“विश्वका मजदुरहरु हो , एक होऔं”
– कार्ल माक्र्स ,कम्युनिस्ट घोषणापत्र , माक्र्स – एंगेल्स संकलित रचनाएं , खण्ड १, भाग १ पृष्ठ १३० , प्रगति प्रकाशन मास्को १९७८ ।

हार्दिक शुभकामना !

(१) मजदुर भनेका को हुन् ?
अर्काको ज्यालादारी गर्ने या ज्याला लिएर आफ्नो श्रमशक्ति बेच्ने व्यक्तिलाई मजदुर भनिन्छ । आधुनिक समाजको मुख्य वर्गमध्ये मजदुरवर्ग पनि पर्दछ । मजदुरवर्गलाई पुँजीवादी , समाजवादी र साम्यवादी क्रान्तिको प्रमुख संवाहक शक्तिका रुपमा मानिन्छ । पुँजीवाद अन्तर्गत मजदुरवर्ग कामदारहरुको वर्ग हो ।यो उत्पादनको साधनबाट बञ्चित रहन्छ र आफ्नो श्रमशक्ति पुँजीपतिलाई बेच्दछ ।

मजदुरवर्ग आधुनिक समाजमा सबैभन्दा प्रगतिशील र क्रान्तिकारी वर्ग हो । सबै प्रकारका दमन , शोषण – उत्पीडन , अन्याय अत्याचार , विकृति र विसंगति , असमानता तथा मान्छेले मान्छेमाथि गर्ने सबै प्रकारका शोषणको विरुद्ध संघर्ष गर्ने , त्यस प्रकारका संघर्षको वैज्ञानिक नेतृत्व गर्न सक्ने , शोषणविहिन समाजको निर्माणको निम्ति निर्णनायक भूमिका खेल्ने वर्ग हो – आधुनिक तथा आौद्योगिक सर्वहारावर्ग हो – मजदुर वर्ग ।
गुमाउनका लागि आफ्न दशनंग्राीको श्रमशक्तिबाहेक केही नभएको तर जित्नका लागि सम्पूर्ण संसार हुने वर्ग हो – मजदुर वर्ग ।


मजदुरवर्गले आफ्नो संघर्ष कै क्रममा ८ घण्टाको कामको दिनको व्यवस्था कायम गर्न सफल भएको छ ।यस वर्गले सर्वप्रथम १८७१ मा ७२ दिनसम्म आफ्नो सत्ता महान् पेरिस कम्युन , ४० वर्षसम्म महान् समाजवादी गणतन्त्र सोभियत संघ , २७ वर्षसम्म चीनमा समाजवादी क्रान्ति र समाजवादी राज्यसत्ता निर्माणको अनुभवबाट र उत्तर कोरिया , भियतनाम , कम्बोडिया , पूर्वी रुपका करीब २० वटा पूर्व कम्युनिस्ट सत्ता चलाएका देशहरू र पछिल्लो अबधिमा क्युवाको कम्युनिस्ट सत्ता चलाएको अनुभवबाट आफूलाई दार्शनिक , सैध्दान्तिक र राजनीतिक रुपले समृद्ध बनाउदै आएको छ यो आौद्योगिग सर्वहारा मजदुरवर्ग । रुस , चीन लगायतका देशहरूमा भएका प्रतिक्रान्ति पश्चात् कम्युनिज्म मर्यो भनेर आत्मरति लिएर बसेका विश्वभरका साम्राज्यवादी लुटेराहरु , विस्तारवादी तथा प्रभुत्ववादी एवम् जनताका दुश्मनहरुलाई चुनौती दिन सक्ने आज यही मात्र एउटा शक्ति हो विश्व सर्वहारा तथा आौद्योगिक मजदुरवर्ग ।

विश्व क्रान्तिको निर्णायक शक्ति भने कै मजदुर वर्ग हो । यो कत्तिको शक्तिशाली वर्ग हो भन्ने विषयमा विश्व सर्वहारावर्गका नेता लाखौं क्रान्तिकारी सोभियत मजदुरहरुको नेतृत्व गरेर सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका नायक तथा विश्व मै पहिलोपटक सर्वहारावर्गको अधिनायकत्व स्थापनाका पहिलो प्रयोगकर्ता भ्लादीमिर इल्यिच लेनिनले अगाडि भन्नू भएको छ , “ सर्वहारावर्ग र पुँजीपति वर्गबीचको भीषण संघर्षले अनन्त्वगत्वा समाजवादी क्रान्तिको शुरुवात गर्नेछ , मजदुरवर्गले पुँजीजीविहरुको सत्ता उखेल्नेछ र श्रमिक जनताको हितार्थ सर्वहारा अधिनायकवाद अर्थात् मजदुरवर्गको सत्ता कायम गर्नेछ ।“

(२) विश्व मजदुर आन्दोलनको संक्षिप्त इतिहास


विश्व मजदुर आन्दोलनको इतिहास भनेको सम्पूर्ण वर्गसंघर्षको इतिहास हो । विश्व मजदुर आन्दोलनको इतिहास ज्यादै समृद्धशाली विशाल छ ।
विश्व मजदुर आन्दोलनको इतिहास बलिदानीपूर्ण वीरताले भरिपुर्ण भएको इतिहास हो । सर्वहारा श्रमिक वर्गको मुक्तिका खातिर विश्वका लाखौं मजदुरहरुले रगतको खोलो बगाएर आर्जन गरेको इतिहास हो । यश बारेमा तल संक्षिप्त रुपमा उल्लेख गरिनेछ ।

उन्नाइसौं शताब्दीको चौथो दशकसम्म आउँदा युरोपका इङ्गल्याण्ड , फ्रान्स लगायतका देशहरूमा सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्ति सम्पन्न हुँदै गए । उत्पादक शक्तिको तीव्र विकास भएर गयो र यसै प्रक्रियामा आौद्योगिक क्रान्ति भयो । समाजमा पुँजीपतिवर्ग र सर्वहारावर्गका बीचमा वर्गसंघर्ष चल्दै जान थाल्यो । पुँजीपतिवर्गका विरुद्धको संघर्षमा सर्वहारा वर्ग इतिहासको सबैभन्दा प्रगतिशील वर्गको रुपमा विकसित हुँदै गयो । मजदुर वर्गले आफ्नो हक र हितका लागि आन्दोलनको प्रक्रिया अगाडि बढाउन थाल्यो । इङ्गल्याण्डमा सन १८३२ देखि १८४२ सम्म जम्मा दस वर्ष चार्टिष्ट आन्दोलन चल्यो । उक्त मजदुर आन्दोलनका मागहरु पुरा नगरेर उल्टै प्रतिक्रियावादी बेलायती सरकारले हजारौं मजदुरहरुको निर्ममतापूर्वक हत्या गरेर दवायो ।

त्यस्तै सन १८४४ मा इङ्गल्याण्डका मजदुरहरुले मेसिन तोड ( डुदाइट ) आन्दोलन सञ्चालन गरियो ।यस आन्दोलनमा पनि हजारौं मजदुरहरुले जीवन उत्सर्ग गरे । वास्तवमा इङ्गल्याण्डमा सञ्चालन गरिएका चार्टिष्ट आन्दोलन र डुदाइट आन्दोलन आधुनिक युगमा मजदुर वर्षको पहिलो आन्दोलन थिए । यी बाहेक जर्मनी लगायत विश्वका कैयौं देशहरूमा वर्गसंघर्षहरु सञ्चालन गरिएका थिए। ती सबै आन्दोलनहरु असफलतामा टुंगिएका थियो । मजदुरहरु पराजित हुनुको मुख्य कारण उक्त मजदुर आन्दोलनहरुलाई पथप्रदर्शन गर्ने कुनै क्रान्तिकारी र वैज्ञानिक सिध्दान्त थिएन र कुनै पार्टी संगठन थिएन , जसका कारण मजदुर आन्दोलनहरु पराजित हुँदै गएका थिए ।

यसका लागि क्रान्तिकारी विचार र क्रान्तिकारी संगठनको आवश्यकता बढेर गएको थियो , त्यही परिपेक्षामा सन १८४८ फेब्रुअरी २१ दिन कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा कम्युनिस्ट घोषणापत्र मार्फत् माक्र्सवादको प्रतिपादन हुन गयो र माक्र्सवाद एक वैज्ञानिक र क्रान्तिकारी सिध्दमन्त भएकोले मजदुर वर्गले माक्र्सवाद मार्फत् आफ्नो मुक्तिको सिध्दान्त माक्र्सवाद प्राप्त गर्यो ।

माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यश दर्शनको सिध्दान्त भौतिकवाद हो भने द्वन्द्ववाद माक्र्सवादी दर्शनको पध्दति हो । यसरी द्वन्द्वात्मक भौतिकवाद विश्व सर्वहारावर्ग अर्थात् विश्व आौद्योगिक मजदुर वर्गको विश्वदृष्टिकोण बन्यो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई सर्वहारा वर्गका अर्का महान् नेता जोसेफ स्टालिनले “ माक्र्सवादी – लेनिनवादी कम्युनिस्ट पार्टीको विश्वदृष्टिकोण हो “ भन्नुभएको छ ।

यसै प्रक्रियामा सन १८६४ मा कार्ल माक्र्सको पहलकदमी प्रथम अन्तर्राष्ट्रियको गठन गर्नु भयो । यो विश्व सर्वहारावर्गको अर्थात् आधुनिक मजदुरहरुको पहिलो संगठन थियो । र सन १९७१ मार्च १८ का दिन पेरिसका मजदुरहरुले महान् “ पेरिस कम्युन “ स्थापना गरिएको थियो । यो नै विश्व सर्वहारा वर्ग र आधुनिक मजदुरहरुको पहिलो सर्वहारा अधिनायकत्व थियो । यद्यपि यो ७२ दिन भन्दा बढी टिक्न सकेन र सन १८७१ मई २८ का दिन महान् पेरिस कम्यु ढल्यो । तर समयमै पेरिस कम्युनको पतन भएको भए पनि यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक तथा युगान्तकारी परिघटना थियो । पेरिस कम्युनमा करिब ३० हजार मजदुरहरुले शाहदत प्राप्त गरेका थिए भने करिब ५० हजार मजदुरहरुलाई घाइते तुल्याइएको थियोे ।


छोटै अबधिमा महान् पेरिस कम्युनको अन्त्य भएको भए तापनि त्यसको दूरगामी असर र महत्वबारे प्रकाश पार्दै वैज्ञानिक साम्यवादका सिध्दान्तकार तथा दार्शनिक कार्ल माक्र्सले अगाडि लेख्नुभएको छ , “ आफ्नो कम्युनसहित मजदुरहरुको पेरिस एउटा नौलो समाजको गौरवशाली अग्रणीको रुपमा हमेशा जन – सम्मानको पात्र बनिरहनेछ । त्यसका शहिदहरुले मजदुर वर्गको महान् ह्रदयमा सदाको लागि ठाउँ ओगटेका छन् ।“ – कर्ल माक्र्स , पेरिस कम्युन , पृष्ठ ४ , प्रगति पुस्तक सदन , काठमाडौं , नेपाल , २०६३ ।

पेरिस कम्युन ७२ दिन मात्र अस्तित्वमा रहे पनि सर्वहारा मजदुर वर्गको अधिनायकत्वको स्थापना तथा रक्षा गर्नमा गरेका त्यसका वीरतापूर्ण पराक्रमहरु सदाको लागि जगमगाएर रहेका छन् र कम्युनका सिध्दान्तहरु अनन्त छन् । त्यसका शहिदहरु विश्वका सबै मुलुकहरुका सर्वहारावर्ग र क्रान्तिकारी जनताको दिलमा सदाको लागि बाँचिरहेका छन् । मार्च १८ तारिखको दिन संसारभरका सर्वहारावर्गको अनन्तरुपले गौरवशाली पर्वका रुपमा मनाउँदै आएका छन् विश्व क्रान्तिका लागि विश्वका आधुनिक मजदुरहरुका लागि महान् पेरिस कम्युनका शिक्षाहरु अनगिन्ती छ ।

१९ आौ शताब्दीको शुरुमा नै अमेरिकामा मजदुरहरुले “ सूर्योदयदेखि सूर्यास्त सम्म “ को काम गराउने प्रवृत्तिको विरुद्ध आवाज उठाएका थिए । त्यसवेला मजदुरसंग १८घण्टासम्म काम लिइन्थ्यो ।त्यो समयमा मजदुरबाट १४ , १६ र १८ घण्टासम्म काम लिइनु कुनै ठूलो कुरा थिएन । त्यतिमात्र होइन , अमेरिकामा मजदुर आन्दोलन चर्कदै जान थाले पछि त्यहाँका मजदुरहरुसंग – १९ र २०– २० घण्टा सम्म काम लिइन्थ्यो ।
पछि अमेरिकामा मात्र होइन , अन्य धेरै देशहरूमा चल्न थालिसकेको थियो । जहाँ उदयमान पुँजीवादी अर्थ व्यवस्थाको जुवामुनी मजदुरवर्गको शोषण हुने गर्दथ्यो । यो यसबाट स्पष्ट हुन्छ कि सुदूर अष्ट्रेलियाका राज – मजदुरहरुले पनि “ ८ घण्टा काम , ८ घण्टा मनोरञ्जन र ८ घण्टा विश्राम “ को नारा बुलन्द पारेका थिए ।

सन २८८४ र १८८६ मा अमेरिकाको सिकाको शहरमा ठूला ठूला मजदुर आन्दोलन भएका थिए । ती मजदुर आन्दोलनहरुमा निर्मम दमन गरिएको थियोे र हजारौं मजदुरलाई हत्या गरिएको थियो । ती मजदुर आन्दोलनहरु अमेरिकाको सिकाको शहरका अतिरिक्त अन्य ठूला शहरहरुमा पनि फैलिएको थियो । इङ्गल्याण्ड , फ्रान्स , जर्मनी लगायतका देशहरूमा पनि ठूला ठूला मजदुर आन्दोलनहरु चर्किएका थिए । सन १७६ मा कार्ल माक्र्सले पहिलो अन्तर्राष्ट्रियको विघटन गर्नु भयो । त्यस पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेतृत्व विहिन अवस्थामा पुग्यो । सन १८८३ मार्च १४ का दिन कार्ल माक्र्सको निधन भयो । उहाँको निधनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले अपूरणीय क्षति व्यहोर्नु पर्यो ।

त्यस पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जिम्मेवारी माक्र्सका अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सको काँधमा आयो । सन १८८९ मा एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरियो ।
सन १८८९ मा पेरिसमा दोस्रो अन्तर्राष्ट्रियको प्रथम महाधिवेशन सम्पन्न भयो । त्यही महाधिवेशनले मे १ लाई अन्तर्राष्ट्रिय मे दिवस ( श्रमिक ) दिवसका रुपमा मनाउने निर्णय गर्यो र मजदुरले दिनमा ८ घण्टा श्रम गर्नुपर्ने निर्धारण गर्यो ।

( ३) अन्तर्राष्ट्रिय स्तरमा मजदुरहरुको गौरवपूर्ण गाथा
विश्वभरका श्रमिक मजदुरहरुको इतिहास वलिदानीपूर्ण योगदान भरिपुर्ण छ । मानव जातिकै मुक्तिका खातिर लाखौं मजदुर आफ्नो अमूल्य जीवन अर्पण गरेर गौरवपूर्ण इतिहास कायम गर्दै आएका छन् । अर्थात् अन्तर्राष्ट्रिय मजदुरहरुको वीरताको इतिहास लाखौं लाख शहिदहरुको रगतले रंगिएको छ । विश्वका विभिन्न मुलुकहरुमा भएका सर्वहारा क्रान्तिहरु र समाज परिवर्तनका बारेमा मजदुरहरुले गरेको योगदान तथा वलिदानकाबारेमा छोटो चर्चा गर्न उपयुक्त होला नै ।

( क) पेरिस कम्युन
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा वीरता र वलिदानको गौरवपूर्ण गाथाले भरिपुर्ण बनेको र संसार भरकै सर्वहारा वर्ग र काम गरि खाने श्रमिक वर्गका लागि प्रेरणा बनेको महान् पेरिस कम्युका निर्माणमा र सन १८७१ मार्च १८ देखि २८७१ मे २८ का बीचमा खास गरि सन १८७१ मे २८ का दिन प्रतिक्रियावादी भर्साइल सरकारले महान् पेरिस कम्पुनमाथि प्रतिक्रान्ति गर्ने क्रममा करीब २९ हजार पेरिस सर्वहारा , मजदुर , वृद्ध , महिला , केटाकेटी समेत गरि जम्मा २९ हजारले शाहदत प्राप्त गरेका थिए भने करीब ५० हजारलाई घाइते तुल्याइएको थियो ।
त्यस नरसंहारमा मारिएका र घाइते तुल्याइएका अधिकांश मजदुरहरु नै थिए । महान् पेरिस कम्युन एक ऐतिहासिक एवम् युगान्तकारी परिघटना थियो , जसका शिक्षाहरु विश्व मजदुर वर्ग र समस्त मानव जातिकै हिजो पनि प्रेरणाको श्रोत थियो , आज पनि छ र भोलीसम्म रहिरहनेछ ।

(क ) सन् १९०५ को असफल रुसी क्रान्ति
जारशाही शासन व्यवस्थाका विरुद्ध सन १९०५ मा रुसमा क्रान्ति सञ्चालन गरिएको थियो । त्यो असफल क्रान्ति थियो । त्यस क्रान्तिमा हजारौं रुसी मजदुरहरुले जीवन उत्सर्ग गरेका थिए । र , वीरताको इतिहास रचेका थिए।

( ख ) महान् रुसी अक्टोबर समाजवादी क्रान्ति
महान् लेनिनको नेतृत्वमा सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) का महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । त्यस अक्टोबर क्रान्तिमा लाखौं मजदुरहरुले भाग लिएर पहिलोपटक सर्वहारा सत्ता कायम गरेका थिए । महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक ऐतिहासिक र युगान्तकारी परिघटना थियो । रुसी मजदुरहरुले पहिलोपटक पुँजीपतिवर्गको हातबाट सत्ता खोसेर मजदुरहरुको हातमा लिइएको थियो । यसको श्रेय लाखौं रुसी मजदुरमा जान्छ , उनकै बलले भएको विश्व इतिहास साक्षी छ । यो सानो लेखमा महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका बारेमा बर्णन गर्न सजिलो छैन । इतिहास आफै बोल्छ । जुन रुसी क्रान्तिको प्रभाव विश्व सर्वहारा वर्गलाई ठूलो प्रेरणाको श्रोत बनिरहेको छ , त्यसको मुख्य देन महान् रुसी मजदुरहरुलाई जान्छ ।

( ग) महान् चिनिया नयाँ जनवादी क्रान्ति
कमरेड माओको नेतृत्वमा सन १९४९ अक्टोबर १ का दिन महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । २८ सम्मको सशस्त्र जनयुद्धको माध्यमबाट चीनमा महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो ।
तत्कालीन अर्ध– सामन्ती र अर्ध – उपनिवेशिक अवस्थामा रहेको चीनमा चिनिया कम्युनिस्ट पार्टीको नेतृररत्वमा र मजदुर – किसान एकताका आधारमा गाउँदेखि शहर घेर्ने सशस्त्र जनयुद्धको मोडेल अप्नाएर क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व स्थापना गरेर समाजवादमा संक्रमण गर्ने वैज्ञानिक बाटो तय गरिएको थियो ।

चिनिया नयाँ जनवादी क्रान्ति जटिल प्रक्रिया पार गरेर सम्पन्न गरिएको थियो । चिनिया क्रान्ति दीर्घकालीन जनयुद्धको प्रक्रियाबाट गाउँमा आधार इलाकाहरु निर्माण गर्दै , छापामार दस्ता , जनमिलिसिया निर्माण गरेर छापामार युध्द अर्थात् गुरिल्ला वारको तरिका अप्नाएर स्थानीय जनसत्ता, जन अदालत , जन कम्युनहरु निर्माण गरेर स्थानीय जनसत्ताहरु सञ्चालन गर्दै जनमुक्ति सेना (लाल सेना ) निर्माण गरेर अन्तिममा गाउँदेखि शहर घेर्ने नीति अनुरुप सन १९४९ अक्टोबर १ का दिन चिनिया लाल सेनाले केन्द्रीय सत्ता कायम गरेको थियो र सन १९४९ अक्टोबर १ का दिन राजधानी बेइजिङ स्थित तेनमेनयनचोकबाट कमरेड माओले महान् चिनिया जनताको जनवादी अधिनायकत्व स्थापना भएको घोषणा गर्नुभएको थियो ।

महान् चिनिया नयाँ जनवादी क्रान्ति एउटा अविकसित पछौटे कृषि प्रधान देशमा गरिएको महान् चिनिया जनतालाई साम्राज्यवाद र सामन्तवादको पञ्जाबाट मुक्त गरिएकोले यो एक युगान्तकारी परिघटना थियो । यश क्रान्ति सम्पन्न गर्नमा लाखौं किसानहरुको सहयोगमा लाखौं चिनिया मजदुरहरुले ठूलो योगदान र बलिदान गरेका थिए ।
चीनलाई नयाँ चीनमा बदल्ने र आधुनिक चीन निर्माण गर्ने सवालमाकरोडौं चिनिया मजदुरहरुले बलिदान गरेका थिए र अहिलेसम्म पनि आधुनिक चीन निर्माण गर्नमा चिनिया मजदुरहरुको अग्रणी भूमिका रहदै आएको छ ।

(घ) कोरियन क्रान्ति
कमरेड किम इल सङको नेतृत्व वर्कर्स पार्टी अफ कोरियाले सन १९४५ मा कोरियन क्रान्ति सम्पन्न गरेर साम्राज्यवाद र सामन्तवादको पञ्जाबाट उत्तर कोरियन जनता र कोरियालाई मुक्त गर्ने सवालमा कोरियन मजदुरहरुले ठूलो बलिदान गरेका थिए ।
अमेरिकी हस्तक्षेपका कारण सन १९४५ देखि कोरिया विभाजन भई उत्तर र दक्षिणमा विभाजन गरिएको छ र दक्षिण कोरियामा अमेरिकी कठपुतली सरकार चलिरहेको छ भने उत्तर कोरियामा कम्युनिस्टहरूले सरकार सञ्चालन गरिरहेका छन् ।

( ङ) कोरियन युध्द
सन १९५० – १९५३ को कोरियन युध्दका क्रममा अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय युध्द लड्ने क्रममा करीब १५ लाख कोरियन जनताको शाहदत भएको इतिहास छ । त्यस युध्दमा जीवन अर्पण गर्नेहरुमा अधिकांश कोरियन मजदुरहरु नै थिए ।
अहिले एक्लै अमेरिकी साम्राज्यवादका विरुद्ध आणविक धमाका दिइरहेको परिपेक्षमा त्यहाँ हर क्षेत्रमा कोरियन मजदुरहरुले योगदान तथा बलिदान गरिरहेका छन् ।

( च) भियतनामी क्रान्ति
सन २ सेप्टेम्बर १९४५ मा फ्रान्सबाट स्वतन्त्र हुनुमा खास गरि भियतनामी क्रान्तिमा पनि भियतनामी मजदुरहरुको महत्वपूर्ण योगदान तथा बलिदान गरेका थिए ।
हो चि मिन्हको नेतृत्वमा सम्पन्न भएको भियतनामी क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा अत्यन्तै प्रख्यात र लोकप्रिय क्रान्ति हो । भियतनामी क्रान्ति संसारमै चर्चित हुनुको मुख्य कारण भियतनामी सर्वहारा वर्ग , भियतनामी अत्यन्तै अनुशासित र लडाकु तथा देशभक्त मजदुर वर्गले गरेको वीरतापूर्ण योगदान र काका हो चि मिन्हको क्रान्तिकारी कुशल नेतृत्व हो र विशेष गरि यसमा मुख्य भूमिका मजदुरहरुको रहेको पाइन्छ । जुन देशका मजदुरहरु बढी अनुशासित , लडाकु र देश , जनता , पार्टी र क्रान्तिप्रति बढी कठिबध्द र निर्णायक भूमिका खेल्न सके ती देशहरूले छिटो छिटो क्रान्ति सम्पन्न गरेका छन् । भियतनाममा यिनै विशेषता बोकेका मजदुर भएकोले भियतनामी क्रान्ति र भियतनामी जनताको संसारभर इज्जत छ ।

( छ ) भियतनामी युध्द
भियतनाम र अमेरिका बीचमा सन १९६५ देखि १९७३ सम्म चलेको भियतनामी राष्ट्रिय युध्दलाई भियतनामी युध्द भनिन्छ । भियतनामी क्रान्तिका क्रममा उत्तरी भियतनाममा कम्युनिस्टहरूको सरकार चलेको थियो भने दक्षिणी भियतनाममा गैर कम्युनिस्टहरुको राज्यमा विभाजन हुन गई भियतनाम दुई भागमा विभाजन हुन पुग्यो । मार्कथरको योजना अनुसार उत्तरमा कम्युनिस्ट सत्तालाई समाप्त पार्न अमेरिकाले सन १९६५ मा उत्तर भियतनामका विरुद्ध युध्द गरेपछि भियतनाममा युध्द शुुरु भएको थियो । यो युध्द सन १९७१ मा पेरिसमा शान्ति संझौता भएपछि सन १९७३ देखि युध्द समाप्त भएको थियो ।
भियतनामी युध्दमा १२ लाख अमेरिकी सेना मारिएका थिए । हजारौं भियतनामी जनताको मृत्यु भएको थियो । त्यस युध्दमा अमेरिका ठूलो हार बेहोरेको थियो र कम्युनिस्टहरूको सानदार विजय भएको थियो । त्यसपछि विभाजित भियतनाम एकीकरण भएको थियो ।
अमेरिकी साम्राज्यवादलाई कहिल्यै भियतनामतिर फर्केर हेर्न नसक्ने गरि भियतनामबाट धुलो धुलो पारेर खेद्ने योगदान भियतनामी मजदुरहरुको रहेको थियो ।

( ज) क्युवाली क्रान्ति
अमेरिकाको नाकमुनि रहेको ल्याटिन अमेरिकी मुलुक क्युमा फिडेल क्रयास्त्रो र चे ग्वयभाराको नेतृत्वमा सञ्चालन भएको क्युवाली क्रान्तिले जुन १९५९ सम्पन्न भयो र अहिलेसम्म पनि क्युवाले आफ्नो विशेषताको समाजवाद चलाइरहेको छ । यसमा क्युवाली मजदुरहरुको महत्वपुर्ण भूमिका र योगदान रहेको थियो ।
यसरी विश्वका जुन जुन देशहरूमा कम्युनिस्टहरूले क्रान्ति सम्पन्न गरे , ती देशहरूले महान् उपलब्धिहरु प्राप्त गर्न र मुलुकलाई समृद्धशाली बनाउने कार्यमा मजदुरहरुको महत्वपूर्ण भूमिका र योगदान रहेको छ ।

( झ) नेपाली क्रान्तिको अभियानमा मजदुरहरुको भूमिका र योगदान
नेपालमा पनि १०४ वर्षे राणा शासनका विरुद्धको आन्दोलनमा , ३० वर्षे तानाशाही पञ्चायती व्यवस्था विरोधी जनसंघर्षमा पनि नेपाली मजदुरहरुको ठूलो योगदान र बलिदान रहेको छ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को पहलमा सञ्चालन भएको महान् दस वर्षे जनयुद्धको प्रक्रियामा दसौं हजारले शाहदत प्राप्त गरे , हजारौंको संख्यामा ज्यान विपत्ता पारियो र ठूलो संख्यामा घाइते अपांग तुल्याइयो । यी घटनाहरुमा नेपाली मजदुरहरुले ठूलो योगदान र बलिदान गरेको इतिहास ताजै छ।
किसान जनसमुदायका साथै लाखौं श्रमजीवी मजदुर तथा सर्वहारावर्गको महत्वपूर्ण योगदान र बलिदान रहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा बढी बलिदान भएको महान् दस वर्षे जनयुद्धको प्रक्रियामा हो ।

( ञ) मजदुरहरुमाथि प्रतिक्रान्तिको असर
माक्र्सवादको जन्मसंगै संशोधनवादको जन्म भयो । माक्र्सवादको विकाससंगै संशोधनवाद पनि विकास हुँदै गयो । माक्र्सवादले पहिलो गुणात्मक विकासका क्रममा लेनिनवादको विकास भयो भने अर्कोतिर संशोधनवादले शास्त्रीय संशोधनवाद हुँदै आधुनिक संशोधनवादमा विकास हुन पुग्यो ।
संशोधनवादको आक्रमणले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व समाजवादी शिविरमा पनि गंभीर प्रकारको क्षति पुर्यायो । रुस, चीन लगायतका देशहरूमा जुन प्रतिक्रान्ति भै पुँजीवादको पुनःस्थापना भए पछि विश्व स्तरमै आम जनताको साथै मजदुरहरुले ठूलो क्षति बेहोर्नु पर्यो । फेरि मजदुरहरु बेरोजगार हुन पुगेका छन् ती देशहरुमा ।
नेपालमा पनि महान् दस वर्षे जनयुद्धको नेतृत्व गरेको मुख्य नेतृत्वमा गंभीर प्रकारको वैचारिक विचलन आएपछि उक्त नेतृत्व नवसंशोधनवादको बाटो हुँदै प्रतिक्रियावादमा हुन पुगेपछि महान् नेपाली नयाँ जनवादी क्रान्तिले गंभीर प्रकारको धक्का खान पुग्यो । त्यसको प्रत्यक्ष असर आम नेपाली जनता , नेपाल राष्ट्रका साथै मजदुरवर्गमा पनि पर्न गयो । यसको क्षतिपूर्ति अब सम्पन्न हुने महान् नेपाली क्रान्तिले मात्र गर्नेछ । फेरि पनि नेपाली मजदुरहरुले पनि योगदान र बलिदान अनिवार्य गर्नुपर्नेछ । र गर्ने छन् नै । यसमा कमी आउने छैन ।

( ट) आधुनिक मजदुरहरुप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको दायित्व
कम्युनिस्ट पार्टी सर्वहारा वर्गको राजनीतिक संगठित अग्रदस्ता हो । साथै कम्युनिस्ट पार्टी विपरीत तत्वको एकत्व हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको पथप्रदर्शन सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओवाद हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको लक्ष्य नयाँ जनवाद हुदै वैज्ञानिक समाजवादमा पुगेर जनतालाई वैज्ञानिक साम्यवादमा पुर्याउनु रहेको हुन्छ । र , मानव समाज वैज्ञानिक समाजवादमा पुगिसकेपछि वर्ग र राज्यसत्ताको विलोपीकरण हुन्छ । वर्गको विलोपीकरण भइसकेपछि पार्टीको पनि अन्त्य हुन्छ । किनभने पार्टीले वर्गविशेषको राजनीतिक प्रतिनिधित्व गर्दछ । तसर्थ वर्गको अन्त्य पछि पार्टीको पनि अन्त्य हुन्छ ।
जहाँसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टीले वर्गसंघर्षको नेतृत्व गरिरहेको अवस्थामा , जनताको मुक्ति आन्दोलनको नेतृत्व गरिरहेको अवस्थामा मुलुकको निम्ति उसको आवश्यकता पहिलो नम्बर मै हुन्छ । त्यसो भएर उसको जिम्मेवार बढी नै हुन्छ ।
जनताको मुक्तिको नेतृत्व गरिरहेको एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिका लागि आवश्यक पर्ने सबै तयारी पुरा गरेको हुनुपर्छ । त्यसले आधुनिक मजदुर क्रान्तिका लागि अत्यन्तै ठूलो हतियार वा शक्ति हो । त्यसो भएर उसले अरु शक्तिहरुका साथै आधुनिक मजदुरहरुलाई बढी ध्यान दिनुपर्छ ।र , उसको निर्माण परिचालन तथा रेखदेख सुरक्षाको ग्यारेन्टी पार्टीले गर्नुपर्ने हुन्छ । उसका अति आवश्यक समस्याको समाधान पनि पार्टीबाट गरिने विषय हो । मजदुरहरुका मुख्य मुख्य समस्याहरुः

(१) वैचारिक समस्या ः
कुनै पनि क्रान्तिकारीका लागि पहिलो समस्या भनेकै वैचारिक समस्या हो । त्यसो भएर पार्टीले यसलाई प्रमुखताका साथ हेरिनुपर्छ । किनभने कोही पनि सबै कुरा बुझेर संगठनमा आबद्ध भएको हुदैन । त्यसैले पार्टीले विषेश गरेर आफ्ना मजदुरहरुलाई पार्टी स्कुलिङको वैज्ञानिक व्यवस्था गरेर त्यस मार्फत् मालेमावाद सम्बन्धि आधारभूत सिध्दान्तहरुले लैस गराउनै पर्छ । उसको माक्र्सवादी ज्ञान – सिध्दान्तका बारेमा परिपक्व बनाउदै लैजानुपर्छ । स्कुलिङका लागि पाठ्यक्रम अनुसारको पाठ्यसामग्री पनि पार्टीले व्यवस्थापन गर्नुपर्ने हुन्छ । किनभने क्रान्तिमा , वर्गसंघर्षमा होमिएको एउटा योध्दाले आफ्नो कुनै व्यक्तिगत कामको व्यवस्थापन गर्न सम्भव हुदैन । यो पार्टीको पहिलो कर्तव्य हो , जिम्मेवारी पनि हो ।
(२) आर्थिक समस्या ः
पार्टीका क्याडरहरुमा आर्थिक समस्या पनि गंभीर प्रकारले उल्झिएका हुन्छन् । उसको व्यक्तिगत जीवनमा र पारिवारिक जीवनसंग पनि जोडिएको हुन्छ । पार्टी , क्रान्ति र जनताको मुक्तिको खातिर निधारमा रातो कफन बाँधेर वर्गसंघर्षमा होमिएको एउटा क्रान्तिकारी मजदुरले आफ्नो व्यक्तिगत समस्या हल गर्न सक्ने कुरै आउँदैन । पार्टी र उ संगठित भएको आफ्नो पूर्णकालिन कार्यकर्ताको भरणपोषण जिम्मा पनि पार्टीले गरिदिएको हुनुपर्छ भने उसका परिवारका समस्याअरु पनि न्युनतम रुपमा भए पनि पार्टीले नै समाधान गर्ने उपायहरु मिलाउनु पर्ने हुन्छ । त्यसो गरियो भने मात्र उसले निस्फिग्री भएर संगठनले खटाएको काम गर्न सक्ने कुरा आउँछ ।
(३) अन्य समस्याहरु ः
मजदुर तथा पार्टी क्याडरहरुका माथि उल्लेख गरिएका बाहेक अन्य राजनीतिक , साँस्कृतिक , मानसिक , व्यवहारिक समस्या हुन्छ , हुन सक्छन् , ती समस्याहरुको समाधानको पहल पनि पार्टीले गर्नुपर्ने हुन्छ । कार्यकर्ता भनेका पार्टीका सम्पत्ति हुन् । उनीहरूको हेर चाह, रेखदेख र संरक्षण गर्ने काम पनि पार्टीको दायित्व भित्र पर्दछ । तर एउटा क्रान्तिकारी योध्दा सम्पूर्ण रुपमा पारमै भर परि रहनु हुँदैन । आफूले पनि पहलकाी लिनुपर्छ । यो कुरा एउटा क्रान्तिकारी योध्दाो असली कर्तव्य भित्र पर्दछ ।
( ठ) विश्वदृष्टिकोणमा रुपान्तरण जरुरी
आम क्रान्तिकारी कम्युनिस्टहरूका साथै मििजदुिसरु्हृृ पनि विश्वदृष्टिकोणमा रुपान्तरण हुन जरुरी हुन्छरर । माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो । र माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै सर्वहारा श्रमजीवी वर्ग र क्रान्तिकारी कम्युनिस्टहरूको विश्वदृष्टिकोण हो । संसारलाई हेर्ने , बुझ्ने , व्याख्या गर्ने र बदल्ने साधन भने कै यही माक्र्सवादी दर्शन हो , जो अहिले माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमाले लेनिनवमद र माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भइसके छ। आज माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बनेको छ ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य इकाईका रुपमा माक्र्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद – लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन । आजको विश्वको माक्र्सवाद – लेनिनवाद भएकोले नै संसारमा प्रतिक्रियावादी संशोधनवादीहरुले माओवाद एवम् माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् ।
जसरी माक्र्सवाद – लेनिनवादको स्थापना कम्युनिस्ट क्रान्तिकारीहरुद्वारा सबै खाले प्रतिक्रियावाद , संशोधनवाद र अवसरवादका विरुद्ध संघर्षका क्रममा भएको हो , त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम वैचारिक , सैध्दान्तपक, दार्शनिक संघर्षका बीचबाट भइरहेको छ । यसलाई आत्मसातिकरण गर्नु सबै माओवादी क्रान्तिकारी कम्युनिस्टहरूको कर्तव्य बन्न पुगेको छ ।
यहाँनीर के कुरालाई जोड दिन खोजिएको हो भने क्रान्तिकारी कम्युनिस्टहरू र आम श्रमजीवी वर्ग एवम् संसार बदल्ने र नयाँ संसारको रचना गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरिरहेका आधुनिक मजदुरहरुले माक्र्सवाद – लेनिनवाद – माओवादको गहन अध्ययन गर्न जरुरी छ । यसलाई अध्ययन , चिन्तनमन् गरेर मात्रै पुग्दैन , यसलाई आत्मसातिकरण गर्ने र जीवन व्यवहारमा लागु गर्नु नै क्रान्तिकारीको कर्तव्य बन्न जान्छ । किनभने दर्शनविनाको मान्छे लङ्गडो बन्न जान्छ । अर्थात् विश्वदृष्टिकोणविनाको मान्छे जराविनाको रुख सरह बन्दछ। तसर्थ उसंग संसारलाई हेर्न , बुझ्न , व्याख्या गर्न र बदल्ने चेतना निर्माण गर्नका निम्ति उसंग विश्वदृष्टिकोण हुन जरुरी छ । उसले विश्वदृष्टिकोण मालेमावादी दर्शनबाट प्राप्त गर्दछ। त्यसो भएर नै उसले मालेमावादी दर्शनको गहन अध्ययन गर्न , त्यसलाई आत्मसातिकरण गर्न र जीवन व्यवहारमा लागू गर्न अनिवार्य हुन्छ ।
तसर्थ कुनै पनि क्रान्तिकारी व्यक्ति मालेमावादी मात्र बनेर हुदैन , उसले आफूहरू विश्वदृष्टिकोणमा रुपान्तरण गरेर सच्चा क्रान्तिकारी बन्नका लागि जीवन व्यवहारमा खरो रुपमा प्रस्तुत हुन जरुरी हुन्छ । आजका आधुनिक मजदुरहरुले पनि यो वैज्ञानिक तथ्यलाई स्वीकारनै पर्छ । यो आजको युगको माग पनि हो ।
( ड ) मजदुरहरुको आगामी कार्यभार
आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युग हो । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको संश्लेषण अनुसार आजको युग वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेलाको युग हो । त्यसो भएर आगामी विश्व क्रान्ति पुरा गर्नका निम्ति आजको आधुनिक मजदुर वर्ग कार्यान्वयन गर्ने प्रमुख हतियार हो । त्यसैले आजको आधुनिक मजदुर वर्गको ऐतिहासिक कार्यभार भनेको विश्व क्रान्ति सम्पन्न गर्नु हो । यो सजिलो विषय होइन , ज्यादै कठिन विषय हो । किनभने क्रान्ति सोझो बाटोबाट अगाडि बढ्दैन । क्रान्ति बाङ्गोटिङ्गो बाटो भएर अगाडि बढ्छ , अर्थात् क्रान्तिको बाटो सर्पाइलको बाटो भएर अगाडि बढ्छ । यसका निम्ति मजदुर वर्ग दार्शनिक रुपले , वैचारिक रुपले , सैध्दान्तिक रुपले , सांगठनिक रुपले र भौतिक ( फौजी ) रुपले समेत तयार हुनुपर्ने हुन्छ । यो काम उसको दायित्व र कर्तव्य भित्र पर्दछ । यी शर्तहरु पुरा नगरेका मजदुरहरुले विश्व क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्न असम्भव हुन्छ ।
नेपाल र महान् नेपाली क्रान्तिको कुरा गरिरदा के कुरालाई हेक्कामा राख्नुपर्ने हुन्छ भने नेपाल अहिलेसम्म पनि अर्ध – सामन्ती र अर्ध – उपनिवेशिक अवस्थामै छ । हाम्रो जस्तो अवस्था भएको देशमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । अर्थात् नयाँ खाले पुँजीवादी क्रान्ति नै हो ।
यस प्रकारको महान् नेपाली नयाँ जनवादी क्रान्ति पुरा गर्ने ऐतिहासिक कार्यभार आज नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को काँधमा आएको छ । यस प्रकारको ऐतिहासिक कार्यभार पुरा गर्न यो पार्टीले आफ्नै आन्तरिक शक्तिमाथि भर पर्नुपर्नेछ , आफैले संगठित गरेका मजदुर – किसान र आम जनसमुदायमा भर पर्नेछ भने यसका अतिरिक्त अन्य देशभरी छरिएर रहेका क्रान्तिकारी धारामा रहेका कम्युनिस्ट क्रान्तिकारी पार्टीहरु र व्यक्तिहरु समेतलाई एकताबद्ध गरेर एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न जरुरी हुन्छ । यसका साथै पार्टीले क्रान्तिका तीन जादुमयी हतियारका रुपमा रहेको पार्टी , सेना र संयुक्त मोर्चा आदि बारेमा जोड दिन जरुरी मात्र होइन , कर्तव्य बन्न पुगेको छ ।
महान् नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने यस महान् अभियानमा नौलो नेपाल रचना गर्ने ऐतिहासिक दायित्व बहन गरिरहेको नेपालको आधुनिक मजदुर वर्गले नेपाली किसान जनसमुदायसंग एकाकार भै दार्शनिक , वैचारिक , सैध्दान्तिक , राजनीतिक , सांगठनिक एवं फौजी रुपले समेत तयार हुनु आजको अपरिहार्य आवश्यकता बन्न गएको छ । रिमको विघटन पछि आज कम्युनिस्ट क्रान्तिकारीहरुको अन्तर्राष्ट्रिय केन्द्र छैन । कम्युनिस्ट क्रान्तिकारी माओवादीहरुले अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्ने पहल गरिरहेका छन् । आधुनिक मजदुरहरुले ऐक्यबद्धता जनाउन आवश्यक छ । यो ऐतिहासिक कार्यभार र कर्तव्य पुरा गर्न मजदुर – मजदुरहरुका बीचमा एकता कायम गर्न त्यत्तिकै जरुरी हुन्छ , वैज्ञानिक साम्यवादका सिध्दान्तकार एवं दार्शनिक कार्ल माक्र्सले विश्वविख्यात कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी गर्दै सन १८४८ फेब्रुअरी २१ दिन भन्नुभएको थियो–
“संसारका मजदुरहरु हो, एक होआौं ।”
समाप्त ।

प्रतिक्रिया

सम्बन्धित खवर