८ फागुन सिन्धुली ।
आज मिति ८ फागुन गते सिन्धुली जिल्ला प्रशासन कार्यालयमा राष्ट्रघाती एमसीसी खारेज गर्न घेराउ कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टी बिप्लव र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त कार्यक्रम सम्पन्न गरेको छ । 

११ बजे देखि धर्ना दिई दिनको १बजे कोणसभा संपन्न भएको छ, कोणसभामा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चाको जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाले यो राष्ट्रघाती एमसीसी नेपालबाट खारेज गर्न पर्नेमा राष्ट्रघाती देउवा सरकारले संघीय सदनमा टेवल गरेको छ । खबरदार कुनै पनि हालतमा यो राष्ट्रघाती एमसीसी पारित गर्नु हुदैन । यसलाई फेल गर्न संपूर्ण देशभक्त सांसदहरूलाई अनुरोध गर्नुका साथै राष्ट्रघाती एमसीसी खारेज गर्न जनदवाव सिर्जना गर्ने भिषण संघर्ष अगि बढाउँ भन्नुभयो । अर्को बक्ता नेपाल कम्युनिष्ट पार्टी विप्लवका जिल्ला नेता शशिले संबोधन गर्दै अमेरिकी साम्राज्यवादीले सहयोगको नाममा नेपाली जनतामाथि राष्ट्रघात र जनघात थोपारेकोले यसको खारेजीको बिकल्प छैन । यसको लागि जनदवाव सिर्जना गर्ने भिषण संघर्षको आवश्यकता छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर