तुलसीपुरको बसपार्कसहित दाङका दर्जनौं स्थानमा निर्वाचन बहिस्कार कोणसभा सम्पन्न

तुलसीपुरको बसपार्कसहित दाङका दर्जनौं स्थानमा निर्वाचन बहिस्कार कोणसभा सम्पन्न

दाङ । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर निर्वाचन बहिस्कार आन्दोलन सञ्चालन गरिरहेको छ । बैशाख ३० को स्थानीय निर्वाचन निजिकिदै गर्दा क्रान्तिकारी माओवादीले देशव्यापी रुपमा निर्वाचन बहिस्कार आन्दोलनका कार्यक्रमलाई तीव्रता दिइरेको छ । निर्वाचन बहिस्कार आन्दोलन अन्तर्गत कोणसभा, पर्चा वितरण, पम्प्लेटिङ, पोस्टरिङ, मशाल जुलुस लगायतका कार्यक्रमहरु भइरहेका छन् । दाङ जिल्लामा पनि बहिस्कार आन्दोलनका कार्यक्रमलाई क्रान्तिकारी माओवादीले तीव्र पारेको छ । गाउँ नगर बस्तीहरुमा कोणसभा लगायतका कार्यक्रमहरु भइरहेका छन् ।


प्राप्त जानकारी अनुसार शुक्रबार तुलसीपुरको बसपार्कमा कोण सभा सम्पन्न भएको छ । यहाँको कोणसभालाई पार्टीका पीवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन भने क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायतले गर्नुभएको थियो ।

यसअघि तुलसीपुर विजौरी बजारमा सम्पन्न भएको कोण सभालाई पनि सक्रेटरी न्यौपानेले नै सम्बोधन गर्नुभएको थियो भने कोणसभाको सञ्चालन महासचिव कठायतले नै गुर्नभएको थियो ।

त्यसैगरी बबई हापुरेमा सम्पन्न कोण सभाको सञ्चालन प्रदेश सदस्य तिलकले गर्नुभएको थियो भने कोणसभालाई प्रदेश पार्टी सेक्रेटरी न्यौपाने र देजमो नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष इश्वरीप्रसाद गैरेले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी बबई बगालेमा भएको कोण सभाको सञ्चालन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्यले गर्नुभएको थियो भने पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समिर केसीले सम्बोधन गुर्नभएको थियो ।

दंगीशरण थपगाउँमा भएको कोण सभाको सञ्चालन महासचिव कठायतले गर्नुभएको थियो भने वक्ताको रुपमा समिर केसीले बोल्नुभएको थियो ।

वत्यसैगरी तुलसीपुर सग्राममा भएको कोण सभाको सञ्चालन इश्वरी गैरेले गर्नुभएको थियो भने पार्टी केन्द्रीय सदस्य विपिन रोकायाले निर्वाचन बहिस्कारसम्बन्धी विचार राख्नु्भएको थियो ।

शान्तिनगर जुम्लेकुला सम्पन्न कोण सभाको विद्यार्थी नेतान मनोज थापाले गर्नुभएको सियो भने पार्टी केस विपिन रोकाय बोल्नुभएको थियो ।

त्यसैगरी शान्तिनगरको पातेटाकुरा भएको कोण सभाको सञ्चालन विध्यार्थी नेता मनोज थापाले गरेका थिए भने महिला नेतृ तथा पार्टी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईले निर्वाचन बहिस्कारसम्बन्धी धारणा राख्नुभएको थियो ।
यता नयाँवस्ति भरतपुरमा भएको कोणसभामा पार्टीका प्रदेश सदस्य तिलक विक बोल्नुभएको थियो भने सञ्चालन मनोज थापाले गर्नुभएको थियो ।

तुलसीपुर भमकेमा भएको कोण सभामा प्रमुख वक्ताको रुपमा क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायत बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन देजमोका नेता इश्वरीप्रसाद गैरेले गर्नुभएको थियो ।
त्यसैगरी शान्तिनगर बागमारामा सम्पन्न कोण सभालाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य प्रेम थापाले सम्बोधन गुर्नभएको थियो भने कोणसभाको सञ्चालन विद्यार्थी नेता मनोज थापाले गर्नुभएको थियो ।