१. कडा अध्ययन गर, मुख्य–मुख्य कुराहरु बुझ, धेरै विषयमा ध्यान दिनुभन्दा सुहाउँदो विषय छान र त्यसमा विशेषज्ञ बन ।

२. कडा मेहनत गर, राम्रो योजना बनाऊ, मुख्य कुराहरुमा ध्यान केन्द्रित पार र व्यवस्थित होऊ ।

३. अध्ययनलाई कामसित गाँस, समय, ठाउँ र स्थिति अनुसार ती दुईटालाई उचित सन्तुलनमा राख, आफूले गरेको कामको सिंहावलोकन गर र त्यसलाई व्यवस्थित पार, नयाँ नयाँ कुरा पत्ता लगाऊ र सिर्जना गर ।

४. आफ्नै र अरुहरुको गलत विचारको विरुद्ध संघर्ष गर्नमा सिद्धान्तनिष्ठ बन ।

५. काममा आफ्ना असल कुराहरुलाई उचित ढंगले प्रयोग गर र आफ्ना त्रुटीहरुलाई सच्याऊ ।

६. जनताबाट कहिल्यै अलग नहोऊ, उनीहरुबाट सिक र उनीहरुलाई मद्दत गर । सामूहिक जीवन विताऊ, अनुसन्धान र अध्ययनमा ध्यान देऊ र अनुशासनको पालना गर ।

७. तन्दुरुस्त बन, उचित रुपले नियमित जीवन विताऊ । यो आत्म–प्रशिक्षणका लागि भौतिक आधार हो ।

प्रधानमन्त्री चाउ एन–लाइको मृत्युको चौथो वार्षिकीमा “जनदैनिक”ले मार्च १८, १९४३ मा उहाँद्वारा लिखित “आत्म–प्रशिक्षणका लागि निर्देशनहरु” छापेको थियो ।

उक्त अखबारमा संलग्न सम्पादकीय टिप्पणीमा भनिएको छ ः “यसो हेर्दा ती निर्देशनहरु त्यति असाधारण लाग्दैनन्, तर इमान्दारिकासाथ त्यसको पालना गर्न सजिलो छैन । आफ्नो जीवन–कालमा प्रधानमन्त्री चाउले उक्त निर्देशनको पालना गर्नुभएको थियो । व्यवहारमा उहाँले तीन निर्देशनहरुभन्दा बढी गर्नु भई चिनियाँ कम्युनिष्टहरु र सारा जनताका लागि एउटा दृष्टान्त प्रस्तुत गर्नुभयो । उक्त निर्देशनहरुलाई कसीको रुपमा यदि हामीले प्रयोग गर्ने हो भने तिनले हामीले सोच्न लगाउने छन् र अघि बढ्न र प्रगति गर्नका लागि हामीलाई हौसला दिनेछन् । प्रधानमन्त्री चाउले सातवटा निर्देशनहरुमा एउटाको राम्ररी पालना गर्नु भएन । धेरै बर्षसम्म उहाँले दिनरात असाध्यै मिहनत गर्नुभयो र आफ्ना आखीरी केही वर्षहरुमा त झन् कठीन मेहनत गर्नुभयो । र, उहाँले “उचितरुपले नियमित जीवन विताउन” सक्नु भएन । यसले गर्दा उहाँको स्वास्थ्य गम्भीररुपले बिग्रियो । उहाँले आफ्नो सारा चिज पार्टी, जनता र राष्ट्रको निम्ति अर्पण गर्नुभयो । हामीले उहाँको दृष्टान्तबाट सिक्नुपर्छ ।”
(पेकिङ रिभ्यू, जनवरी २१, १९८०, अंक ३ बाट)
अनुवाद ः कृष्णदास श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर