क. रामसेवकलाई अन्तिम श्रद्धान्जली

क. रामसेवकलाई अन्तिम श्रद्धान्जली

बैशाख २४ सिराहा ।
नेकपा(क्रान्तिकारी माओवादी) का प्रदेश सदस्य क. रामसेवक राम को यही बैशाख ११ गते राती असामयिक निधन भएको छ ।
नेकपा(क्रान्तिकारी माओवादी) का प्रदेश सदस्य क. रामसेवक राम एक जना क्रान्तिकारी, इमान्दार, निष्ठावान लगनशील विचार, सिद्धान्तमा दृढ हुनुहुन्थ्यो । उहाँको यो अल्पआयु मै भएको असामयकि निधनले पार्टीलाई अपूर्णनीय क्षेती भएको छ । तराइको एक दलित समूदायको एक जना कर्मठ नेताको मृत्युले समग्र मुक्तिकामी दलीत वर्गका लागि र स्वयम् पार्टीलाई ठूलो क्षेती भएको छ ।


जनयुद्धकालदेखि नै निरन्तर क्रान्तिप्रति लागीरहनु भएका क. रामसेवकलाई अन्तिम श्रद्धान्जली दिन पार्टीका जिल्ला सेक्रटरी शम्भु, पार्टीका के.स. सञ्जय सिंह, के.स. रामनाराण, प्रदेश सदस्य राजदेव, गुरु, जितेन्द्रलगायतका अन्य पार्टीका कार्यकर्ता तथा उहाँका नातेदार र शुभेच्छुकहरुको उपस्थिति थियो ।