नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको जिल्ला सचिवालयको बैठकले स्थानीय निर्वाचन बहिष्कार अभियानलाई शसक्त बनाउने निर्णय लिएको छ । मंगलवार बर्दघाटमा बसेको जिल्ला सचिवालयको बैठकले चुनाव बहिष्कार आन्दोलनलाई शसक्त बनाउने निर्णय लिएको कार्यबहाक सेक्रेटरी समरले जानकारी दिनुभयो । बैठकमा यसबीच भएको कथित स्थानीय निर्वाचन बहिष्कारका कार्यक्रमको समिक्षा गर्दा आन्दोलन शसक्त भएको निष्र्कष निकालिएको कार्यबहाक सेक्रेटरी समरको भनाई छ ।
पहिलो चरणमा प्रहरीले आन्दोलनलाई धरपकड गर्दा जनतामा त्यसको ब्यापक प्रचार भएको भन्दै क्रान्तिकारी माओवादीले जिल्लाको सबै स्थानीय तहमा भएका बहिष्कारको कोणसभाले जनतामा विचार प्रवाह भएको जनाउदै आन्दोलनलाई थप शसक्त बनाउने निर्णय गरेको हो ।
बैठक कावा सेक्रेटरी समरको अध्यक्षता केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पको प्रमुख आतिथ्यतामा भएको थियो ।

file photo

कार्यक्रममा जिल्ला सचिवालय सदस्य बिबेक, क्रान्ति, न्युक्लियसलगायतले रिर्पोर्टिङ तथा धारणा राख्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर