काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक कमरेड कञ्चनलाई देउवा नेतृत्वको गठबन्धन सरकारले पोखराबाट आफ्नो घर बाँकेतर्फ जाँदै गर्दा आज दाङ् जिल्लाको भालुवाङ्बाट गरेको गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी)ले एक प्रेस वक्तव्य निकाले भोर विरोध र तीव्र भत्र्सना गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा कमरेड कञ्चनको गिरफ्तारीलाई शान्तिपूर्ण रुपमा देशभरि आवत जावत गर्न पाउने आम नागरिकको नैसर्गिक अधिकारमाथिको ठाडो हस्तक्षेपको रुपमा लिदैं यस प्रकारको फासीवादी कदमको घोर विरोध र तीव्र भत्र्सना गरिएको छ ।

हार्दिक शुभकामना !

वक्तव्यमा गिरफ्तार गरिनु भएका संयोजक कमरेड कञ्चनलाई विनासर्त एवम् अविलम्ब रिहा गर्न सरकारसित जोडदार माग गर्दै सरकारको यस्तो लोकतन्त्र विरोधी हर्कतका विरुद्धमा आवाज उठाउन सच्चा लोकतन्त्रवादी तथा वामपन्थी पार्टी, सङ्गठन एवम् व्यक्तित्वहरुमा हार्दिक अपिल समते गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर