संस्मरण
१९ पुस २०७५ । बिहिबारको दिन । जाडो मौसमले तन्नेरी जोस देखाएर मान्छेका मुटु कठ्याङ्ग्रीने गरी हिर्काइरहेको थियो । वातावरण अत्यन्तै चीसो थियो । केही दिनदेखि घाम प्रस्टसँग लाग्न सकेको थिएन । घुर्मैलो घुर्मैलो थियो आकास । न प्रस्टसँग बादल फाट्न सकेको छ न त पानी नै पर्न सकेको छ । त्यसैले चीसो बढिरहेको थियो । पाहाडमा जाडोले शरीरको छाला चीसो बनाउँछ भने तराईको जाडो मुटु कमाउने खालको हुन्छ । हरेक वर्ष वातावरणमा आएको परिवर्तनको प्रभावले मौसममा पनि परिवर्तन आइरहेको छ । महाशक्ति राष्ट्रहरूले पृथ्वीको वायुमण्डलमा पारेको प्रदुषणको प्रभाव हामी जस्ता उत्पीडित मुलुकका नागरिकहरूले भोग्नु परिरहेको छ । मानव जातिका निम्ति आवश्यक्ता भन्दा बढ्ता निर्माण भइरहेका आणविक भट्टीबाट उत्सर्जित प्रदुषण तथा प्राकृतिक स्रोत सम्पदा र पर्यावरणीय दोहनले प्रकृति नै आक्रान्त भइरहेको छ । त्यसैले हरेक वर्ष वातावरण नै प्रतिकूल हुने गरी मौसममा परिवर्तन आइरहेको छ ।
म बिहानैदेखि रोल्पा यात्राको तयारीमा थिएँ । घरमा सानो किराना पसल भएकाले मैले आपूm केही दिनका लागि बाहिर जानु पर्दा सामानहरू टन्नै भरिदिने गर्छु । त्यसैले त्यस दिन पनि बिहानभरी थोक पसलहरूबाट सामान सङ्कलन गर्ने काममा समय बित्यो । दुकानमा सामान टन्नै भरिदिएपछि देवीलाई सजिलो होस् भन्ने चाहन्छु म सँधै । जिल्ला सेक्रेटरी कमरेड शिशिरको प्रतीक्षा गर्दै घरको काममा व्यस्त भएँ । यसपटकको रोल्पा यात्रा मेरालागि नयाँ भूमिका सहितको थियो ।
दिउँसो एक बजे शिशिरजी आइपुग्नु भयो । मैले पनि युद्धकालीन स्लिपिङ ब्यागसिहत एकसरो कपडा, केही किताब, डायरी, पार्टीका सर्कुलर सेभिङ पर्स इत्यादि यात्राका सामान तयार गरेर झोला ठिक पारेँ । दिउँसो तीन बजे तुलसीपुरबाट रोल्पाको द्वारपानीसम्मका लागि ट्याक्सी जाने भएकाले हामी त्यसको पर्खाइमा बस्यौँ । देवीले रोटी, तरकारी र चिया तयार गरिदिइन् । हामीले पसलमै बसेर चिया नास्ता खायौँ र ट्याक्सी पार्कतिर हिँड्यौँ । तुलसीपुरबाट दिउँसो सवातीन बजे हामीलाई लोड गरेर हिँडेको ट्याक्सी राम्री, कपुरकोट, खाली, सिमपानी हुँदै बेलुका साढे छ बजे द्वारपानीमा हामीलाई अनलोड ग¥यो । अक्सर नेपालका तराईबाट पाहाडतिर गुड्ने ट्याक्सीहरूले मान्छेलाई चढाउँदैनन्, लोड गर्छन् । रोल्पा कुद्ने ट्याक्सी किन अपवादमा पथ्र्यो र ? सिटमा बसेर सवार हुनुपर्ने मान्छे जिनिस बनेर गाडिवालाहरूको लोडिङमा परेपछि गन्तब्यसम्म पुग्दा त्यो मनुखे नामको जिनिसको हालत के भयो होला अनुमान लाउन कठिन पर्ला र ? त्यसपछि घैँटोबाट झिकेको आलो सिन्कीको हालतको शरीर लिएर हामी आधा घण्टाको ओह«ालो हिँडेपछि बेलुका सात बजे त्यसदिनको गन्तव्य स्थान नुवागाउँको बाँकुल पुग्यौँ । शिशिरजीको भाइको घरमा खाना खाइवरी उहाँकै साला माधवको घरमा सुत्यौँ । भोलीपल्ट त्यहीँ खाना खाएर लाग्यौँ रोल्पाको मध्यपूर्वी भाग लिवाङतिर । नुवागाउँ हुँदै लिबाङ जाने बस छुटिसकेको हुनाले घर्तीगाउँ जाने बस पकडेर दारबोटसम्म गयौँ । त्यहाँ जनयुद्धमा रोल्पाका प्रथम सहीद चोपबहादुरका बुबा र भाइ खिमविक्रमसँग भेट भयो । एक घण्टा जति त्यहाँ विश्राम लिँदै जनयुद्धकालका कुरा ग¥यौँ । प्रचण्ड–बाबुराम र बादलहरूले गद्दारी गरी वर्गघात गरेर प्रतिक्रियावादी बाटो समातेको र युद्ध तुहाएको विषयमा लामै कुरा भयो । सहिद बुबा र भाइ सरकारी पार्टीमा संलग्न रहेको र स्थानीय जनप्रतिनिधि भएता पनि उनीहरू पनि वर्तमान सत्ताधारी पार्टीबाट सन्तुष्ट नभएको धारणा व्यक्त गरे ।
रोल्पा मूलतः सत्ताधारी पार्टीको प्रभावमा कैद छ । त्यसपछि विप्लव समुहको थोरातिनो प्रभाव रहेको छ भने हाम्रो पार्टी सम्पर्क कमिटीमा सीमित रहेको छ । अहिलेको सत्तामा रोल्पाकै उपराष्ट्रपति, सभामुखहरू, केन्द्र र प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू, सांसदहरूको बाक्लो उपस्थिति रहेको र सत्ताधारी ‘कम्युनिस्ट’ पार्टीका केन्द्रीयतहका प्रभावशाली नेताहरू भएको तथा स्थानीय ‘सिँहदरबार’ सरकारी माओवादीको कब्जामा भएकाले पनि क्रान्तिकारी जनमत कमजोर भएको हो । उनीहरू रोल्पाका पुराना र जनयुद्धमा निर्णायक भूमिकामा रहेको हुनुले पनि रोल्पाली सोझासिधा जनतालाई आपूmसँगै डो¥याएर संसोधनवादी सैय्यामा सति लैजान सफल भएका छन् ।
नेपालको राजनीतिमा आलोचनात्मक चेतलाई हरेक नेता कार्यकर्ताहरूको दिमागबाट वास गरिएको हुनाले सीमित टाठाबाठाहरूले जनतालाई आफ्नो पछिपछि कुदाउन सफल भएका छन् । बुर्जुवा पार्टीहरूमा त यो आलोचनात्मक चेत नै हुँदैन तर हुनुपर्ने कम्युनिस्ट पार्टीमा पनि संसदवादमा फसेपछि यो चेतलाई हरेक अगुवा कार्यकर्ताबाट पहिला नै फ्राइ गरिएको हुन्छ । र, उनीहरूलाई कि त दलालमा परिणत गरिन्छ या त आधुनिक दासमा । आलोचनात्मक चेत नभएका आधुनिक दास र दलाल कार्यकर्तालाई नेताले जता डो¥याए पनि खुरुखुरु हिँड्नुको विकल्प हुँदैन । अहिलेको रोल्पा त्यसैको शिकार भएको हो । त्यसैले क्रान्तिकारीहरू शिला खोज्नु पर्ने अवस्थामा पुगे ।
खिमविक्रमको आतिथ्यमा मिठो चिया पिएर हामी माडिचौरका लागि ठाडो ओह«ालो झ¥यौँ । बेलुका माडिचौर झर्दा त्यहाँ सत्ताधारी पार्टीकै एकजोडी कार्यकर्तासँग हाम्रो जम्का भेट भयो । रोल्पा नगरपालिकाको उपप्रमुख समेत रहेकी कमला र उनका लोग्ने सम्वादसँग अचानक भेट हुँदा उनीहरू पनि आश्चर्यमा परे । तिनीहरूले माडिचौरमा त्यहाँका घरहरूको तुलनामा ठूलै घर बनाउँदै रहेछन् । उनीहरूसँग केहीबेर छेडछाड टाइपको कुराकानी भयो । तिनीहरू जनवाद आइसक्यो भनेर स्थानीय सत्ताका शासक समेत भइसकेका र हामी जनयुद्धको कार्यभार पूरा गर्न फेरी क्रान्तिको झण्डा बोकेर हिँडेका सिपाही । परन्तु हिज उनीहरू दुवैका हामी दुवै नेता बनेर युद्धमा सङ्गै लडेका सहयोद्धा । आज विपरित ध्रुवतिर हुँदा केही असहज र अनौठो महसुस हुने नै भयो । तैपनि हाम्रा बिचमा मैत्रीपूर्ण कुराकानी नै भए । अहिले उनीहरू जेजस्तो भूमिकामा रहेको भएता पनि उनीहरू भन्दा हिजै पनि म आपूm उच्च तहको नेता भइटोपलेको हुनाले होला उनीहरूले मसँग बहस गर्नै चाहेनन् र गरेनन् पनि । बरू ‘के गर्ने त सर ! खै हामी त यता लाग्यौँ क्यारे, तपाइँहरू अगाडि बढ्नुस् । हामीले त सकेनौँ’ भन्दै नीरिहता प्रदर्शन गरे । पार्टी फरक भएता पनि उनीहरूले हामीलाई आत्मीयता पूर्वक नै बोलचाल गरे । हामी उनीहरूसित छुट्टियौँ । छुट्टिनेबेला दुबैले ‘यता आउँदा हाम्रो घरतिर पनि पस्नुहोला है सर’ भने । हामी अलिक परसम्म हिँडेर अटो पक्डेर लिवाङ पुग्यौँ । त्यहाँ हामी पत्रकार मानसिँहको सम्पर्कमा पुग्यौँ र उनकै आतिथ्यमा उनकै घरमा बास बस्यौँ ।
२१ गते बिहानै लिवाङबाट हामी चारजना ह्वामाको ठूलो गाउँ जानका लागि उकालो लाग्यौँ । सेक्रेटरी र मसँगै लिवाङबाट अरू दुई जना पार्टीका डिसिएम थपिनुभएको थियो । स्थानीयलाई दुई घण्टा लाग्ने ठाडो उकालो हामीलाई साढेचार घण्टा लाग्यो । यति लामो यात्रा गरेको यसपटक पहिलो थियो । जनयुद्धकालमा त दिनभर हिँडिन्थ्यो तर जनयुद्धको अन्त्य गरिएपछि लामो हिँडाइको पनि अन्त्य भएको थियो । फेरी लामो पैदल यात्रको सुरुआत भयो है भन्दै हामी चार जना गन्तव्यमा दिउँसो बाह« बजे पुग्यौँ । त्यहाँ एकजना पार्टीका जिल्ला सदस्यको घरमा खाना लगभग तयार थियो । केहीबेर सुस्ताएर खाना खाइवरी हामी जिल्ला कमिटीको बैठकमा बस्यौँ । म पार्टीको केन्द्रीय सदस्यका रूपमा त्यस जिल्लाको इञ्चार्ज भएर रोल्पाको दोस्रो यात्रा तयगरेको थिएँ । त्यस अघि कुमार शाह जिल्ला इञ्चार्ज हुनुहुन्थ्यो । उहाँको भूमिका प्रकाशनमा भएपछि मेरो जिम्मेवारी परेको थियो । यसरी मेरो रोल्पा यात्राको नयाँ सुरुआत भएको थियो ।
२२ माघ २०७८, तुलसीपुर