१९ बैशाख सुर्खेत ।
नेकपा (क्रान्तिकारी माओवादी ) कर्णाली प्रदेशको अभियान प्रदेश सदरमुकाम सुर्खेत जिल्लाको विरेन्द्रनगरमा पुग्यो । पार्टीको पर्चाहरु बाड्दै पम्प्लेट टास्दै माईकिङद्वारा बहिस्कारको सन्देश दिदै आज विहान सदरमुकामको एरीचोकमा कोणसभा भयो ।
उक्त कोणसभा सन्चालन जाजरकोट जिल्लाका पार्टी सचिव राजनले गर्नु भएको थियो । कोणसभा सभालाई सम्बोधन गर्दै सुर्खेत जिल्ला पार्टी सचिव श्याम कार्कीले घरेलुु प्रतिक्रियावादीहरु बिदेशीको लागानीमा देश लुट्ने लाईसेन्स नवीकरण गर्दैगरेको यो अवस्थामा जनतालाई सचेत गराउने र नयाँ जनवादी व्यवस्था स्थापना गर्ने पार्टीको महान लक्ष्यका बारेमा सुसूचित गर्ने अभियानको उदेश्य रहेको कुरा बताए ।
त्यसैगरी कर्णाली प्रदेश सचिव दिपक बहादुर शाहीले देशदौडाहामा लागिरहेका बिदेशी दलालहरुलाई खबरदारी गर्दै चुनाव गरेर देशलाई अझै ऋणमा डुबाउने र आफ्नो लुट्को स्वर्ग बचाउन आतुर रहेको कुरा अवगत गराए ।





























