१५ फागुन पोखरा ।
राष्ट्रघाती एमसीसी संझौता विरुद्धको संघर्षमा कास्कीका ८ राजनीतिक दलहरूले आज पनि संयुक्त कार्यक्रम गरे । पोखरा महानगरपालिकाको कार्यालय अगाडि जम्मा भएर गगनभेदी नारा लगाउँदै रयाली अगाडि बढ्यो । आजको रयाली पोखराकै मुटु मानिने चिप्लेढुङ्गामा पुगेर जनसभामा परिणत भयो ।
आजको जनसभालाई नेकपा (क्रान्तिकारी माओवादी)बाट ४ नं. प्रदेश इञ्चाज .केश बहादुर परियार,राष्ट्रिय जनमोर्चा बाट ४ नं. प्रदेश अध्यक्ष संकर बराल,नेकपा (बिप्लव) बाट केन्द्रिय सदस्य .उमा भुजेल,बेपत्ता योद्धा तथा सहिद परिवार जनको तर्फबाट .सोममायाँ बिक र नेकपा(ऋषि कट्टेल)को तर्फबाट नेता मनिष भट्टराईले सम्बोधन गर्नु भएको थियो ।

आजको जनसभाको अध्यक्षता बैज्ञानिक समाजबादीका केन्द्रिय सदस्य बिनोद सोनामले गर्नुभएको थियो । आजको जनसभामा चुनशिल्पा साँस्कृतिक परिवार र संगम साँस्कृतिक मञ्चका कलाकारहरुले पनि बिचबिचमा सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमला भब्य र बेजोड बनाउनु भएको थियो ।
































