२१ बैशाख ललितपुर ।
अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघ ललितपुरको बैठक ललितपुर ग्वार्कोमा बस्यो । उक्त बैठकले ललितपुरमा निर्वाचन बहिष्कार अभियानलाई तीब्ररुपले सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियान सञ्चालानका लागि दिनेश थापाको नेतृत्वमा एउटा कार्यदल गठन गरेको छ, र उक्त कार्यदलले बैशाख र जेठ महिनाभर महासंघका विभिन्न घटकहरुको भेला तथा सम्मेलन सम्पन्न गर्ने र जेठमहिनाको अन्त्यसम्ममा जिल्ला सम्मेलन गर्ने निर्णय गरयो ।
उक्त बैठकमा जिल्ला पार्टी सेक्रेटरी श्याम केसी, पार्टी केस इन्दीरा अधिकारी र महासंघ केस उद्व गुरुङलगायत अन्य साथीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर