
फागुन ८ सूर्खेत ।
राष्ट्रघाति एमसीसी सम्झौताको बिरुद्ध ६ राजनितिक पार्टी र दुई मोर्चाको सङ्युक्त आयोजना र सहभागितामा बिरोध सभा कार्यक्रम ६ नं. प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत मा मौसमलाई पनि च्यालेन्ज गर्दै सम्पन्न गरिएको छ । सुर्खेतको मङ्गलगढि चोकबाट सुरु गरिएको रयालि बिरेन्द्रचोकमा पुगी कोणसभा गरि सम्पन्न गरिएको छ ।
उक्त कोणसभालाई विभिन्न वक्ताहरुले सम्वोधन गरेका थिए । यसरी सम्वोधन गर्ने बक्ताहरुमा नेकपा (क्रान्तिकारी माओवादी)को तर्फ वाट कर्ण बहादुर विसि र देजमो नेपालको तर्फबाट जिल्ला अध्यक्ष नारायण न्यौपानेले मन्तव्य राख्नु भएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका प्रदेश कमिटिका नेताहरु पुर्ण , करन , विकल्प र नेत्र सहभागी भएको उक्त कार्यक्रममा कर्ण विसिले कविता वाचन गर्नु भयो । कार्यक्रमको अन्तिममा नेकपाको तर्फबाट किस्ण गुरुङले घेराउ कार्यक्रम सफल भएकोमा त्यसवारे आफ्नो मन्तव्य राखि कार्यक्रमको समापन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी लालब कार्कि ले गर्नु भएको थियो भने नेकपाको तर्फबाट एटमले मन्तव्य राख्नु भयो ।