चुनवाङ बैठकको विलिनीकरण र राष्ट्रिय स्वाधीनताको विलोपीकरण ! एक टिप्पणी

चुनवाङ बैठकको विलिनीकरण र राष्ट्रिय स्वाधीनताको विलोपीकरण ! एक टिप्पणी

तत्कालीन नेकपा माओवादीको चर्चित चुनवाङ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´, नेता बाबुराम भट्टराई `लालध्वज´ र रामबहादुर थापा `बादल´ जस्ता तीन विपरीत प्रवृत्तिका व्यक्ती र शक्तिहरुको आपसमा भएको विलिनीकरण विशेष उल्लेखनीय र चर्चित पनि छ । यसमा नेतृत्वपंक्तिका विभिन्न गुट र गुमस्ताहरु, शक्ति र व्यक्तीहरु, पात्र र प्रवृत्तिहरु अनि चिन्तन र चरित्रहरुको आपसमा नाटकीय विलिनीकरण भएको थियो । त्यो विलिनीकरण रुपमा नाटकीय र आकस्मिक लागे पनि सारत: त्यो देसकै स्वाधीनता र स्वत्वको सुनियोजित विलिनीकरणको प्रपन्च थियो भन्ने हाल कुरा हाल संसदमा MCC सम्झौता टेबुल र अनुमोदन गरिदा यी तीनै नेताको एउटै स्वर र सार प्रकट भएबाट पूर्णत: स्पष्ट भएको छ । तथापि त्यो विलिनीकरणका निम्न केही अन्य उद्देश्यहरु समेत थिए :

१. प्रचण्डका समकक्षी नेता रामबहादुर थापा `वादल´को योनकाण्डपछि उनीमाथी प्रचण्ड नेतृत्वको केन्द्रीय समितिको बैठकबाट आधिकारिक र औपचारिक निर्णयद्वारा घोषित रुपमा लगाइएको संश्लेषित राजनीतिक आरोप “लिनप्याओवाद उन्मुख प्रवृत्ति”को विलिनीकरण गरी उनलाई चोख्याएर संसदवादतिर सोझ्याउने ।

२. प्रचण्डका प्रतिस्पर्धी नेता बाबुराम भट्टराई `लालध्वज´ माथि ज्ञात-अज्ञात, प्रत्यक्ष-अप्रत्यक्ष, औपचारिक-अनौपचारिक, आधिकारिक-अनाधिकारिक र घोषित-अघोषित रुपमा पार्टीभित्र-बाहिर थोरै वा धेरै मात्रामा लगाइएको आरोप `दक्षिणपन्थी दलाल बुद्धिजीवीवादी प्रवृत्ति´ को विलिनीकरण गरी निर्मलीकरण गर्ने ।

३. अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´का योगदानहरुलाई दोस्रो राष्ट्रिय सम्मेलन २०५७ द्वारा संश्लेषित “प्रचण्डपथ” प्रति व्यक्त वा अव्यक्त, आलोच्य वा पुज्य `व्यक्तिवादी महत्वाकाङ्क्षी, उपयोगवादी र उपभोक्तावादी तथा षड्यन्त्रकारी र विश्वासघाती प्रवृत्ति´को विलिनीकरण गरी शुद्धीकरण गर्ने ।

४. उपरोक्त ३ प्रकारका व्यक्ति, शक्ति र प्रवृत्तिहरुको प्रथम अघोषित वा गोप्य उद्देश्य त क्रान्तिकारी नेता मोहन वैद्य `किरण´ र चन्द्रप्रकाश गजुरेल `गौरव´ लगायतका नेताहरुको क्रान्तिकारी प्रवृत्तिको नै बन्ध्याकरण गर्नु रहेको थियो ।

५. प्रचण्ड, बाबुराम र बादलका बिचको उक्त विलिनीकरणको दोस्रो मुख्य उद्देश्य आफूहरु र आफ्ना कथित क्रान्तिकारी विचार र प्रवृत्तिहरुलाई सचेत र सुनियोजित तवरले राष्ट्रिय र वर्गीय रुपमा आत्मसमर्पण गर्दै-गराउँदै संसदवादी र साम्राज्यवादी-विस्तारवादीहरुसँग अन्तर्घुलन र विलीनीकरण गर्ने नै रहेको थियो । त्यति मात्र होइन, लाल दलाल पुँजीवादको अन्वेषण र अवलम्बन गर्दै उपरोक्त अघिल्ला ३ वर्गमा उल्लिखित मुख्य नेतासहित अन्य आसेपासे र गासेदासेहरुको नवधनाढ्य लाल दलाल वर्गमा उन्नतीकरण गरी सत्ताको सुखसुविधामा भोगविलास गर्ने पनि रहेको स्पष्ट भएको छ ।

६. संक्षेपमा भन्नुपर्दा चर्चित चुनवाङ बैठकको अस्वाभाविक र रहस्यमय लाग्ने प्रचण्ड, बाबुराम र बादलबिचको त्यो आपसी विलीनीकरण आज MCC सम्झौता जस्तो खुला, सीधा, नाङ्गो र पूर्ण राष्ट्रघाती सम्झौतालाई कथित व्याख्यात्मक टिप्पणी-घोषणा नामको फाटेको जालले छोपेर वा भनौं यस्तो पानी लौरो टेकेर पास गर्ने धृष्टतासम्म आइपुग्दा यसको सार वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादको पराकाष्ठाको रुपमा प्रकट भएको छ । यद्यपि यो विलिनीकरण नेपाल राष्ट्र, नेपाली शोषित-पीडित जनता र नेपाली क्रान्तिकै विभाजन, विघटन, विसर्जन र विलीनीकरणको रुपमा त हामी धेरैका सामु प्रकट भएकै थियो तर आज संसदमा MCC जस्तो राष्ट्रघाती सम्झौताटेबुल गरी अनुमोदनका लागि टेबुल हुँदै गर्दा सिङ्गो राष्ट्र सामु नेपाली राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता, शान्ति र समृद्धिको मात्र होइन; राष्ट्रिय अस्मिता, स्वत्व र अस्तित्व नै विलोपीकरण गर्ने पो रहेछ भन्ने कुरा निर्लज्जतापूर्वक नाङ्गै प्रकट भएको छ ।

त्यसैले भन्नै पर्ने भएको छ :
छी: छी: भनौं त्यो कथित विलिनीकरण नामको दलालीकरणलाई !
दूर-दूर गरौं त्यो देसकै दुर्दिन ल्याउने भ्रष्टीकरणलाई !
बम बर्षा गरी ध्वस्त गरौं देसका दलाल दलनेता र तिनको दलाली र गद्दारीलाई !
भस्म खरानी पारौं MCC र त्यसका अयोजक-प्रायोजकहरुका नेपाल निल्ने षड्यन्त्रलाई !