एमसीसीकाे विराेधमा देशैभर विराेध प्रदर्शन गर्ने आठ दलकाे घाेषणा, आज संसद भवन अगाडि सशक्त प्रदर्शन हुने

एमसीसीकाे विराेधमा देशैभर विराेध प्रदर्शन गर्ने आठ दलकाे घाेषणा, आज संसद भवन अगाडि सशक्त प्रदर्शन हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ६ दल र २ माेर्चाले भाेलि संसद भवन नयाँ बानेश्वर अगाडि विराेध प्रदर्शनकाे घाेषणा गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन वैध्य किरण, नेकपा (विप्लव)का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (मसाल)का महामन्त्री माेहनविक्रम सिंह, देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयाेजक विश्वभक्त दुलाल आहुति, नेकपा (माओवादी केन्द् समाजवादी)का संयाेजक कर्णजित बुढाथाेकीकाे संयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा यस्ताे घाेषणा गरिएकाे हाे ।
वक्तव्यमा एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताकाे रक्षार्थ आन्दाेलनलाई सफल बनाउन देशभक्त नेपाली जनतामा गहिराे अपिल गरिएकाे छ ।
बुधबारकाे विराेध प्रदर्शनमा घाइते भएका क्रान्तिकारी माओवादीका नेताहरु सुरेश श्रेष्ठ लगायत सबैकाे निशुल्क उपचार गर्न समेत माग गरिएकाे छ । र, काेटेश्वरबाट गिरफ्तार गरिएका मंगल तामाङकाे शिघ्र रिहाईका लागि माग गरिएकाे छ ।