काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस)को अवसर पारेर विश्वका विभिन्न देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षरत १३ वटा ‘माओवादी’ पार्टीहरुले संयुक्त रुपमा घोषणा गर्दै भनेका छन्, ‘विश्व सर्वहारा वर्ग तथा माक्र्सवादी–लेनिनवादी–माओवादी शक्तिहरूको तत्कालको कार्यभार भनेको अन्तर्राष्ट्रिय स्तरमा विकास हुँदै गएको क्रान्तिकारी परिस्थितिलाई सदुपयोग गर्नु, विनाशकारी साम्राज्यवादलाई ध्वस्त पार्नु र युद्ध नै नहुने समाजवादको स्थापना गर्नु हो ।’

भारत कम्युनिस्ट पार्टी (माओवादी), टर्की कम्युनिस्ट पार्टी–माक्र्सवादी–लेनिनवादी, फिलिपिन्स कम्युनिस्ट पार्टी, ग्यालिसिया कम्युनिस्ट पार्टी निर्माण कमिटी, माओवादी कम्युनिस्ट पार्टी — इटली, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी, अफगानिस्तान कम्युनिस्ट (माओवादी) पाटी — शोला जाविद, एल काडेहान्स पार्टी — ट्युनिसिया, माओवादी क्रान्तिकारी लिग — श्री लङ्का, नर्वे क्रान्तिकारी कम्युनिस्ट्स (आरके), क्रान्तिकारी कलेक्टिभ वेलायत (पुरानो आरभिएम) र इरान लाल पथ माओवादी समूहले संयुक्त रुपमा यस्तो घोषणा गरेका हुन् ।

हार्दिक शुभकामना !

घोषणा पत्रमा भनिएको छ, “मई दिवस विश्व सर्वहारा वर्गले आफ्नो सङ्घर्षको सङ्कल्प गर्ने दिन हो । स्वतन्त्रता, स्वाधीनता, समानता र सार्वभौमसत्ताको लागि आफ्नो शक्ति सन्तुलनको मूल्याङ्कन गर्ने र अथक एवम् थप दृढताका साथ लड्न आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने दिन हो । यस दिनमा सर्वहारा वर्गले आफ्नो देशमा सर्वहारा क्रान्ति र विश्व समाजवादी क्रान्ति सफल पार्ने प्रतिज्ञा गर्दछ । मई दिवसको अवसरमा साम्राज्यवाद विरुद्ध अथक लडिरहेको विश्व सर्वहारा वर्गलाई लाल सलाम अर्पण गर्दछौं ।”


साम्राज्यवादले अवलम्बन गर्दैआएको विनाशकारी नीतिका कारण अन्तर्राष्ट्रिय र घरेलु आधारभूत अन्तरविरोधहरू चर्किंदै गएको विश्लेषण गर्दैै तीन खाले अन्तरविरोधहरुको उल्लेख गरिएको छ । साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तरविरोध, साम्राज्यवादी देशहरूमा पुँजीपति र सर्वहारावर्गका बीचको अन्तरविरोध, साम्राज्यवादी देशहरूका बीचको अन्तर्विरोधको विश्लेषण गरिएको छ र घोषणा पत्रको अन्तमा आव्हान गरिएको छ, “समाजवादी, नयाँ जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई आफ्नो मुक्तिको दिशामा एकताबद्ध नेतृत्व प्रदान गर्न हालका दिनमा विश्वका अग्रदस्ता समुह तथा सङ्गठनहरूले वर्तमान मेहनती जनताको मागलाई लिएर क्रमशः सुदृढ हुँदै गएका छन् । यिनहरुका बीचमा एकता र ऐक्यबद्धता विकास हुँदैछ । केही माओवादी सङ्गठनहरू अन्तर्राष्ट्रिय फोरम निर्माणको आवश्यकतामा सहमत हुनु र यस दिशामा तत्काल कदम चाल्न अनुरोध गर्नु स्वागतयोग्य घटना हो । यसले विश्व सर्वहारा वर्गको विकास हुँदै गएको आत्मगत शक्तिलाई सङ्केत गर्छ । यसका आधारमा सामान्यत विश्वमा र विशेषगरी युक्रेनमा शान्ति स्थापना गर्नका लागि साम्राज्यवादीहरुका सबै प्रकारका आक्रमण तथा युद्धका विरुद्ध लड्न र साम्राज्यवाद विरोधी सङ्घर्षमा एकताबद्ध नेतृत्व उपलब्ध गराउनका लागि विशेष योजनासहित अन्तर्राष्ट्रिय संयुक्त फोरम स्थापना गर्ने प्रयास गरौं ।’

यस्तो छ संयुक्त घोषणा पत्र

मई दिवसको अवसरमा संयुक्त घोषणा : रातो मई दिवस — जिन्दावाद !

विश्व सर्वहारा वर्ग तथा माक्र्सवादी–लेनिनवादी–माओवादी शक्तिहरूको तत्कालको कार्यभार भनेको अन्तर्राष्ट्रिय स्तरमा विकास हुँदै गएको क्रान्तिकारी परिस्थितिलाई सदुपयोग गर्नु, विनाशकारी साम्राज्यवादलाई ध्वस्त पार्नु र युद्ध नै नहुने समाजवादको स्थापना गर्नु हो ।

मई दिवस विश्व सर्वहारा वर्गले आफ्नो सङ्घर्षको सङ्कल्प गर्ने दिन हो । स्वतन्त्रता, स्वाधीनता, समानता र सार्वभौमसत्ताको लागि आफ्नो शक्ति सन्तुलनको मूल्याङ्कन गर्ने र अथक एवम् थप दृढताका साथ लड्न आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने दिन हो । यस दिनमा सर्वहारा वर्गले आफ्नो देशमा सर्वहारा क्रान्ति र विश्व समाजवादी क्रान्ति सफल पार्ने प्रतिज्ञा गर्दछ । मई दिवसको अवसरमा साम्राज्यवाद विरुद्ध अथक लडिरहेको विश्व सर्वहारा वर्गलाई लाल सलाम अर्पण गर्दछौं ।

विश्व, वातावरण र जनतालाई ध्वस्त पार्नु साम्राज्यवादको चरित्र हो । यो निरन्तरताको विनाशमा मात्र जीवित रहन्छ । साम्राज्यवादकै कारण विनाशकारी कोरोनाको सिर्जना भएको हो, यसले आफ्नो आर्थिक तथा वित्तीय सङ्कटलाई टार्न भूमण्डलीकरणको नीतिको अंशको रूपमा अर्थतन्त्रको पुनर्संरचना गरिरहेको छ सम्पूर्ण भार जनतामा थोपरिरहेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका पिछडिएका देशका दलाल नोकरशाही पुँजीपति वर्ग र ठुला जमिन्दार वर्गसँग मिलेर साम्राज्यवादले जबर्जस्ती असमान सम्झौताहरू गरी पुँजी र प्रविधिको नाममा प्राकृतिक स्रोतसाधन, सस्तो श्रमशक्ति र बजार अन्धाधुन्ध लुटिरहेको छ । तर, यसले सङ्कटबाट मुक्ति पाउन सकेको छैन । मन्दी, मुद्रास्फीति र बेरोजगारी तीव्र भएका छन् । शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण जनजीवन सङ्कटमा छ र जनता चरम अप्ठ्यारोमा परेका छन् । धनी र गरिबका बीचको असमानता बढ्दै गएको छ । युद्धनिर्भर अर्थतन्त्र भएको अमेरिकाले अति मुनाफा कमाउनका लागि संसारका कुना–कुनामा अनेकौं युद्धहरु भड्काइरहेको छ र हतियार बेचिरहेको छ । जीवन डरलाग्दो भएको छ र मानिसहरूले विद्रोह गरिरहेका छन् । साम्राज्यवादले ती विद्रोहलाई दबाउन फासीवादी शक्तिहरूलाई उचालिरहेको छ । साम्राज्यवादले अवलम्बन गर्दैआएको विनाशकारी नीतिका कारण अन्तर्राष्ट्रिय र घरेलु आधारभूत अन्तरविरोधहरू चर्किंदै गएका छन् र यसरी क्रान्तिकारी परिस्थितिको विकास हुँदै छ ।

साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तरविरोध
कतिपय पिछडिएका देशका जनताहरु साम्राज्यवादी भूमण्डलीकरण र रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधा नदिने र मूल्यवृद्धि गराउने सरकारका विरुद्ध साहसपूर्वक लडिरहेका छन् । उत्पीडित जातिहरु आफूमाथिको दमनका विरुद्ध लडिरहेका छन् । विगत २० वर्षदेखि अफगानिस्तानमा दमन गर्दै आएको अमेरिकी सेनाको फिर्ती गत वर्षका महत्वपूर्ण घटनाहरूमध्ये एक हो । १९७५ मा भियतनाममा जस्तै सन् २०२१ मा अफगानिस्तानमा अमेरिकाले पराजयको सामना गरेको छ । जनताहरु दृढ सङ्कल्पका साथ लडछन् भने आधुनिक साम्राज्यवादी सेनाहरू आफ्नो झिटिझाम्टो बोकेर हिँड्न बाध्य हुन्छन् भन्ने कुरा यी घटनाक्रमले देखाउँछन् । उदाहरणका लागि भारतमा ब्राह्मण हिन्दुत्ववादी मोदी सरकारको नवउदारवादी, कर्पोरेट प्रायोजित नीतिका विरुद्ध विभिन्न उत्पीडित वर्ग, क्षेत्र र उत्पीडित जातिका जुझारु सङ्घर्षहरू चलिरहेका छन् । श्रम कानूनको सट्टा ल्याइएका चारओटा संहिताहरु र निजीकरण, मनपरि ठेक्का प्रणाली, कृत्रिम प्रज्ञा, श्रमघण्टाको बृद्धि, ज्याला कटौती, कामको दयनीय अवस्था तथा सुविधा कटौतीका विरुद्ध र न्यूनतम पारिश्रमिक तथा रोजगारीको ग्यारेन्टीका लागि संयुक्त सङ्घर्ष गरिरहेका छन् । किसान सङ्गठनहरूको व्यापक समर्थनमा ट्रेड युनियनहरूले मार्च २८–२९ मा गरेको देशव्यापी हडतालको अभूतपूर्व सफलताले मजदुर किसान एकताको सङ्केत गर्दछ ।

साम्राज्यवादी देशहरूमा पुँजीपति र सर्वहारावर्गका बीचको अन्तरविरोध
साम्राज्यवादले आफ्नो सङ्कट टार्न सर्वहारा वर्ग र मध्यम वर्गको शोषण गरिरहेको छ । यसले कृत्रिम प्रज्ञाको प्रविधि प्रयोग गरेर स्थायी रोजगारी र कल्याणकारी कार्यक्रमहरूको कटौती गरिरहेको छ । यसले जनतामा चरम करको भारी बोकाइ रहेको छ । कोभिडका कारण लगाइएको प्रतिबन्ध, जागिरको खारेजी, श्रम घण्टामा बृद्धि, ज्याला कटौती र मूल्यवृद्धिले सर्वहारा वर्ग, कर्मचारी, विद्यार्थी तथा वातावरणीय अभियन्ताहरुलाई विभिन्न देशमा ठुलाठुला आन्दोलन र हड्ताल तर्फ धकेलिरहेका छन् । मजदुरहरुका प्रदर्शनले विभिन्न देशमा जुझारु रुप लिइरहेको छ ।

