काठमाडौं । देशैभर स्थानीय निर्वाचन बहिस्कार आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले काठमाडौं उपत्यकामा निर्वाचनको पूर्वसन्ध्यामा ‘प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं’ भन्दै विशाल मशाल जुलुस प्रदर्शन गरेको छ । मशाल जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
मशाल जुलुसमा हस्तक्षेप गरी प्रहरीले पार्टीका पीवीएम दिनेश शर्मा सागरसहित दर्जनौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्ने अन्य नेताहरुमा हरिकृष्ण गजुरेल, बसन्त बोगटी, शारदा महत, खगेन्द्र छन्त्याल, राम नेपाली, सुनिता बुढाथोकी, ढोगप्रसाद अधिकारी, सुरेश तामाङ, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, रामभक्त आचार्य, टिका परेल, अब्दुल सलाम लगायत रहेको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो । उहाँहरुलाई प्रहरी कार्यालय दरबारमार्गमा राखिएको छ ।