मुसाफिर बाबु

आजसम्म जति खेले
जनताको रगतमा,
लुट्न सम्म लुटे श्रम
जनताको फगतमा ।
पूर्खा देखि लुट्दै आए
बाबु बाजेको श्रमहरु,
अव पनि सह्यौं भने
पुस्तौं सम्म लुट्छन अरु ।।

जनताको जनयुध्दले
राजतन्त्र ढलेको छ,
सामन्तवाद जिउँदै हुदाँ,
देशमा आगो बलेको छ ।
गणतन्त्र नयाँ नेपाल,
हल्ला भने चलेको छ,
भूतहरुको नेतृत्व छ,
राज्ययन्त्र पुरानै छ ।

समस्या ज्यूँ का त्युँ छन्,
गणतन्त्र भने पनि,
बहुमत जनमत पाखा फाली
अल्पमत आए अनि
धर्ती सबै ओगटेर,
श्रमजिवी पाखा पार्नेहरु
जनताको पसिनामा
आकाशमा उडनेहरु !
जनताको रगतमा
खेल्ने सत्ता फाल्नु पर्छ,
जनताको नयाँ सत्ता
जनवाद ल्याउनु पर्छ ।

जवसम्म आउदैन
जनवाद यो देशमा,
तवसम्म जारी रहन्छ
जनसंघर्ष यो देशमा ।
गणतन्त्र को खोल ओडी,
जनता ठग्न पाइदैन्
जनमत विरोधी दलहरु
अव देशमा चांहिदैन ।
जनताको रगत पसिना,
एकदिन फिर्ता लिइ छाडछौं,
संघर्ष हाम्रो जारी छ,
सामन्तबाद ढाल्छौं–ढाल्छौ ।

जनवादी गणतन्त्र,
यो देशमा जव आउछ,
जनता घर घरमा
खुशियाली लहर छाउँछ ।
न्याय, अर्थ समान, पूर्ण,
जनजिविकाको खाँचो हुन्न ।
श्रमको मूल्य– सत्कार हुन्छ,
ठूलो सानु भेद हुन्न
सम्यशील मानव समान,
झगडाको बीउ रहन्न ।
सवै बाँचौ सबै हाँसौ,
ठूलोसानो भेद रहन्न ।

मुसाफिर बाबु अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य हुनुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार