रवि पाण्डेय
काठमाण्डौ – नेकपा (क्रान्तिकारी माओवादी) सहित पाँच दल र एक मोर्चाका नेताहरुले राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोधमा आयोजित नेपाल बन्द सफल बनाउन अपिल गर्नुभएको छ । एमसीसीविरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । बन्द सफल बनाउ भन्दै नेपाल बन्दको पूर्व सन्ध्यामा देशैभर मसाल जुलुस गरिएको छ । संयुक्त बक्तब्य जारी गर्दै उहाँहरुले यस्तो अपिल गर्नुभएको हो ।

