साम्राज्यवादी देशहरूका बीचको अन्तर्विरोध
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले अमेरिकाको गिर्दो विश्व प्रभुत्वलाई कायम राख्न अत्यन्त आक्रामक निर्णयहरू लिइरहेका छन् र तिनको कार्यान्वयन गरिरहेका छन् । अमेरिकाले साम्राज्यवादी दावेदारको रूपमा उभिएका रुस एवम् चीनलाई नियन्त्रण गर्न नेटो र जी–७ देशहरुको आधिपत्य जोगाएको छ, ‘क्वाड’ लाई बलियो बनाएको छ र ‘ओकस’ गठन गरेको छ । तर युरोप भने अमेरिकासँग सहकार्य गर्ने अवस्थामा छैन । जर्मनी र फ्रान्स रूसबाट आयात हुने तेल र ग्यासमा निर्भर छन् । अर्कोतर्फ, ताइवानको मामिलामा हस्तक्षेप गर्दै, ताइवान सागरको पानीमा चीन र अमेरिकाको प्रतिस्पर्धि सैन्य अभ्यास झन् खतरनाक बन्दै गएको छ । रुस र चीनले सैन्य सहयोगका लागि सम्झौता गरेका छन् । शीतयुद्धको अन्त्य पछि साम्राज्यवादी देशहरूका बीचको तनाव र द्वन्द्व अभूतपूर्व रुपमा तीव्र हुन पुगेको छ । यही प्रक्रियामा रुस युक्रेनमाथि अतिक्रमणको युद्धमा होमिएको छ । अमेरिकाले रुससँग गरेको वाचा तोडेर नेटोको विस्तार ग¥यो, बलजफ्ति वा प्रलोभनमा पारेर ३० ओटा देशलाई त्यसको हिस्सा बनायो, युरोपको तेस्रो ठुलो सैन्य शक्ति रहेको युक्रेनलाई नेटोमा ल्याउने घोषणा ग¥यो, युक्रेनसँग संयुक्त सैन्य अभ्यास ग¥यो, युक्रेनको पक्षमा सैन्य शक्ति, सैन्य जहाजहरु र क्षेप्याश्त्रहरु तैनाथ ग¥यो, यो स्थितिमा रुसले डेढलाख सेना युक्रेनको सीमा क्षेत्रमा तैनाथ ग¥यो, फलतः साम्राज्यवादी अन्तरविरोध विष्फोट भयो र रुस युक्रेनमाथिको सैन्य आक्रमणमा उत्रियो । विगत दुई महिनादेखि युक्रेनमा विनाशकारी युद्ध चलिरहेको छ । रुस–युक्रेनबीच अप्रिल १२ मा भएको वार्ता असफल भयो । युद्धले थप विनाश निम्त्याउने निश्चित छ । यसले जनतालाई असहनीय उत्पीडन र सङ्कटमा धकेल्नेछ । विश्व सर्वहारा वर्ग र अन्य उत्पीडित वर्ग तथा उत्पीडित जातिहरु साम्राज्यवादी देशका आर्थिक एवम् आधिपत्यवादी स्वार्थको खेलमा पीडित छन् । तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको छ ।


युक्रेनमाथि रुसी अतिक्रमणको रुपमा भड्किएको युद्ध साम्राज्यवादी युद्ध हो । युक्रेन अमेरिकाको हातको चारा हो । हामी मजदुर, किसान, मध्यमवर्ग र अन्य उत्पीडित वर्ग तथा उत्पीडित जातिहरुलाई युद्धको भत्र्सना गर्न आह्वान गर्दछौं । हामी विश्वका सर्वहारा वर्ग, उत्पीडित वर्ग तथा उत्पीडित जातिलाई कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सका ‘श्रमजीवी वर्गको आफ्नो भन्ने कुनै देश हुँदैन’, ‘सबै ठाउँका कम्युनिस्टहरुले विद्यमान (पुँजीवादी) सामाजिक राजनीतिक प्रणालीका विरुद्ध चलेका सबै क्रान्तिकारी आन्दोलनको समर्थन गर्छन्’, ‘सबै देशका कम्युनिस्टहरु एक होऊ ’, र लेनिनका ‘प्रबुद्ध सर्वहारा वर्गले कुनै पनि साम्राज्यवादी व्वाँसाको समर्थन गर्दैन’ र ‘युद्धमा कुनै पनि साम्राज्यवादी देशको पनि लिँदैन’ भन्ने शिक्षालाई पक्रिन आहृवान गर्दछौं । अमेरिकाको नेतृत्वमा रहेको नेटोलाई भङ्ग गराउन, युक्रेनलाई बलिको बोका बनाई आफ्नो गिर्दो विश्व आधिपत्य जोगाउनका लागि अमेरिकाले चलाएको विध्वंशकारी कार्वाहीका विरुद्ध लड्न, जन आकाङ्क्षा अनुसार अविलम्ब र विना शर्त रुसले युद्ध रोक्न र सेना फिर्ता गराउन माग राख्दै विश्वभरिका जनताले जुुझारु सङ्घर्ष गरिरहेका छन् । क्रान्तिकारी परिस्थिति विकास हुँदै छ । त्यसको सदुपयोग गर्नु र साम्राज्यवाद विरोधी सङ्घर्र्षलाई चर्काउनु विश्व सर्वहारा वर्गको कार्यभार हो । यसले पुटिन सरकारमाथि दबाब दिनेछ । यदि रूस आणविक युद्धमा संलग्न भयो र तेस्रो विश्वयुद्ध सुरु ग¥यो भने, १९१७ मा कमरेड लेनिन तथा स्टालिनको नेतृत्वमा रुसी सर्वहारा वर्गले सम्पूर्ण उत्पीडित वर्ग तथा जातिहरुले चलाएको अक्टोबर क्रान्तिको सफलताको अनुभवबाट सिक्नुपर्छ र पहिलो विश्वयुद्धलाई गृहयुद्धमा परिणत गरेको विरासतलाई कायम राख्दै रुसी सर्वहारा वर्गले पुटिन सरकारलाई सत्ताच्युत गर्नुपर्छ । त्यसले सर्वहारा वर्गको नेतृत्वमा नयाँ र उच्च स्तरको समाजवादी सरकार स्थापना गर्नुपर्छ । सर्वहारा वर्गको नेतृत्वमा अमेरिका र युरोपेली देशका सर्वहारा तथा उत्पीडित जनताले युक्रेनलाई उक्साउने काम रोक्न माग गर्दै जुुझारु आन्दोलन चलाउनुपर्छ । यदि ग्क्–ल्ब्त्इ गठबन्धन तेस्रो विश्वयुद्धमा संलग्न हुन गयो भने, त्यसलाई गृहयुद्धमा बदल्नु पर्छ ।

त्यसैगरी नयाँ सामाजिक–साम्राज्यवादी शक्ति चीनका सर्वहारा वर्गले त्यहाँका शासक वर्गलाई पाठ सिकाउनै पर्छ । हामी विश्व सर्वहारा वर्ग र उत्पीडित जनतालाई मानवीय दृष्टिकोणका आधारमा शरणार्थीको रूपमा अन्य क्षेत्रतिर भागेका युक्रेनका मानिसहरूलाई बचाउन अपील गर्दछौँ । युक्रेनका सर्वहारा वर्ग र उत्पीडित जनताले आफ्नो देशलाई नेटो–पक्षीय देश विशेष गरी अमेरिकी साम्राज्यवादको पिछलग्गु देशमा परिणत गर्ने जेलेन्स्की सरकारको अमेरिकी–ईयू समर्थक साम्राज्यवादी नीतिको विरोध तथा निन्दा गर्नुपर्छ । तिनीहरूले आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो राष्ट्रको अस्तित्वको रक्षा गर्न साम्राज्यवादीहरूले थोपरेको युद्धलाई गृहयुद्धमा परिणत गर्नुपर्छ । युक्रेनका उत्पीडित जनताले सर्वहारा वर्गको नेतृत्वमा सबै प्रकारका साम्राज्यवादका विरुद्ध लड्नु पर्छ र सार्वभौमसत्ता प्राप्त गर्नुपर्दछ । डोनबास क्षेत्रमा पर्ने डोनेट्स्क र लुहान्स्क गणतन्त्रका उत्पीडित जाति तथा जनताले रूसी साम्राज्यवादमा भर परेर होइन, सर्वहारा वर्गको नेतृत्वमा आफ्नै शक्तिमा भर परेर आफ्नो भविष्य आफ्नै हातमा लिनुपर्छ । उत्पीडित देशका जनताले साम्राज्यवादी देशसँग दलाल सरकारहरूले गरेका सैन्य सम्झौता लगायतका सबै किसिमका सन्धि–सम्झौता खारेज गर्न लड्नुपर्छ । विश्व सर्वहारा वर्ग र माक्र्सवादी–लेनिनवादी–माओवादी शक्तिहरूका लागि साम्राज्यवादी शोषण तथा उत्पीडनबाट मुक्ति प्राप्त गर्ने र विश्व शान्ति स्थापना गर्ने एउटै उपाय र तत्कालीन कार्यभार भनेको यस धर्तीबाट साम्राज्यवादलाई जरैबाट उखेल्नु र कुनै प्रकारको युद्ध नहुने समाजवादको स्थापना गर्नु हो ।

