५ फागुन पोखरा ।
नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति, कास्कीले फागुन ६को विरोध कार्यक्रमको लागि विज्ञप्ति प्रकाशित गरेको छ । विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ ः राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको निम्ति नेपालका वामपन्थी र देशभक्त शक्तिहरुले विविध प्रकारका सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्दै आएको तथ्य सर्वविदितै छ । राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध आन्दोलनरत ६ वटा कम्युनिष्ट पार्टीहरु र २ वटा मोर्चाहरुको संयुक्त केन्द्रिय कार्यक्रम अन्तर्गत भोलि २०७८ फागुन ६ गते दिनको १ बजे लखनचोक (पृथ्वीचोक) मा जम्मा भई जुलुस सहित भिमसेनचोक (महेन्द्रपुल) मा पुगि राष्ट्रघाती एमसीसी सम्झौताको बिरुद्धमा बिरोध सभा गरी समापन गर्ने । राष्ट्रधाती एमसीसी सम्भौताको खारेजीको लागि हुन गईरहेको विरोध कार्यक्रममा सहभागी भई दिनु हुन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक शुभचिन्तक, देशभक्त तथा क्रान्तिकारी जनसमुदायलाई निम्न मिति, स्थान र समयमा उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
मितिः २०७८ फागन ०६ गते, शुक्रबार
समयः दिनको १ बजे
स्थानः लखनचोक (पृथ्वीचोक),पोखरा, कास्की
क्रान्तिकारी अभिवादन सहित
सेक्रेटरी
नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति, कास्की

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार