय निर्वाचन बहिस्कार आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले ललितपुरमा निर्वाचनको पूर्वसन्ध्यामा ‘प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं’ भन्दै मशाल जुलुस प्रदर्शन गरेको छ । मशाल जुलुस मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरिएको थियो । मशाल जुलुसको नेतृत्व क्रान्तिकारी माओवादीका पीवीएम पवनमान श्रेष्ठले गर्नुभएको थियो ।
मशाल जुलुसमा प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं, राष्ट्रघाती दलाल सरकार मुर्दावाद, नयाँ जनवादी गणतन्त्र जिन्दावाद लगायतका नाराहरु समेत लगाइएको थियो ।
यसैबीच, मसाल जुलुसको समापन गरेर फर्कदै गर्दा क्रान्तिकारी माओवादीका ललितपुर सेक्रेटरी श्याम केसीलाई गिरफ्तार गरेको जिल्ला इन्चार्ज कगेन्द्रले जानकारी दिनुभयो । सेक्रेटरी केसीको गिरफ्तारीको घोर विरोध गर्दै तत्काल रिहा गर्न उहाँले माग गर्नुभएको छ ।