यो कार्य पूरा गर्नका लागि वर्तमान ठोस परिस्थिति अनुसार उपयुक्त अन्तर्राष्ट्रिय क्रान्तिकारी सर्वहारा सङ्गठन स्थापना गर्न आवश्यक छ । समाजवादी, नयाँ जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई आफ्नो मुक्तिको दिशामा एकताबद्ध नेतृत्व प्रदान गर्न हालका दिनमा विश्वका अग्रदस्ता समुह तथा सङ्गठनहरूले वर्तमान मेहनती जनताको मागलाई लिएर क्रमशः सुदृढ हुँदै गएका छन् । यिनहरुका बीचमा एकता र ऐक्यबद्धता विकास हुँदैछ । केही माओवादी सङ्गठनहरू अन्तर्राष्ट्रिय फोरम निर्माणको आवश्यकतामा सहमत हुनु र यस दिशामा तत्काल कदम चाल्न अनुरोध गर्नु स्वागतयोग्य घटना हो । यसले विश्व सर्वहारा वर्गको विकास हुँदै गएको आत्मगत शक्तिलाई सङ्केत गर्छ । यसका आधारमा सामान्यत विश्वमा र विशेषगरी युक्रेनमा शान्ति स्थापना गर्नका लागि साम्राज्यवादीहरुका सबै प्रकारका आक्रमण तथा युद्धका विरुद्ध लड्न र साम्राज्यवाद विरोधी सङ्घर्षमा एकताबद्ध नेतृत्व उपलब्ध गराउनका लागि विशेष योजनासहित अन्तर्राष्ट्रिय संयुक्त फोरम स्थापना गर्ने प्रयास गरौं ।

विश्व समाजवादी क्रान्तिलाई अगाडि बढाऔं !
यस दिशामा अझै एकजुट भएर लागौं !

हस्ताक्षरकर्ता पार्टीहरु :
भारत कम्युनिस्ट पार्टी (माओवादी)
टर्की कम्युनिस्ट पार्टी=माक्र्सवादी–लेनिनवादी
फिलिपिन्स कम्युनिस्ट पार्टी
ग्यालिसिया कम्युनिस्ट पार्टी निर्माण कमिटी
माओवादी कम्युनिस्ट पार्टी — इटली
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी
अफगानिस्तान कम्युनिस्ट (माओवादी) पाटी — शोला जाविद
एल काडेहान्स पार्टी — ट्युनिसिया
माओवादी क्रान्तिकारी लिग — श्री लङ्का
नर्वे क्रान्तिकारी कम्युनिस्ट्स (आरके)
क्रान्तिकारी कलेक्टिभ वेलायत (पुरानो आरभिएम)
इरान लाल पथ माओवादी समूह
मई १, २०२२

प्रतिक्रिया

सम्बन्धित खवर