मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शनको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्नुका साथै सबै जनवर्गीय सङ्गठन तथा मोर्चा सहित आम देशभक्त, प्रगतिशील, जनवादी तथा वामपन्थी मित्रहरु र शुुभचिन्तकहरुलाई विशेष अनुरोध समेत गरेको थियो ।सोही निर्णय अनुरुप माघ २१ गते नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समितिहरुको आयोजनामा विभिन्न जिल्लाहरुले एमसीसी खारेजीका लागि विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्न गरेको खवर प्राप्त भएको छ ।

दाङमा सम्पन्न विरोध सभा
दाङ । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) दाङले पार्टीको केन्द्रीय योजना अनुसार दाङको तुलसीपुर बसपार्कमा कोणसभा सम्पन्न गरेको छ ।


क्रान्तिकारी युवा लिगका केन्द्रीय महासचिव दिल बहादुर कठायतले कार्यक्रम सञ्चालन गर्दै देश अहिले गम्भीर सङकटमा फसेको दलालहरुले राष्ट्र राष्ट्रियता बन्धन राखेर एमसीसी जस्तो राष्ट्रघाति सम्झौता सँसदबाट अनुमोदन गरेर साम्राज्यवादी हरुको बफादार पाले बन्न खोजेको हुदा स्वाभिमानी नेपाली जनताको जनदबाब सृजना गरेर दलालहरुलाई अमेरिकातिरै लखटनुपर्ने धारणा राख्नुभएको थियोे ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गेैरेले देश अहिले सङकटमा रहेको यो सङकटबाट देशलाई मुक्त गर्न दलालहरुलाई समयमै ठेगान लगाउनुपर्ने , हप्तैपिच्छे जनताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मुल्यबृद्दि गर्ने , राष्ट्र राष्ट्रियताको बिरुद्ध असंलग्न परराष्ट्र विपरीत एमसीसी परियोजना सँसदबाट अनुमोदन गरेर अमेरिकी सेनाहरूलाई खुल्लमखुल्ला नेपालमा भित्र्याउने योजनामा नेपाली दलालहरु तम्सिएकाछन ।

उक्त परियोजनालाई सँसदबाट समयमै रोक्न सकिएन भने नेपालले पनि अफगानिस्तानको जस्तै अबस्था भोग्नुपर्ने दिन पर्खनुपर्ने छ । अमेरिकीहरु रणनीतिक महत्त्व क्षेत्रमा रहेको नेपाली भुमिमा रहेको महत्त्वपूर्ण खनिजपदार्थमा आँखा गाडेको भन्दै सम्पुर्ण नेपाली जनता एकजुट भएर आन्दोलनमा उत्रनुपर्ने बाध्यता आएको कुरा राखे उनले अगाडि भने २०२० को दशकमा चिनियाँ जनताको बिरुद्धमा यी साम्राज्यवादी मुलुकले हाम्रो हिमाली जिल्लामा खम्पा बिद्रोहीलाई उस्काएर चिन र तिब्बतका बिरुद्धमा ठुलो बिद्रोह भएको थियो ।

तर तत्कालीन सरकारले नेपाली सेना प्रयोग गरेर खम्पा बिद्रोह दमन गरि लखटेको इतिहास साँक्षी छ । एमसीसी बिकासे योजनाका नाममा अमेरिकी रक्षा मन्त्रालयले हिन्द प्रशान्त सैन्य रणनीति क्ष्एक् को अभिन्न अंग हो भनेरै बिज्ञप्ती निकालेको कुरा बिबिसी नेपाली सेवा मार्फत र उसको बिज्ञप्तीले प्रष्ट पारेको हुदा या एमसीसी बिकाशे नाममा घुमाउरो प्रक्रियाबाट अमेरिकी सेना नेपाल भित्र्याउने र चिन रुस कोरिया समेत घेर्ने र नेपाललाई रणभुमिमा रुपान्तरण गर्ने योजना अन्तरगत यो परियोजना आएको कुरा राख्दै एमसीसी सँसदबाट पास गर्ने होइन यसलाई खारेजी गर्नुपर्ने कुरा राख्दै सम्पूर्ण नेपाली जनता आन्दोलनमा आउन अपिल गरे ।

सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्दिले जनताको ढाड सेक्ने गरेकोले तत्काल मुल्यबृद्दि फिर्ता लिन माग गर्दै लिपु लिम्पियाधुरा का बारेमा यो सरकार किन मौन छ भन्ने कुरागर्दै नेपाली भुमिबाट बिदेशी सेना हटाउन सरकारले कुटनैतिक तथा अन्तर्राष्ट्रिय दवाब सृजना गर्नु पर्ने माग गरे ।

कपिलबस्तुको बिरोधसभालाई धनेश्वरको सम्वोधन
नेकपा (क्रान्तिकारी माओबादी)को आयोजनामा भिषण झरी तथा पर्तिकुल मौषमका बाबजुद देशका अधिकाङ्स जिल्लाहरुमा अमेरिकी साम्राज्यवादीको राष्ट्रघाती परियोजना एमसिसि तथा भारतीय बिस्तारबाद द्वारा नेपाली भूमीमाथि भैरहेको हस्तक्षेपका बिरुद्द बिरोध पर्दशन कार्यक्रमहरु सानदार रुपमा सम्पन्न भएको खबर छ।

यसैकर्ममा कपिलवस्तु जिल्लाको गोरुसिङ्गेको अर्घाखाँची चोकमा नेकपा (क्रान्तिकारी माओवादी) कपिलवस्तु जिल्लाले पर्तिकुल मौषमका बीच कोणसभा गरि बिरोध कार्यक्रम सम्पन्न गरेको छ । पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज धनेश्वर पोख्रेलको नेतृत्वमा भएको उक्त कार्यक्रममा जिल्ला इन्चार्ज पोख्रेल र देजमो लुम्बिनी पर्देश उपाध्यक्ष पिताम्बर आचार्यले सम्बोधन गर्नु भएको थियो।

सम्बोधनको क्रममा उहाँहरुले राष्ट्रियता यतिबेला गम्भीर सङ्कटमा परेको कुरा दर्साउदै अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारबादको हस्तक्षेप दिनानुदिन बढ्दै गएकाले त्यसका बिरुद्ध सबै जनता सडकमा आउनुपर्ने बताउनु भयो। साथै बर्तमान गठबन्धन देउवा सरकारले राष्ट्र र जनताको हित बिपरित एमसीसी जस्तो राष्ट्रघाति र जनघाती परियोजनालाई जबर्जस्त सन्सदबाट पास गरे मुलुकमा रक्तपात हुने र राष्ट्रघाती तत्वहरुलाई जनताले कुनै हालतमा माफी नदिने र शख्त कार्बाही गरेरछाड्ने बताउनु भयो। साथै उहाँहरुले गठबन्धन सरकारी पार्टी र एमाले, पार्टीका कार्यकर्ताहरुलाई राष्ट्रघाती नेताहरुको बिरुद्ध सडकमा आउन अनुरोध गर्दै नआए जनताले कार्बाही गर्ने चतावनी समेत दिनुभयो।

कार्यक्रमको सञ्चालन देजमो जिल्ला अध्यक्ष ज्ञानीराम पुरीले गर्नु भएको थियो। कार्यक्रममा सयौजनता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर