काठमान्डौका गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाहरुमा नेकपा(क्रान्तिकारी माओवादी) को स्थानीय निर्वाचन बहिष्कार अभियान सफलतापूर्वक सम्पन्न

काठमान्डौका गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाहरुमा नेकपा(क्रान्तिकारी माओवादी) को स्थानीय निर्वाचन बहिष्कार अभियान सफलतापूर्वक सम्पन्न

बैशाख २० काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवादी) को स्थानीय निर्वाचन बहिष्कार सम्वन्धी अभियानका कार्यक्रमहरु काठमान्डौका गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाहरुमा सफलता पूर्वक सम्पन्न भएका छन् ।

बैशाख ५ देखि २० गतेसम्म करीव एक हप्ते कार्यक्रममा गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाहरुका विभिन्न वडाहरुमा पोष्टर टास्ने, पर्चा, पम्ल्पेट वितरण गर्ने, भित्ते लेखन, कोणसभाहरु सम्पन्न भएका जानकारी अभियान टिमका सहसंयोजक ढोगप्रसाद अधिकारीले दिनु भयो ।


ती सबै दिनहरुमा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य फूर्नाम्गेलको नेतृत्वमा कार्यक्रमहरु सम्पन्न गरिएका थिए । कोणसभाहरुको बक्तामा फूर्नाम्गेल र संचालन ढोगप्रसाद अधिकारीले गर्नु भएको थियो ।


कार्यक्रमहरुको दौरानमा तीनवटै नगरपालिकाहरुमा एक एकवटा भित्ते लेखन पनि गरिएका र कोणसभाहरु संचालन गरिएका थिए ।
बैशाख २० गतेको शाँखुको कार्यक्रममा प्रहरी हस्तक्षेप भएको र प्रहरीले जवर्जस्ती व्यानर र झण्डा खोस्ने आदि काम गरेको थियो । तै पनि कार्यक्रम सफलतापूर्वक सम्पनन गरिएको जानकारी प्राप्त भएको छ ।