
फाल्गुन ८ प्युठान खलङ्गा ।
राष्ट्रघाती एमसीसी परियोजना संसदमा टेबल गर्नु राष्ट्रघाती कदम भएको ठहर गर्दै प्युठानको सदरमुकाम खलङ्गामा विरोध प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउ सम्पन्न गरिएको छ । त्यस क्रममा जुलुस प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो ।
राष्ट्रघाती एमसीसी विरोधी उक्त कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज टीकाराम पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्णबहादुर खड्का,नेकपा(विप्लव नेतृत्व) को नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्य प्रकाश, र नेकपा (मसाल) जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले सम्बोधन गर्नुभएको थियो । उक्त विरोधसभाको सञ्चालन राजमो नेता राम पहाडीले गर्नुभएको थियो ।
