
गाइघाट,उदयपुर÷ एमसिसीको खारेजीको माग गर्दै संघर्षरत ६ कम्युनिस्ट घटकहरुले आज उदयपुरको जिल्ला प्राशसन कार्यलय घेराउ गरेका छन ।
घेराउ गर्ने क्रममा एमसीसी विरोधी बिभिन्न गगनभेदी नारा लगाउंदै गाईघाट बजार परिक्रमा गरी प्रदर्शनकारीहरु घेराउको लागि जिल्ला प्रशासन कार्यलय पुगेका थिए । जिल्ला प्रशासन कार्यलयमा घेराउ गर्दै कार्यलय अगाडि कोणसभा पनि गरिएको थियो ।
उक्त कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का केस तथा उदयपुर इन्चार्ज मोहन सिङ तामाङ र नेकपा बिप्लवका केस बिबेक कुमालले बोल्नु भएको थियो । उक्त कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका मोहन सिङ तामाङले एमसीसी साम्राज्यवादीको षड्यन्त्रमा ल्याई यहाँका दलाल संसदवादीहरुले अनुमोदन गर्न खोजेकोले अब हुने आन्दोलनबाट ती दलालहरु बढारिने ठोकुवा गर्नु भयो । त्यसैगरी नेकपा बिप्लबका बिबेक कुमालले एमसीसी खारेज नभएसम्म आन्दोलन भइरहने बताउंदै अब हुने सशक्त आन्दोलनको लागि जनताले साथ दिनु पर्ने बताउनु भयो ।
त्यसैगरी प्रदेश १ का मोरङ लगायत अधिकांश जिल्लामा पनि विरोध प्रदर्शनसहित जिल्ला प्रशासन घेराउ गरिएको सामाचार प्राप्त भएको छ ।