सिन्धुली जिल्लाको मरिन गाउँपालिकाका सातै वडामा स्थानीय चुनाव बहिष्कार अभियान संचालन भइरहेको

सिन्धुली जिल्लाको मरिन गाउँपालिकाका सातै वडामा स्थानीय चुनाव बहिष्कार अभियान संचालन भइरहेको

 

२० बैशाख सिन्धुली ।
सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको छाप,मैसत्ता र शान बजारमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा स्थानीय चुनाव बहिष्कार अभियान दलको नेतृत्व गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला पार्टी ईन्चार्ज जिवनले स्थानीय चुनाव बहिष्कारको पर्चा वितरण र पोष्टर टाँस्ने ब्यानर टाङ्ने कार्य भैरहेको कुरा जानकारी गराउनु भयो ।


सो अभियानमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटा, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ जिल्ला अध्यक्ष बुद्धि बि क र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला समिति उपाध्यक्ष गोरखबहादुर बुढाथोकी सहित स्थानीय कार्यकर्ताहरु सो अभियानमा सहभागी भैरहेको र सातै वडामा जाने कुरा जीवनले जानकारी दिनुभयो ।